फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अटिजम बालबालिकामाथि ध्यानाकर्षण

(GMT+08:00) 2014-04-02 14:50:33

 

       अप्रिल महिनाको दुई तारिखका दिन सातौं विश्व अटिजम दिवस हो। चीनको सामाजिक विकास भएको साथसाथै अटिजम क्रमशःध्यान दिइरहेको छ। अटिजम स्नायु प्रणालीको असन्तुलनबाट उत्पन्न भएको विकासक्रम अवरोध सम्बन्धी जन्मजात रोग हो। असहज व्यवहारका कारण अटिजम रोगीहरु सामाजिक रुपमा सामान्य जीवन बिताउन सक्दैनन्। मायालु संगठनहरु र व्यक्तिहरुले अटिजम रोगीहरुलाई न्यानो र सुरक्षित जीवन वातावरण खडा गर्नका लागि प्रयास स्वरुप यो दिवस मनाउने गरिन्छ।

       पैचिङ्ग सिङ्ग सिङ्ग यु शिक्षा प्रतिष्ठान सन् 1993मा स्थापना भएको हो, अटिजम बालबालिकाका लागि खास गरी स्थापना गरिएको चिनियाँ पहिलो विशेष शिक्षण संस्था हो। अटिजमग्रस्त बालबालिका र परिवारलाई चौतर्फी शिक्षा दिनुका साथै सिङ्ग सिङ्ग युले अझै बढी मानिसहरुलाई अटिजमबारे जानकारी गराउन प्रयास गरिरहेको छ। सिङ्ग सिङ्ग युले चालू वर्षको मार्च महिनाको मध्यकालदेखि अगष्ट महिनासम्म "अटिजमग्रस्त बालबालिकाको ध्यानाकर्षण" भन्ने मुख्य विषयवस्तुका श्रृंखलाबद्ध कार्यक्रमहरुको आयोजना गरिरहनेछ। अटिजम बालबालिकाको चित्रकला प्रदर्शनी, विशेषज्ञ प्रवचन, सञ्चार-माध्यम खुला दिन, कोष संकलनका लागि रात्री भोज, दान बजार लगायत विविध कार्यक्रमहरुको आयोजना गरिनेछ, अझै‍ बढी मानिसहरुलाई अटिजमग्रस्त बालबालिकामाथि ध्यान दिन आव्हान गरिने छ।

       चालू वर्षमा आयोजित श्रृंखलाबद्ध कार्यक्रमहरु लामो समय चल्ने र विविध किसिमका छन्। सिङ्ग सिङ्ग यु शिक्षा प्रतिष्ठानका कार्यकारी प्रमुख सुन चुङ्ग खाइले भन्नुभयो

      "हामीले सबैभन्दा पहिले अटिजम बालकको चित्रकला प्रदर्शनीको आयोजना गरेका छौं। त्यसपछि हामीले परोपकार रात्री भोज, गोष्ठी, कोरस अर्थात् गायकहरुको दलआदि विविध कार्यक्रमहरुको क्रमशःआयोजना गरेका छौं। सन् 2014मा अझै बढी मानिसहरु अटिजम समूहमा संलग्न हुने आशा हामीले लिएका छौं।"

       गैर सरकारी संगठनको रुपमा सिङ्ग सिङ्ग युको सामु विभिन्न समस्या देखापरेका छन्। सुन चुङ्ग खाइको विचारमा हाल सिङ्ग सिङ्ग युको सामु दक्ष जनशक्ति र व्यवस्थापन दुई सबैभन्दा ठूला कठिनाइ देखापरेका छन्।

      "दक्ष जनशक्तिको क्षेत्रमा हालसम्म अझै बढी दक्ष जनशक्तिलाई आकर्षित गर्नसक्ने व्यवस्था छैन। अटिजम सेवामा कार्यरत व्यक्तिहरुलाई राम्रो प्रत्याभूति र समर्थन दिनका लागि पैसा वाहेक विशेष समर्थन चाहिने छ। कार्यक्रम आयोजना गरिने स्थल पनि देखापरेको अर्को कठिनाइ हो। अझै बढी दक्ष व्यक्तिहरु आकर्षित गर्नु, लामो समयसम्म प्रयोग गर्नसकिने स्थल, अझै बढी अटिजम परिवार र अटिजम सेवामा कार्यरत व्यक्तिहरुलाई विशेष समर्थन दिनु भविश्यमा हाम्रो प्रयासका लक्ष्य हुन्।"

