फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चालु वर्षभित्रै चीन-नेपाल जिलुङ सुक्खा बन्दरगाह संचालन हुने

(GMT+08:00) 2014-04-15 14:46:04

       तिब्बत स्वायत्त प्रदेशको सिगाच्छे दक्षिण-पश्चिमी चीनमा पर्दछ। यो चीनको महत्वपूर्ण सीमा व्यापारी क्षेत्र पनि हो। भारत, नेपाल, भुटान यी तीन मुलुकसँग जोडिएको सिगाच्छेमा हाल चारवटा सुक्खा बन्दरगाह छन्। जिलुङ, खासा, यातुङ तथा रऊ। केही वर्षयता परिवाहन, व्यवस्थापन तथा गोदाम क्षमता बढेको तथा व्यापारिक सम्बन्धमा लगातार सुधार भएको छ। साथै तिब्बत र नेपालबीचको सीमा व्यापारिक मात्रामा पनि क्रमशः बृद्धि भइरहेको छ।

       हालै आयोजित एउटा पत्रकार सम्मेलनमा तिब्बत स्वायत्त प्रदेशीय जन कंग्रेस स्थायी समितिका उपाध्यक्ष एवम चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गत सिगाच्छे शाखा समितिका अध्यक्ष तान चङ लाङ च्येले यसै वर्ष तिब्बत र नेपालबीच सीमा व्यापारिक अवस्थाबारे जानकरी दिनुभयो

       यो वर्ष तिब्बत स्वायत्त प्रदेश र नेपालबीचको व्यापारिक मात्रा ठूलो छ। तिब्बतमा नेपाली सामग्री निकै चर्चित छन्, प्रविधि असल छ गुणस्तर पनि राम्रो छ। तिब्बती सामग्रीहरु नेपालमा लोकप्रिय भएका छन्।

       गत सेप्टेम्बरमा "सन् 2013 चीनको तिब्बत-नेपाल आर्थिक तथा व्यापारिक गोष्ठी" सिगाच्छेमा आयोजना भएको थियो। सो अवसरमा कूल व्यापारिक मात्रा एक करोड 89 हजार आठ सय चिनियाँ युआन पुगेको छ भने सन् 2009 कोभन्दा तीनसय प्रतिशत बढेको छ। साथै आयात-निर्यात व्यापारिक अनुबन्ध-पत्र वा सम्बन्धन सम्झौता सम्पन्न भएपछि तीन करोड 89 लाख तीस हजार अमेरिकी डलर पुगेको छ भने सन् 2009 को भन्दा 86.54 प्रतिशत बढेको छ।

       सिगाच्छे क्षेत्रको जिलुङ जिल्लामा पर्ने जिलुङ सुक्खा बन्दरगाह चीन-नेपाल सीमा व्यापारको महत्वपूर्ण बाटो हो। सन् 1987 मा त्यसलाई राज्य परिषदद्वारा राष्ट्रिय प्रथम स्तरीय सुक्खा बन्दरगाह मानिएको थियो। केही वर्षयता तिब्बत स्वायत्त प्रदेशीय सरकारले दक्षिण एशियाका विभिन्न मुलुकसँग आवत-जावत तथा सहयोगलाई बढाएर बन्दरगाह निर्माणलाई प्रबर्द्धन गरी जिलुङ बन्दरगाह क्रस-सीमा आर्थिक सहयोग क्षेत्र निर्माणमा सक्रिय योजना तयारी गरेको छ। जिलुङ बन्दरगाह निर्माण अवस्थाबारे चर्चा गर्दै सिगाच्छे वाणिज्य ब्युरोका प्रमुख दोन चुले व्यक्त गर्नुभयो

        केही वर्षयता तिब्बत स्वायत्त प्रदेश सरकार तथा सिगाच्छे क्षेत्रका सम्बन्धित विभागको निर्देशनमा जिलुङ सुक्खा बन्दरगाह निर्माण कार्य भइरहेको छ।

        दोनचुका अनुसार, आगामी जुलाई महिनासम्म जिलुङ बन्दरगाहमा विभिन्न आधारभूत कार्य पूरा हुनेछ जस्तो भनौँ यातायात निर्माण, विजुली स्टेशन, भन्सार र निरीक्षण आदि सम्बन्धित विभागको स्थापना कार्य। आगामी अगष्ट महिनाको अन्तअघि नेपाल सरकारसँग समन्वय कार्य पनि पूरा हुनेछ। आगामी अक्टोबरसम्ममा एउटा अझै सम्पूर्ण कार्य र अझै सुधार सेवा रहेको आधुनिक सुक्खा बन्दरगाह अर्थात् जिलुङ बन्दरगाह ‌औपचारिक रुपमा संचालन हुनेछ।

        विशेषज्ञको विचारमा जिलुङ बन्दरगाह क्रस-सीमा आर्थिक सहयोग क्षेत्रबाट जिलुङ बन्दरगाहको व्यापारलाई परम्पराबाट आधुनिक बनाउन सकिन्छ। दक्षिण एशियाली स्थलमार्ग व्यापार बाटो खुला गर्न यसले महत्वपूर्ण अर्थ बोकेको छ। साथै छिङ हाइ-तिब्बत रेलमार्गको शाखा लाइन ल्हासा-सिगाच्छे रेलमार्गको निर्माण कार्य सुरु भएपछि उक्त बन्दरगाह चीन र दक्षिण एशिया बजारबीच सम्पर्क मार्ग पनि हुनेछ। यसबाहेक सीमा व्यापार समृद्धि भएपछि क्षेत्रीय पर्यटन उद्योगलाई ठूलो पर्यटक स्रोत हुनेछ, साथै जिलुङ बन्दरगारको प्रसिद्धि र विश्वमा बन्दरगाहको प्रभावलाई बढाउनेछ। क्रस-सीमा सहयोग क्षेत्रको निर्माणबाट स्थानीय आवश्यक प्रबन्ध र सेवा प्रबन्धको निर्माण गर्न सकिन्छ र स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार गर्न पनि सहयोग दिनेछ।

जानकारी तथा लेखहरु
सुझाउ