फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"थाइ हु साँस्कृतिक मञ्च सन् 2014 पेरिस सम्मेलन"बारे चर्चा

(GMT+08:00) 2014-04-07 16:52:26

     स्थानीय समय अनुसार गत मार्च एकतीस तारिखका दिन "थाइ हु साँस्कृतिक मञ्च सन् 2014 पेरिस सम्मेलन" फ्रान्सस्थित गुइमेट संग्रहालयमा शुरु भएको थियो। "रेशमी रोड--चीन र पश्चिमा जगत् बीच साँस्कृतिक आदान-प्रदान गरिने सुचारु मार्ग"भन्ने कुरा त्यो सम्मेलनको मुख्य नारा रहेको छ। जनमतका अनुसार, त्यो सम्मेलनको आयोजना चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले मध्य एशियाका चार मुलुकको भ्रमण गर्नुहुँदा प्रस्तुत गर्नुभएको नयाँ रेशमी रोडको निर्माण गर्ने भावनालाई व्यवहारमा उतार्नका लागि चालिएको एक महत्वपूर्ण कदम हो।

     गत मार्च सत्ताईस तारिखका दिन राष्ट्राध्यक्ष सीले संयुक्त राष्ट्र संघ अन्तर्गत युनेस्कोको मुख्यालयको भ्रमण गर्नुहुँदा महत्वपूर्ण सम्बोधन गर्नुभएको थियो। उहाँले रेशमी रोडको इतिहासद्बारा आपसी सभ्यता आदान-प्रदान गरिने महत्वपूर्ण अर्थको ब्याख्या गर्नुभयो। उहाँले विभिन्न सभ्यता बीच एकले अर्काको सम्मान गर्नुका साथै सभ्यताको आदान-प्रदानलाई विभिन्न मुलुकका जनताहरूको मित्रताका लागि मितेरी पूल बनाउन आव्हान पनि गर्नुभएको थियो।

     "थाइ हु साँस्कृतिक मञ्च सन् 2014 पेरिस सम्मेलन"को उद्धाटन समारोहमा सहभागी हुँदा मञ्चका मानार्थ अध्यक्ष अर्थात् फ्रान्सेली सिनेटका उपसभामुख एवम् पूर्व प्रधानमन्त्री जिन पिएर राफारिन, थाइ हु साँस्कृतिक मञ्चका मानार्थ अध्यक्ष अर्थात् एघारौं राष्ट्रिय जन राजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष चाङ्ग मै यिङ्ग, कान सु प्रान्तीय परिषद्का स्थायी सदस्य एवम् प्रचार-प्रसार विभागका प्रमुख लेन ची र फ्रान्सेली गुइमेट संग्रहालयका प्रमुख सोफी माकारिओले बेग्लाबेग्लैगरी सम्बोधन गर्नुभएको थियो।

     फ्रान्सेली पूर्व प्रधानमन्त्री राफारिनले उद्धाटन समारोहलाई सम्बोधन गर्दै यस पटकको मञ्चमा रेशमी रोडलाई मुख्य विषय तोकिएको कुराको ज्यादै सकारात्मक अर्थ रहेको औंल्याउनुभयो। उहाँका अनुसार, रेशमी रोड प्राचीन कालमा पूर्वी र पश्चिमी मुलुकहरू बीच भौतिक वस्तुको आदान-प्रदान र आर्थिक-ब्यापारिक आवत जावतको मुख्य बाटो मात्र नभई दुवै पक्ष बीच सभ्यता, विचार र साँस्कृतिक आदान-प्रदान गरिने मुख्य बाटो पनि थियो। हालसम्म पनि विश्वका अधिकांश मानिसहरूले त्यस बाटोबाट ल्याइएको फाइदा र सकारात्मक प्रभावको अनुभव गर्नसक्दछन्। चीन र फ्रान्स दुवै देशका बौद्धिक क्षेत्रले त्यसअघि धेरैपटक गरी रेशमी रोडको इतिहास र नयाँ विकासबारे विचार-विमर्श गरेका थिए। यस पटकको थाइ हु साँस्कृतिक मञ्चमार्फत रेशमी रोड सम्बन्धी दुवै देश बीचको छलफल र आदान-प्रदानलाई निरन्तरता दिने भन्ने त्यो मञ्चको मुख्य उद्देश्य रहेको छ।

