फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय शास्त्रीय नृत्यका महागुरुको पैचिङ्गमा भव्य स्वागत

(GMT+08:00) 2014-04-04 14:35:34

       गत मार्च तेईसदेखि उन्नतीस तारिखसम्मको अवधिमा भारतीय प्रसिद्ध भरत नाट्यमका महागुरु अर्थात् विश्वप्रख्यात कलाकार सभिथा शास्त्री पैचिङ्ग आइपुगेर चिनियाँ भरत नाट्यमप्रेमीहरूलाई तालिम दिनुभयो। चिनियाँ लोक क्षेत्रले चीनमा प्राचीन नाच सिकाउनका लागि भारतीय महा गुरुलाई निमन्त्रणा दिएको यो पहिलो पटक पनि थियो। त्यसैले चीनका विभिन्न स्थानका नृत्य प्रेमीहरूलाई निकै आकर्षित गरेको छ। त्यो अवधि चीन र भारतका नर्तक-नर्तकीहरू बीच आदान-प्रदान गरिने एक मूल्यवान अवसर पनि बनेको छ।

     भरत नाट्यम भारतको सबैभन्दा प्रतिनिधि प्राचीन नाच हो। जुन दक्षिण भारतको गुम्बाहरूमा पूजा-आजा गरिने समारोहबाट उत्पत्ति भएको थियो। भारतका प्रसिद्ध कलाकार अर्थात् विश्वप्रख्यात नर्तकी सभिथाले छ वर्षको उमेरदेखि भरत नाट्यम सिक्न थाल्नुभएको थियो। उहाँले अघिपछि गरी अमेरिका, मलेसिया र सिंगापूर आदि मुलुक गएर नृत्य कलाबारे प्रशिक्षण दिने गर्नुभएको थियो। पहिलो पटक चीन आइपुगे तापनि विद्यार्थीहरूको अभिनय र स्तर देख्दा उहाँलाई ज्यादै आश्चर्य र खुसी लागेको छ। उहाँ यसरी भन्नुहुन्छ:

     चिनियाँ सँस्कृति र भारतीय सँस्कृति बीच धेरै समानता रहेको छ। मेरो विचारमा चिनियाँ विद्यार्थीहरूको जीवन-शैली भरत नाट्यम सिक्नका लागि ज्यादै उपयुक्त हुन्छ। उनीहरूको मेहनती र परिश्रमी स्वभावले मलाई झन् विश्वस्त बनाएको छ। के भन्नसकिन्छ भने कुनै पनि कठिनाईले चिनियाँहरुलाई अवरोध गर्न सक्दैन।

     कलाकार सभिथालाई निमन्त्रणा दिने पैचिङ्ग च्यान्पिङ्ग नृत्य साँस्कृतिक मिडिया लिमिटेड कम्पनीका जिम्मेवार व्यक्ति याउ फङ्ग पो हुनुहुन्छ। उहाँले वेभसाइटमा सभिथाद्बारा अभिनय गरिएको नाचको भिडियो देख्ने बित्तिकै उहाँलाई चीनमा आमन्त्रित गर्ने निर्णय गर्नुभयो। भारतीय प्राचीन नाच सम्बन्धी चिनियाँहरूको ज्ञान अभावका कारण जिम्मेवार व्यक्ति याउले यस पालि करिब छ/सातजना चिनियाँ विद्यार्थीको छनौट गर्नुभयो। ती विद्यार्थीहरू सबै नै धेरै वर्षसम्मको प्रशस्त नाचगान वा योगाको अनुभवले खारिएका छन्। उनीहरूले कलाकार सभिथाको ज्यादै सम्मान गर्ने गर्दछन्।

     थाइवानका नागरिक श्रीमती यिन सिन यीले भरत नाट्यम सिक्नुभएको एक वर्ष भइसकेको छ। यस पटक भारतीय महा गुरु स्वयम आफैंले पैचिङ्ग पुगेर नाच सिकाउनुभएकोमा उहाँले अधिकांश उपलब्धि प्राप्त गर्नुभयो। उहाँका अनुसार, हङ्गकङ्ग र थाइवान क्षेत्रमा भारतीय प्राचीन नाचको निकै स्वागत गरिन्छ। उहाँले धेरै वर्षसम्म योगाको अध्ययन गर्नुभयो। त्यस क्रममा उहाँले भारतीय सँस्कृतिमा पनि निकै चासो राख्न थाल्नुभयो। भारतीय सँस्कृतिबारे अझ बढी ज्ञान प्राप्त गर्नुका साथै भारतीय प्राचीन नाच पनि सिक्ने उहाँको इच्छा छ। उहाँ यसरी भन्नुहुन्छ:

