फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्राजिलले उत्कृष्ट विश्व कपको आयोजना गर्ने

(GMT+08:00) 2014-04-16 14:29:38

        ब्राजिलमा आयोजना हुने सन् 2014 फिफा विश्व कप फुटबल प्रतियोगिता शुरु हुन दुई महिना मात्रै बाँकी रहेको छ। तर हालसम्म विश्व कप प्रतियोगिता खेलमैदानको निर्माण कार्य पूरा भैसकेको छैन। आधारभूत प्रबन्ध, विश्व कपका बेलामा शहरी सुरक्षा चिन्ता पनि थपिंदै गएको छ।

       सन् 2014 फिफा विश्व कप प्रतियोगिता आगामी जुन महिनामा शुरु हुन गइरहेको छ। विश्व कपको तयारी का‍र्यबारे जानकारी दिंदै ब्राजिलका खेलकुद मन्त्री एल्दो रेबेलोले सन् 2007मा फिफाले सन् 2014 फिफा विश्व कप प्रतियोगिता ब्राजिलमा आयोजना हुने घोषणा गरेको बेलादेखि नै ब्राजिल पूरा तयारीमा रहिरहेको कुरा बताउनुभएको छ।

       "विश्व कप प्रतियोगिता समस्त ब्राजिलमा आयोजना हुने छ। हामीले आधुनिक, सुन्दर, आरामदायक र सुरक्षित रंगशाला र खेलमैदानको निर्माण गरिसकेका छौं। पर्यटकको स्वागत गर्नका लागि हामीले विमानस्थलको जीर्णोद्धार गरेका छौं। सुरक्षाको प्रत्याभति गर्न, सुरक्षाप्रति सर्वसाधारण र पर्यटकको चिन्तालाई कम पार्नका लागि हामीले नयाँ प्रबन्ध भित्र्याएका छौं। चित्र र समाचारको रिले प्रसारण गुणस्तरको प्रत्याभूति गर्नका लागि हामीले कदमहरु चालेका छौं। ब्राजिल विश्व कप प्रतियोगिताको आयोजक मुलुकको रुपमा छानिएपछि ब्राजिल पूरा तयार भइसकेको छ।"

        ब्राजिलको सञ्चार-माध्यमहरुले ब्राजिलले तयारी कार्य पूरा गरिसकेको ठानेका छैनन्। समाधान हुन बाँकी रहेका दश वटा समस्याको बारेमा निचोड निकाल्दै उनीहरुले तयारी पूर्ण भैनसकेको बताएका हुन्। खेलमैदान तथा रंगशाला, आधारभूत प्रबन्धआदि। समाधान हुन बाँकी रहेका ती समस्याहरु विश्व कप प्रतियोगिताअघि समाधान गर्नसकिने कि नसकिने त? रेबेलोको विचारमा कुनै पनि खेलुकद भव्य समारोहले सबै समस्याहरुको पूर्ण समाधान गर्नसक्दैन।

       "कुनै पनि खेलुकद भव्य समारोहले सब समस्याहरुको समाधान गर्नसक्दैन। हामीले ठूलो शहरको निर्माण गरेका छौं। ब्राजिल विश्वका दश वटा आर्थिक समूहमध्येको एक हो। विश्वमा सबैभन्दा शक्तिशाली प्रतिस्पर्धात्मक शक्तिको कृषि ब्राजिलसँग छ। तर ब्राजिलको सामु धेरै समस्याहरु देखापरेका छन्। विश्व कपको उद्देश्य ती समस्याहरुको समाधान होइन। विश्व कप प्रतियोगिता फूलबल प्रतियोगिता गर्नका लागि मात्र हो। वास्तवमा विश्व कपबाट रोजगारलाई बढाउन सकिन्छ। ब्राजिल विश्व कपले 36 लाख रोजगार अवसर बढाउने छ। सन् 2019सम्म चालू वर्षको विश्व कपले ब्राजिललाई 0.4प्रतिशतको आर्थिक बृद्धि पुर्‍याइरहने, आधारभूत प्रबन्ध र यातायातको सुधार गरिरहने छ। तर हाम्रो सामु असमानता आदि समस्याहरु देखापर्ने नै छ।"