     एघारौं राष्ट्रिय जन राजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष चाङ्ग मै यिङ्गका अनुसार, चीन र फ्रान्स दुवै देश बीच युगौं युगदेखि कायम राखिंदैआएको मैत्रीपूर्ण आवत-जावतको क्रममा साँस्कृतिक विचार बोकेको एक किसिमको रेशमी रोड पनि रहंदैआएको छ। चीन र फ्रान्स दुवै देशले विभिन्न सामाजिक व्यवस्था र साँस्कृतिक परम्परागत मुलुक बीच शान्तिपूर्ण रुपमा सहअस्तित्वका नयाँ उदाहरण बनाउनसकेको कारण दुवै देशले लामो समयदेखि कायमै राख्दैआएको साँस्कृतिक आदान-प्रदान र मेलमिलापको प्रतिफल नै हो। उहाँ यसरी भन्नुहुन्छ: हामीले विभिन्न सँस्कृतिको आफ्नो विशेषताको सम्मान गर्नुका साथै सँस्कृतिको विविधताको पनि प्रचार-प्रसार गर्नुपर्छ। हामीले विभिन्न सभ्यता र सँस्कृति बीचको समान वार्तालाई अघि बढाउनुका साथै संयुक्त रुपमा विकासलाई प्रबर्द्धन गर्नुपर्छ।

     यसका अतिरिक्त, थाइ हु साँस्कृतिक मञ्चका अध्यक्ष येन चाउ चुले पूर्ण सम्मेलनलाई "चीन र पश्चिमा जगत बीच साँस्कृतिक आदान-प्रदान गरिने सुचारु मार्ग"शीर्षकको मुख्य सम्बोधन गर्नुभएको थियो। आफ्नो सम्बोधनमा उहाँले रेशमी रोडको ऐतिहासिक मूल्य र वर्तमान अर्थको ब्याख्या गर्नुका साथै त्यसको उच्च मूल्याङ्कन गर्नुभयो। साथै उहाँले रेशमी रोडको विशेष भावनालाई बिंडो थाम्नुका साथै नयाँ रेशमी रोडको निर्माणका लागि शक्ति थपिदिन सारा विश्वका विभिन्न मुलुकका साँस्कृतिक क्षेत्रका गण्यमान्य व्यक्तिलाई पनि आव्हान गर्नुभएको थियो।

     त्यस मञ्चको उद्धाटन समारोहमा थाइ हु साँस्कृतिक मञ्च र कान सु प्रान्तीय जन सरकारले उपहारको रुपमा संयुक्त रुपमा फ्रान्सेली गुइमेट संग्रहालयसमक्ष मो काउ गुफामा कुँदिएको भित्ते-चित्रबाट कोरिएको एउटा बराबर मूल्यवान चित्र हस्तान्तरण गरेका थिए। त्यो चित्रलाई फ्रान्सेली गुइमेट संग्रहालयमा समावेश गरिएपछि त्यस संग्रहालयमा हालसम्म सँरक्षित चीनको तुङ्ग व्हाङ्ग मो काउ गुफा सम्बन्धी दुई/तीन वटा मूल्यवान वस्तुमध्येको एक बन्नेछ।

     "थाइ हु साँस्कृतिक मञ्च सन् 2014 पेरिस सम्मेलन"मा चीन र फ्रान्स आदि मुलुकका अधिकांश प्रसिद्ध विद्बान र विशेषज्ञहरूले संगै बसेर रेशमी रोडको भावनाको प्रचार-प्रसार गर्ने मुख्य विषय बमोजिम विभिन्न राय-सुझाव प्रस्तुत गरेका थिए।

     सम्मेलनमा जम्मा तीनवटा मुख्य विषयक गोष्ठी रहेका छन्। ती तीनवटा गोष्ठीको मुख्य विषय बेग्लाबेग्लै गरी रेशमी रोड तथा भौतिक वस्तुको साँस्कृतिक आदान-प्रदान, रेशमी रोड तथा भावनात्मक साँस्कृतिक आदान-प्रदान र सोह्रौं शताव्दीदेखि यता चीन र फ्रान्स बीचको साँस्कृतिक आदान-प्रदान भन्ने रहेको छ। सम्मेलन ताका "चीन-फ्रान्स बीचको मैत्रीपूर्ण सम्बन्ध र चीन-फ्रान्सको साँस्कृतिक विशेषता"शिर्षकको मुख्य विषयक गोलमेचको पनि आयोजना गरिएको थियो। सम्मेलनको समापन समारोहमा सहभागी विभिन्न देशका प्रतिनिधिहरूले संयुक्त रुपमा "थाइ हु साँस्कृतिक मञ्च सन् 2014 पेरिस सम्मेलन सम्बन्धी घोषणा पत्र"लाई पनि सार्वजनिक गरेका थिए।

जानकारी तथा लेखहरु
सुझाउ