फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मानसिक आदान-प्रदानबाट रेशमी मार्गको आर्थिक पेटीको निर्माणलाई प्रबर्द्धन

(GMT+08:00) 2014-03-31 14:32:55

     यस वर्षका दुई अधिवेशनमा "रेशमी मार्गको आर्थिक पेटीको निर्माण गर्ने" कुरा अधिकांश प्रतिनिधि र सदस्यहरूले ध्यान दिएर विचार-विमर्श गरेको ध्यानाकर्षणको विषय हो। त्यो कुरा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले गत वर्ष कजाकिस्तानको भ्रमण अवधिमा प्रस्तुत गर्नुभएको थियो। रेशमी मार्गको आर्थिक पेटी ढाकिएको सिन च्याङ्ग, कान सु, छिङ्ग हाइ, पल्लो शान सी र निङ्ग स्या यी पाँचवटा प्रान्तले आर्थिक पेटीको निर्माणमा निकै बढी उत्साह र चासो राखेका छन्। किनभने आर्थिक पेटीको निर्माणबाट ती क्षेत्रको विकास र खुल्लापनलाई अघि बढाउनुका साथै नयाँ रेशमी रोड वरिपरिका मुलुक र क्षेत्र बीचको आदान-प्रदान र पारस्परिक विश्वासलाई पनि प्रबर्द्धन गर्न सकिनेछ। दुई अधिवेशनमा सहभागी प्रतिनिधिहरूको विचारमा, रेशमी रोडको आर्थिक पेटीको निर्माण गर्नु नै सम्बन्धित मुलुक र क्षेत्रहरूले शिक्षा, पर्यटन र सँस्कृति आदि पक्षमा रहेका सम्पूर्ण सहयोग र मित्रतालाई सबल पार्ने प्रक्रिया पनि हो।

     पैचिङ्ग भाषा विश्वविद्यालयबाट स्नातक गर्न लागेकी मादिना कजाकिस्तानकी नागरिक हुन्। विश्वविद्यालयमा उनी चिनियाँ प्राचीन साहित्यमा अध्ययनरत् छिन्। उनले चीनलाई निकै माया गर्दछिन्। उनका अनुसार, आफ्ना चौध वर्षिय भाइले पनि उच्च माध्यमिक विद्यालयबाट स्नातक भएपछि चीनमा अध्ययन गर्ने तयारी गरिसकेका छन्। मादिना यसरी भन्छिन्:

     माध्यमिक विद्यालयदेखि मैले चिनियाँ भाषाका चलचित्र हेर्न र सँगीत सुन्न थालेकी थिएँ। चीनप्रति मेरो निकै बढी चासो छ। चीन पुगेपछि मेरो त्यो कल्पना पूरा भयो। पैचिङ्गमा रहँदा मैले धेरै राम्रा साथीहरूसँग चिनजान गरेकी छु। यसबाहेक मैले विभिन्न दृष्टिबाट विश्वको अझ बढी ज्ञान प्राप्त गरें। मेरो मातृभूमिमा चिनियाँ बैंक छन्। त्यसैगरी ती बैंकमा एकजना अनुवादक बन्नसक्ने आशा मैले गरेकी छु।

     बितेका केही वर्षयता चीन तथा मध्य एशियाका विभिन्न मुलुकहरू बीचको शैक्षिक सहयोग निरन्तर रुपमा सबल हुँदैगएको देखिन्छ। चीनको शिक्षा मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार, सन् 2013मा चीनमा अध्ययनरत् मध्य एशियाली मुलुकका विद्यार्थीहरूको कूल संख्या बीस हजारभन्दा बढी छ। तीमध्ये चीन सरकारको छात्रवृत्तिद्बारा प्रदान गरिने विद्यार्थीको संख्या 2हजार2सयभन्दा बढी रहेको छ भने अन्य 17 हजारभन्दा बढी विद्यार्थीहरू आफ्नो निजी रकम खर्च गरी चीनमा अध्ययनरत् छन्। सिन च्याङ्ग स्वायत्त प्रदेशमा मात्र मध्य एशिया र वरिपरि क्षेत्रका 4 हजारभन्दा बढी विदेशी विद्यार्थीलाई भर्ना गरिएको छ। यस विषयबारे चर्चा गर्दै राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि एवम् सिन च्याङ्ग श ह च विश्वविद्यालय अन्तर्गत पार्टी समितिका सचिव ह व्है सिङ्गले यसरी जानकारी दिनुभयो:

     खुल्लापनका दुईटा अर्थ छन्। एक, भित्रबाट खुल्ला हुन्छ भने अर्को चाहिं विदेशतर्फको खुला। यस वर्षका दुई अधिवेशनमा प्रधानमन्त्रीको कार्य-प्रतिवेदनमा चर्चा गरिएको रेशमी रोडको आर्थिक पेटीको निर्माणलाई मजबुत पारिने कुरा हाम्रो लागि एउटा ज्यादै मूल्यवान ऐतिहासिक अवसर हो। हामीले यस्तो सुअवसरको सदुपयोग गरी विदेशतर्फ खुला भएर अझ बढी श्रेष्ठ व्यक्तिलाई हुर्काउनुपर्छ।

     शैक्षिक सहयोगबाट मानिसहरू विशेषत: युवा युवतीहरू बीच एकले अर्काबारे समझदारी राख्ने अवसर बढी हुनेछ। साथै पर्यटनको विकासबाट रेशमी रोडको सँस्कृतिबारे ज्ञान प्राप्त गर्न अझ बढी मानिसका लागि सम्भावना सिर्जना गर्न सकिनेछ। हालसम्म मध्य एशियाली मुलुक तथा चीन सरकार बीच पारस्परिक रुपमा पर्यटन प्रवेशाज्ञा खुला गर्ने बारेको सम्झौता सम्पन्न भएको छैन। त्यसको अर्थ के हो भने मध्य एशियाली मुलुकहरू चीनका लागि पर्यटनको गन्तव्य मुलुक होइनन्। तैपनि बजारद्बारा सञ्चालित गैर पर्यटन सहयोग क्रमश: शुरु हुन थालिएको छ। जस्तै: सिन च्याङ्गको सीमा शहर था छङ्गदेखि कजाकिस्तानको पूर्वी प्रदेशस्थित युर्गा जिल्लासम्मको तीन दिने सीमावर्ती यात्रा लाइन सन् 2013मा सञ्चालनमा आएको छ। राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि अर्थात् था छङ्गका अधिकृत ली ना यसरी भन्नुहुन्छ:

     गत वर्षको दुई अधिवेशन अवधिमा हामीले सीमा यात्राको सुझाव प्रस्तुत गरेका थियौं। अहिले त्यस सुझावलाई मोटामोटी रुपमा अनुमोदन गरिएको छ। हालसम्म तीन खेपका पर्यटकहरूले त्यस सीमा यात्रामा भाग लिइसकेका थिए।

     चीनको सिन च्याङ्ग स्वायत्त प्रदेशका वरिपरि जम्मा आठवटा मुलुक छन्। साथै सिन च्याङ्गमा तीसभन्दा बढी खुला नाका पनि छन्। सन् 2013मा चीन-कजाकिस्तानको खोर्गोस अन्तर्राष्ट्रिय सीमा सहयोग केन्द्रद्बारा आयोजित पर्यटन व्यवसाय औपचारिक रुपमा सञ्चालनमा आएको छ। त्यसबाट दुई देश बीचको सीमा क्षेत्रमा बसोबासका हजारौं बासिन्दाहरू लाभान्वित भएका छन्।

     समष्टिगत दृष्टिबाट हेर्दा शिक्षा र पर्यटन क्षेत्रमा रहेको सहयोगको एक मुख्य उद्देश्य सामाजिक क्षेत्रको आदान-प्रदानलाई अघि बढाउनु नै हो। चिनियाँ सँस्कृति र चीनको वर्तमान अवस्थाबारे मध्य एशियाका विभिन्न देशका जनतालाई अझ राम्रोसँग जानकारी दिनका लागि चीनले मध्य एशियाली क्षेत्रमा दशवटा कन्फ्युसियस प्रतिष्ठानको स्थापना गरेको छ। हाल ती प्रतिष्ठानमा अध्ययनत् विदेशी विद्यार्थीहरूको सँख्या बीस हजारभन्दा बढी पुगेको छ। यस वर्ष लगातार रुपमा रेशमी मार्गको आर्थिक पेटीमा समेटिएका मुलुकहरूमा थप चार/पाँच वटा कन्फ्युसियसको स्थापना गर्ने योजना रहेको छ।

     रेशमी मार्ग वरपरका मुलुक तथा क्षेत्रहरू बीचको साँस्कृतिक आदान-प्रदान र शैक्षिक तथा पर्यटन सहयोगबाट लोक क्षेत्रको पारस्परिक सम्झदारी र विश्वासलाई प्रबर्द्धन गरिनुका साथै प्रभावकारी रुपमा बहुपक्षीय आर्थिक र ब्यापारिक सहयोगलाई अघि बढाउनसकिनेछ। त्यो रेशमी मार्गको आर्थिक पेटीको निर्माणलाई सम्पूर्ण रुपमा अघि बढाइने मानसिक आधार नै हो।

जानकारी तथा लेखहरु
सुझाउ