     मैले हङ्गकङ्गमा एक वर्षसम्म नाचको आधारभूत पाइला सिकें। श्रीमती सभिथा मेरो मनको उदाहरण हुनुहुन्छ। उहाँबाट सिक्ने अवसर पाएकोमा मलाई साह्रै खुसी र गौरव लागेको छ। नाच सिकाउनुका साथै श्रीमती सभिथाले भारतको धर्म र सँस्कृतिबारे पनि जानकारी दिनुभयो। मैले उहाँबाट अधिकांश मूल्यवान ज्ञान प्राप्त गरेकी छु। साह्रै खुसी लाग्यो।

     राम नामकी महिला नान चिङ्ग शहरकी एकजना नृत्य शिक्षिका हुन्। हरेक वर्ष उनले एक चोटी भारत गएर योगाको अध्ययन गर्ने गर्दछिन्। भारतको भरत नाट्यम र अन्य भारतीय कलाहरूप्रति उनको निकै चासो छ। उनको विचारमा, यसपटकको तालिम क्रममा बिहान दुई घण्टाको ध्यान सिक्नु र दिउँसो चार घण्टाको वास्तविक अभ्यासमार्फत अझ गहन स्तरको नृत्य भाव ग्रहण गरिएको छ। उहाँ यसरी भन्नुहुन्छ:

     हाम्रो चीनमा भरत नाट्यम सिकाउने संस्था निकै कम छन्। यसपटकको तालिम जम्मा सात दिन मात्रको भए तापनि मैले अधिकांश उपलब्धि प्राप्त गरें। महा गुरु सभिथाले हामीलाई नाचको आधारभूत प्रविधि सिकाउनुबाहेक भरत नाट्यमको निहित भावनाबारे पनि जानकारी दिनुभयो। त्यो झन् मूल्यवान कुरा हो। वर्तमान जटिल समाजमा बाँच्दा नाचले मेरो मनलाई झन् शान्त पार्न सक्नेछ।

     भारतको एक किसिमको प्राचीन कलाको हैसियतले भरत नाट्यमले पनि अन्य परम्परागत कला जस्तै भावी विकासका लागि अनेकन समस्याको सामना गर्नुपरेको छ। हाल झन् झन् बढी भारतीय युवा-युवतीहरू आधुनिक नाच मन पराउँछन थालेका छन्। ती युवा-युवतीलाई पुन:आकर्षित गराउनका लागि कलाकार सभिथाले नयाँ कला शैलीलाई अवलम्बन गर्दै आउनुभएको छ। उहाँको विचारमा विशेष लुगा, आधुनिक स्वर र हलमार्फत् प्राचीन भरत नाट्यमलाई नयाँ जीवन्त शक्ति थपिदिनुपर्छ। फुर्सदमा उहाँले विभिन्न नृत्य स्कूल वा प्रतिष्ठान गएर अभिवार्य रुपमा विद्यार्थीहरूलाई आफूद्बारा रचिएको नाचको अभिनय गर्ने गर्नुहुन्छ। भारतको प्राचीन भरत नाट्यम सँस्कृतिको भावी विकासलाई समर्थन गर्न उहाँले ती विद्यार्थीहरूलाई निकै प्रेरणा पनि दिने गर्नुहुन्छ।

     श्रीमती सभिथाका अनुसार, भारतका कलाकारहरू चीनमा अभिनय गर्न र साँस्कृतिक आदान-प्रदान गर्न निकै इच्छुक छन्। आगामी दिनहरूमा भारत र चीन बीचको साँस्कृतिक आवत-जावत झन् घनिष्ट हुँदै जानेमा उहाँ विश्वस्त हुनुहुन्छ। उहाँ यसरी भन्नुहुन्छ:

     मानिसहरूका मन बीचको आदान-प्रदान हाम्रा कलाकारका लागि सबैभन्दा महत्वपूर्ण र मूल्यवान विषय नै हो। मनको आदान-प्रदानमार्फत् अझ बढी मानिसले कलाको विशेषता अनुभव गर्नसक्नेछन्। मैले नाच्ने बेला विभिन्न मुलुकको भाषा समस्याबारे कुनै चिन्ता लिन पर्दैन किनभने हामी साँस्कृतिक आदान-प्रदान गर्ने दूत हौं। चीनले हाम्रो लागि विभिन्न क्षेत्रबाट आदान-प्रदानका धेरै द्बारहरु खोलेको छ।

जानकारी तथा लेखहरु
सुझाउ