फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय जन कंग्रेसका प्रतिनिधि यिसिचोगाको संयुक्त धनी सपना कथाको दोस्रो भाग

(GMT+08:00) 2014-04-01 14:26:24

     

      तिब्बत स्वायत्त प्रदेशको शाननान क्षेत्रमा यिसिचोगाले सबभन्दा ठूलो तिब्बती कुखुरा प्रजन्न केन्द्र—नाइ तुङ जिल्ला कुङ सान प्रजन्न पेशागत सहकारी चालाउनुहुन्छ। सहकारीका उत्पादित बस्तु सम्पूर्ण शाननान क्षेत्रको बोइलर कुखुरा बजारको कब्जा गरी ल्हासा बजारको समेटिएको प्रतिशत तीस पुगेको छ। त्यसैले यिसिचोगालाई "कुखुरा पालनको महिला च्याम्पियन" मानिन्छ।

      यिसिचोगाले कुखुरा पालन उद्योग चलाउने निर्णय गरेकोप्रति सुरुमा परिवार र साथीले नकारात्मक धारणा राखेका थिए। सो अवधिमा नाइ तुङ जिल्लामा अरु बीस परिवारले कुखुरा पालन उद्योग चलाएका थिए। तर केही समयपछि धेरैजसो बन्द भए। राम्रोसँग कुखुरा पालन गर्न नसकेर ठूलो घाटा हुँदा उनीहरु चिन्तित थिए। अन्तमा यिसिचोगा एक्लै अडिग रहनुभयो। तीन लाख युआनको लगानी सबै घाटा हुँदा उहाँले आफ्नो दृढ अनुभव र श्रीमानको समर्थनमा सबभन्दा कठिन अवधि पार गर्नुभयो। शाननान क्षेत्र र नाइ तुङ जिल्लाको कृषि तथा पशुपालन ब्यूरोको समर्थनमा सन् 2008 यिसिचोगाको पेशागत पशुपालन सहकारी स्थापना भएको थियो। त्यसपछि उहाँको कुखुरा पालन उद्योग सुचारु रुपमा विकास हुन थालेको छ। उहाँ धनी बनेपछि स्थानीय सर्वसाधारणले बेग्लाबेग्लै गरी उहाँको सहकारीमा भाग लिएका छन् र कुखुरा पालन गरी आम्दानी बढाउने आशा लिएका छन्।

       यिसिचोगाको सहकारीले बोइलर कुखुरा र तिब्बती कुखुरा सबै पालेको छ। बोइलर कुखुरा र स्थानीय बजारको मागसँग आधारभूत रुपमा मिलेको छ। विशेषतायुक्त र मिठो मासु भएको तिब्बती कुखुरासमक्ष फराकिलो बजारको संभावना पनि छ।

       गत वर्ष सहकारीमा दुई लाखभन्दा बढी तिब्बती कुखुरा पालिएको थियो। यसै वर्ष यिसिचोगाले तिब्बती कुखुरा पालन गर्न पहाडी क्षेत्रका सर्वसाधारणलाई बोलाउने तयारी गर्नुभएको छ। चल्ला किन्ने र चारोको खर्च सहकारीले अग्रिम दिन्छ, पछि कुखुरा परिपक्व भएपछि कुखुरा बेचेर सहकारी ऋण तिर्ने व्यवस्था मिलाइएको छ। यिसिचोगाका अनुसार, पहिला भित्री भूमिमा रोजगार गर्दा अरु धेरै न्यानो हृदय व्यक्तिको सहयोग पाउनुभयो, आफ्नो उद्योग चलाउन सुरुमा धेरै कठिनाइ थियो, अब यी सर्वसाधारणसमक्ष कठिनाइ आउँदा उनीहरुलाई सहयोग गर्ने मन लागेको छ। उहाँले कुखुरा पालन केन्द्रमा कुखुरा पालन प्रविधि तालिन कोठा स्थापना गरी कुखुरा पालन उद्योगमा भाग लिन मन लागेको स्थानीय व्यक्तिलाई तालिम दिने व्यवस्था पनि छ। उहाँले जानकारी दिनुभयो

        हाल स्थानीय सर्वसाधारणहरु सिक्न यहाँ आएमा सबै निःशुल्क छ, बसोबास निःशुल्क छ खाना पनि निःशुल्क छ। यहाँ आउन नसक्ने सर्वसाधारणहरुलाई हामी उनीहरुकै घरमा गएर पनि सिकाउँछौँ।

       यसबाहेक यिसिचोगाले विश्वविद्यालयका गरिब विद्यार्थीलाई पैसाको सहयोग पनि प्रदान गर्नुहुन्छ, ट्राक्टर वा कृषि मशिन किन्न खोज्ने किसानलाई पैसा सापट पनि दिनुहुन्छ, आबास घर निर्माण गर्न कृषक र पशुपालकलाई सहायोग दिनुहुन्छ, बेरोजगार युवालाई सहयोग गर्नुहुन्छ। अरुको काममा सहयोग गर्ने भएकोले स्थानीय बासिन्दाले उहाँलाई "प्रमुख" भन्छन्। उहाँलाई पनि यो नाम मनपर्छ। किनभने उहाँको विचारमा अरुलाई धेरै सहयोग गर्नुपर्छ, गरिबलाई सहयोग गर्दा उहाँ आफूलाई खुशी लाग्नेबताउनुहुन्छ।

      सन् 2013 मा यिसिचोगा बाह्रौँ राष्ट्रिय जन कंग्रेसका सदस्य बन्नुभयो। उहाँका लागि जिम्मावारी थपिएको छ। आधारभूत तहबाट आएको सदस्यको रुपमा रहेकाले उहाँले दैनिक कार्यबाहेक सर्वसाधारणसँग कुराकानी गरी राय सुझाव संकलन गर्न थाल्नुभयो। यसै वर्षको दुई अधिवेशन सुरु हुनुअघि यिसिचोगाले पर्याप्त जाँच र अध्ययन गर्नुभयो। उहाँले भन्नुभयो

      ल्हासामा एउटा ठूलो पशुव्यवसायको राम्रो बजार छ, व्यापार प्रशासन, कर प्रशासन, स्वास्थ्य प्रशासन एउटै स्थानमा राख्न सकिन्छ, एकीकृत रुपमा अनुगमन तथा व्यवस्थापन गर्नसकिन्छ, उज्जल संभावना छ भन्ने मलाई लाग्छ। यो नै धेरै स्थानीय बासिन्दाको विचार पनि हो।

      तिब्बतमा पशु लेनदेन बजार छ तर ठूलो पशुव्यवसायको बजार छैन। उहाँले पशुव्यवसाय बजारको स्थापना गरी पशुव्यवसायबाट वस्तु मूल्यको स्थिरतालाई प्रबर्द्धन गरी पशुपालकको आम्दानीलाई बढाउन खोज्दै हुनुहुन्छ।

      नयाँ वर्षको योजना र सपनाबारे चर्चा गर्दै यिसिचोगाले बताउनुभयो

      हामीलाई कुखुरा पालन मात्रालाई विस्तार गर्न मन लागेको छ, सधैँ नै सरकारमा निर्भर हुनुहुँदैन, आफूले गर्नसकेमा आफूले गर्छौँ। हाल हामीले कम्पनी चलाइसक्यौँ, कम्पनी-कृषक-सहकारी मोड तिब्बतको ब्रान्ड बन्ने मेरो आशा छ। स्थानीय बासिन्दालाई धनी पारी अझ बढी सर्वसाधारणलाई सम्पन्न बनाउने अहिले मेरो सबभन्दा ठूलो सपना रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