फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ऊ लिङ युआनको परिचय

(GMT+08:00) 2014-04-10 08:49:00

       ऊ लिङ युआन मध्य चीनको हु नान प्रान्तको उत्तर-पश्चिमी भागमा पर्दछ। चाङ च्या च्ये शहरको चाङ च्या च्ये वन पार्क, छ लि जिल्लाको सो सी यु प्राकृतिक संरक्षण क्षेत्र र सान च जिल्लाको थ्यान च पहाड प्राकृतिक संरक्षण क्षेत्रबाट सिर्जित भूभाग हो। यसको क्षेत्रफल पाँच सय वर्ग किलोमिटर छ। ऊ लिङ युआन विश्वको दुर्लभ देखिएको बालुवाको चुचुराहरुको समूहबाट बनेको भूभाग हो। समष्ट दृश्य क्षेत्रमा साँघुरो उपत्यका, बालुवाबाट बनेका चुचुराहरु, वनस्पति, जनावर थुप्रै देखिन्छ त्यसैले त्यसलाई "प्राकृतिक भूलभूलैया","विश्वका प्रथम चमत्कार पहाड"पनि भनिन्छ।

      दस करोड वर्षअगाडि ऊ लिङ युआन एउटा समुद्र थियो। प्राकृतिक परिवर्तन भएपछि आजको ऊ लिङ युआन बनेको हो। ऊ लिङ युआन "विशेष चुचुरा", "अनौठो ढुङ्गा", "घाँटी", "सुन्दर पानी", " चुनढुङ्गाको गुफा" बाट विश्वमा चर्चित बनेको छ। चाङ च्या च्येलाई छिङ यान शान पनि भनिन्छ। यो चीनको पहिलो वनस्पति पार्कमा पनि हो। यहाँ तीन हजार चमत्कारपूर्ण चुचुराहरु रहेका छन्। चुचुरोका चारैतिर बञ्चरोबाट काटिएको जस्तो सफा तर विविध गल्छीहरु पनि देखिन्छन्। ह्वाङ श गाउँ, याउ च गाउँ, यो च्या च्ये, बलौटे चक्कु गल्छि, सुनौलो चाबुक खोला त्यस्का मुख्य दृश्य रहेका छन्।

      सो सी यु छाङ द क्षेत्रको छ ली जिल्लामा पर्दथ्यो। सन् 1988 अगष्टमा ता युङ शहरको ऊ लिङ युआन क्षेत्रीय सरकार स्थापित भएपछि ऊ लिङ युआनको प्रशासनमा रहेको छ। सो सी युमा पहाड, पानी, पूल, गुफा यी धेरै दृश्य छन्। तीमध्ये हजारौँ मिटर ग्यालरी, पश्चिमी समुद्र, पाउ फङ ताल, ह्वाङ लुङ गुफालगायत दुई सयभन्दा बढी दृश्यावलोकन क्षेत्र समावेश छन्।

      थ्ये च पहाड ऊ लिङ युआन दृश्य क्षेत्रको सबभन्दा अग्लो ठाउँमा पर्छ। त्यसको मुख्य चुचुरो एक हजार दुई सय पचास मिटरभन्दा बढी अग्लो छ। "बादल", "चाँदनी", " सूर्यास्त", "हिम" थ्ये च पहाडका चार चमत्कार दृश्य रहेका छन् र निकै सुन्दर छन्।

      साथै ऊ लिङ युआन एउटा हरियालीपूर्ण प्राकृतिक चिडियाघर पनि हो। त्यस क्षेत्रमा 95 प्रतिशत वनजङ्गल छ। त्यहाँ एक हजारभन्दा बढी किसिमका वनस्पति रहेका रहेकाले समष्टिगतमा युरोपकोभन्दा एक गुणाभन्दा बढी पुगेको छ। त्यहाँ एक सय नब्बेभन्दा बढी किसिमका दुर्लभ वनस्पति रहेका छन्।

       ऊ लिङ युआनको दृश्य सुन्दर छ साथै जातीय विशेषता पनि विविध छ। त्यहाँ थु च्या जाति, म्याउ जाति, पाइ जाति आदि अल्पसंख्यक जाति बसोबास गर्दछन्। लामो इतिहासमा आ-आफ्नो विशेषतायुक्त परम्परागत चलन जन्मेका छन्।

        सन् 1992 ऊ लिङ युआनलाई "विश्व सम्पदा सूचि"मा राखिएको थियो। विश्व सम्पदा समितिले यसको मूल्याङ्कन गर्दा भनेको छ ऊ लिङ युआनको मनमोहक दृश्यावलोकन मध्य चीनको हु नान प्रान्तिमा पर्दछ, छब्बीस हजार हेक्टरभन्दा बढी क्षेत्रमा परेको दृश्य क्षेत्रमा सबभन्दा विशेष दृश्य भनेको तीन हजारभन्दा बढी बलौटे स्तम्भ र चुचुरो हुन्। तीमध्ये धेरैजसो दुई सय मिटरभन्दा अग्ला छन्। पहाडबीचका गल्छी, खोला, पोखरी, झरना जतात्ततै देख्नपाइन्छ, साथै अरु चालीसभन्दा बढी ढुङ्गे गुफा र दुई प्राकृतिक ढुङ्गे पूल पनि यहाँ रहेका छन्। प्राकृतिक दृश्यबाहेक सो क्षेत्रमा थुप्रै लोपोन्मुख जनावर र वनस्पति रहेकाले सबैको ध्यान तानेको छ।

जानकारी तथा लेखहरु
सुझाउ