        ब्राजिल विश्वद्वारा स्वीकृत गरिएको फूटबल देश हो। तर हिँसात्मक समस्याप्रति मानिसले चिन्ता लिएका छन्। विश्व कपका बेलामा आयोजक मुलुक ब्राजिलबाहेक एकतीस वटा फूटबल टोली यसमा सहभागी हुन ब्राजिल आउने छन्। ब्राजिलले लाखौं विदेशी पर्यटक, विदेशी सञ्चार-माध्यमका पत्रकारको स्वागत गर्ने छ। विश्व कपका बेलामा शहरीय सुरक्षाप्रति सबैले चिन्ता लिने विषयहरुमध्येको एक बनेको छ। रेबेलोले भन्नुभयो

       "ब्राजिल चर्को जातीय अन्तर्विरोध र धार्मिक भिडन्त रहेको समाज होइन। विभिन्न क्षेत्रमा हाम्रो त्रास-धम्की यूरोप र अमेरिकाभन्दा बढी छैन। हाम्रो सामु देखापरेको त्रास-धम्की सामान्य अपराध र सडकको लूटपाट तथा हत्या भएको छ तर हामीले यस किसिमको त्रास-धम्कीलाई न्यूनीकरण गर्न प्रयास गर्दैआएका छौं। ब्राजिलका सर्वसाधारण र विदेशी पर्यटकको सुरक्षाको प्रत्याभूति गर्नका लागि हामीले सुरक्षा निकायलाई तालिम दिन र हतियार नवीकरणमा स्तरवृद्धि गर्दैआएका छौं।"

        रेबेलोले भन्नुभए झैं विभिन्न चुनौतीको सामु ब्राजिलले सन् 2014 फिफा विश्व कप शुरु हुनुअगाडि सबै आधारभूत कार्य पूरा गर्न समय चाहिन्छ। रेबेलोले भन्नुभयो

       "विश्व कपको पहिलो प्रतियोगिताअघि सबै आधारभूत कार्य पूर्ण हुनसक्ने आशा हामीले लिएका छौं। हामीले ती चुनौतीप्रति चिन्ता लिएका छैनौं। सन् 2014 फिफा विश्व कप ब्राजिल सुचारु रुपमा आयोजना हुने अपेक्षा हामीले लिएका छौ।"

        विश्व कप फूटबल देशको जमीनमा फर्कने भएको छ। रेबेलो सन् 2014 विश्व कपप्रति आशावादी हुनुहुन्छ। ब्राजिलले उत्कृष्ट विश्व कपको आयोजना गर्ने विश्वास उहाँले लिनुभयो।

        "हामीले उत्कृष्ट विश्व कपको आयोजना गर्ने छौं। किनभने ब्राजिल फूटबल राम्रोसँग विकसित मुलुक हो। ब्राजिल सबै उन्नाईस पटकको विश्व कप प्रतियोगितामा सहभागी भएको एक मात्रै मुलुक हो। ब्राजिल सबैभन्दा बढी पटक विश्व कपको च्याम्पियनशीप जितेको मुलुक पनि हो। ब्राजिलले पाँच पटक च्याम्पियनशीप, दुई पटक दोस्रो स्थान र दुई पटक तेस्रो स्थान जितेको थियो। ब्राजिल विश्वको फूटबल भव्य समारोहमा सबैभन्दा महत्वपूर्ण पक्ष हो। ब्राजिलमा सबैभन्दा महान् फूटबल खेलाडी पेले छन्। साथै ब्राजिलसँग फूटबल इतिहासमा सबैभन्दा बढी गोलहरु गरेका खेलाडी रोनाल्डो छन्। ब्राजिलमा परम्परागत प्रसिद्ध फूटबल क्लबहरु छन्। त्यसैले फूटबलको घरमा फूटबलका लागि सबैभन्दा ठूलो भव्य समारोह आयोजना गरिने छ।"

जानकारी तथा लेखहरु
सुझाउ