फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शान्ति तथा सुरक्षाको प्रतीक नेदरल्याण्डको हेग

(GMT+08:00) 2014-04-09 08:51:13

        संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय न्याय अदालत, मध्यस्थतासम्बन्धी स्थायी न्यायालय, रासायनिक हतियार निषेध सङ्गठनआदि अन्तर्राष्ट्रिय संस्थाहरुको मुख्यालयहरु नेदरल्याण्डको हेगमा रहेका छन्। ती अन्तर्राष्ट्रिय संस्थाहरुले लामो समयदेखि विश्वको शान्ति तथा सुरक्षाको संरक्षण गरिरहेका छन्।

        सन् 1899मा पहिलो हेग अन्तर्राष्ट्रिय शान्ति सम्मेलन हेगमा आयोजना गरिएको थियो। यसको सम्मेलनले अन्तर्राष्ट्रिय मध्यस्थता अदालतको स्थापना गर्ने निर्णय गरेको थियो। त्यसपछि केही मानिसहरुले उक्त अदालतका सम्बन्धित संस्थाहरुका लागि एक भवनको निर्माण गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए। यसको भवन आज हेग शहरको काँठ क्षेत्रस्थित शान्ति दरबार अर्थात् द पिस प्यालेस हो। सन् 1907देखि शान्ति दरबारको निर्माण शुरु भएको थियो र सन् 1913मा ‌औपचारिक रुपमा पूरा भएको थियो। यसको भवन शान्ति दरबारको नामकरण गरिएको कारण विश्व शान्तिपूर्ण रहोस् भन्ने अभिलाषाले नै हो। सन् 1946मा अन्तर्राष्ट्रिय न्याय अदालतले पहिलो पटक सुनुवाइ गरेको थियो। त्यस अवधिदेखि शान्ति दरबारले शान्ति तथा न्यायको संरक्षण गर्ने भूमिका खेल्ने गर्दछ। शान्ति दरबारको स्वागत केन्द्रका कर्मचारी नाडिनले भने

        "शान्ति दरबारको निर्माण पूरा भएको दुई वर्ष नपुग्दै पहिलो विश्व युद्ध भयो। शान्ति दरबारले त्यति ठूलो भूमिका निर्वाह गर्न सकेको थिएन। सन् 1946मा संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय न्याय अदालत यहाँ स्थापना भएको थियो। त्यस अवधिदेखि शान्ति दरबारले धेरै मुद्दामाथि फैसला गर्दै आइरहेको छ।"

        अन्तर्राष्ट्रिय न्याय अदालतबाहेक, मध्यस्थतासम्बन्धी स्थायी न्यायालय शान्ति दरबारमा राखिएको अर्को संस्था हो। धेरै वर्षदेखि यता यी दुबै कानूनको कार्यान्वयन संस्थाले फैसला र मध्यस्थताको तरीका मार्फत् विश्वको विभिन्न क्षेत्रका जनतालाई शान्ति र आशा दिएका छन्। आज शान्ति दरबार हेग शान्ति शहरको रुपमा बनाइएको उत्कृष्ट प्रतिक बनेको छ। गत वर्ष शान्ति दरबारको निर्माण पूरा भएको एक सयौं वार्षिकोत्सव थियो। संयुक्त राष्ट्र संघका महासचिव बान की मुनले वार्षिकोत्सव समारोहमा उपस्थित हुँदै विश्वको शान्ति तथा न्यायिक कार्यलाई अगाडि बढाउने क्रममा हेगले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको सरहाना गर्नुभयो।

        "अन्तर्राष्ट्रिय कानूनी प्रशासन शहरको रुपमा मान्यता पाएको हेगलाई विश्व समुदायद्वारा मान्यता दिइएको छ। अन्तर्राष्ट्रिय न्याय अदालत र हेगमा रहेका अरु संगठनहरु तथा संस्थाहरुले शान्तिपूर्ण तरीकामार्फत अन्तर्राष्ट्रिय विवादको समाधान गर्ने क्रममा केन्द्रीय भूमिका खेलेका छन्। ती संगठनहरु तथा संस्थाहरु "संयुक्त राष्ट्र संघको बडा-पत्र"को वचन-बद्धतालाई साकार तुल्याइरहेका छन्।"

        शान्ति दरबारको एक सय वर्षको इतिहासमा धेरै मुलुकहरुले शान्ति दरबारको निर्माणका लागि योगदान गरेका छन्। ती मुलुकहरुले आ-आफ्ना माटो, कलात्मक वस्तु, औद्योगिक वस्तु उपलब्ध गराएका छन्। यसका साथै शान्ति दरबारले विश्वको विभिन्न क्षेत्रका पर्यटक र भ्रमणकर्तालाई शान्ति धारणाबारे प्रचार-प्रसार गरिरहेको छ। शान्ति दरबारको स्वागत केन्द्रका कर्मचारी नाडिनले शान्ति दरबार बाहिर भर्खरै एउटा "शान्ति वृक्ष" रोपेको जनाएकी छिन्।

         "हामीले यस्तो कार्यक्रम आयोजना गर्नुको उद्देश्य मानिसको शान्ति प्रतिको भावना जगाउनु हो। किनभने हेग अन्तर्राष्ट्रिय शान्ति शहर हो। यहाँ धेरै अन्तर्राष्ट्रिय संस्थाहरु छन्। मानिसले शान्ति दरबारको अवलोकन गर्न आउँदा शान्तिबारे आफ्नो इच्छा लेख्नसक्छ, इच्छाइएको नोटलाई शान्ति रुखमा झण्ड्याउनसक्छ।"

         शान्ति दरबारबाहेक, हेगमा एक सय साठी वटाभन्दा बढी अन्तर्राष्ट्रिय संस्था र गैर सरकारी संस्था छन्। हेग शहरका उप प्रमुख हेन्क कूलले भन्नुभयो

        "हेगमा धेरै कानून कार्यान्वयन गर्ने संस्थाहरु छन्। हेग "विश्वको कानूनी शहर" कहलाइएकोमा हामीलाई गौरब लागेको छ। यो हेगले विश्वको शान्ति तथा कानूनको कार्यान्वयनका लागि दिएको योगदान हो। पर्यटकहरुले टलिप फूलको आनन्द लिने मात्र भनई शान्ति दरबारको अवलोकन गर्नसक्ने र यहाँ समाधान गरिएका महत्वपूर्ण मुद्दाहरुबारे जानकारी पाउनसक्ने छन्। आफ्नो योगदान दिने र विश्वलाई अझै बढी शान्ति र न्याय दिने मनसाय हामीले लिएका छौं।"

जानकारी तथा लेखहरु
सुझाउ