       चालू वर्षको श्रृंखलाबद्ध कार्यक्रमहरु पनि पैचिंग अ‌पेराका अभिनेता मै पाउ च्यौ, प्रहसन अभिनेता कुङ्ग हान लिन, टेलिभिजन संचालक छाउ यि नानआदि सँस्कृति तथा कला क्षेत्रका व्यक्तिहरु र सञ्चार-माध्यम क्षेत्रका पत्रकारहरुद्वारा समर्थन र ध्यान दिइएको छ। उहाँहरुले विविध तरिकामार्फत आफ्नो प्रभावद्वारा समाजलाई अटिजम बालबालिकाबारे प्रचार-प्रसार गरिरहेका छन्। यस बाहेक, स्वयं सेवा पनि बेवास्ता गर्न नसकिने समूह हो। स्वयं सेवकहरुले आफ्नो शक्तिमार्फत समाजलाई अटिजम ज्ञानबारे जानकारी दिएका छन्।

       याङ ख एक क्याफे खोल्छन्। तीन वर्षअगाडि उन सिङ्ग सिङ्ग यु समूहमा संलग्न भएका छन्। उन सिङ्ग सिङ्ग युको अनेकौं कार्यक्रमहरुमा सहभागी भएका छन्। सिङ्ग सिङ्ग यु परिषदका सदस्यको हैसियतमा उनले समस्त समाजले कसरी अटिजम समूहलाई मद्दत दिने भन्नेन कुराबारे चर्चा गर्दै भने

      "पहिलो, अटिजम बालबालिकालाई सामाजिक जीवनसित सुहाउने वातावरणको खाँचो छ। दोस्रो, रोजगार समस्या। अटिजम बालबच्चाका बुबाआमाले उनीहरु बृद्ध भएपछि छोराछोरीको जीवनयापनको कुराप्रति चिन्ता लिएका छन्। समस्त समाजमा प्रत्याभूति संस्था स्थापना गरिनुपर्छ। ती ल‍क्ष्यहरु क्रमशःसाकार हुनसक्ने छन्।"

       याङ खले कहिले काहिं आफ्नो क्याफेलाई सिङ्ग सिङ्ग युको हितकल्याण कार्यक्रमको आयोजना स्थलको रुपमा बनाउने गर्दछन्। सन् 2014 "अटिजम बालकको ध्यानाकर्षण"भन्ने श्रृंखलाबद्ध कार्यक्रमहरुमध्ये अटिजम बालकको चित्रकला, विशेषज्ञ प्रवचनलगायतका कार्यक्रमहरु उनको क्याफेमा आयोजना गरिने छ। याङ्ग ख स्वयं सेवकको हैसियतमा लगातार बाह्र वर्षसम्म हितकल्याण कार्यक्रमहरुमा सहभागी भएका छन्।

       "सार्वजनिक हितका काममा सामान्य मानसिकता, खुशीयाली र निष्ठा चाहिन्छ। जहाँ हरेक व्यक्तिहरु फरक पृष्ठभूमिबाट आएका हुन्छन्।"

       सिङ्ग सिङ्ग युका स्वयं सेवकहरुमध्ये केही आमाहरु छन्। केही अटिजम बालबालिका आमा हुन्। छि छिकी आमा स्वयं स्ववकहरुमध्येकी एक हुन्। सिङ्ग सिङ्ग युमा संलग्न भएकोमा उनलाई निकै खुशी लागेको छ। उनकी छोरीले सामान्य प्राथमिक विद्यालयमा धेरै वर्षसम्म पढेकी छिन्। उनले एक जना स्वयं सेवकको हैसियतमा कहिले काहिँ सिङ्ग सिङ्ग यु फर्कने गर्छिन्।

        "मेरो छोरी सामान्य विद्यालयमा पढ्छिन्। केही बुबा आमाले सामान्य छोराछोरीको मापदण्डअनुसार अटिजम बालबालिकासँग केही कार्य गर्न आग्रह गरेका छन्। अटिजम बालकले बुबा आमाको माग पूरा नगरेको खण्डमा बुबा आमालाई दुःख लाग्छ नै। बुबा आमाको मनस्थिति राम्रोसँग नियमन्त्रण नगरिएको खण्डमा अटिजम बालकलाई खुशी लाग्दैन। त्यसैले म कहिले काहिँ सिङ्ग सिङ्ग यु फर्कँछु।"

        छि छिकी आमाकाअनुसार, सिङ्ग सिङ्ग युबारे थाहा पाउनुअघि उनी र छोरी यी दुबै जना समुद्रमा तैरिरहेको जहाज उस्तै थिए। उनीहरुलाई अगाडि हिँड्ने दिश थाहा थिएन। सिङ्ग सिङ्ग युले उनलाई मद्दत र आशा दिएको छ।

        हाल चीनमा अन्ठाउन्न लाख अटिजम बालबालिका छन्। छि छि जस्तै उपचार र शिक्षा लिएका अटिजम बालबालिकाहरुको संख्या कम छ। अझै बढी बालबालिकाहरुले हाम्रो माया र मद्दत पर्खिरहेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