फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-आशियान बीच साँस्कृतिक आदान-प्रदान वर्ष सम्बन्धी कार्यक्रम

(GMT+08:00) 2014-04-14 15:07:56

     सन् 2014 चीन-आशियान बीच साँस्कृतिक आदान-प्रदान वर्ष सम्बन्धी कार्यक्रम यसै महिनाको सात तारिखका दिनदेखि चीनको छिङ्ग व्हा विश्वविद्यालयस्थित नयाँ छिङ्ग व्हा प्रतिष्ठानमा औपचारिक रुपमा शुरु भएको छ। चीनका प्रधानमन्त्री ली ख छ्याङ्ग, आशियानका वर्तमान अध्यक्ष मुलुक म्यान्मारका राष्ट्रपति टेन सेइन र चीन-आशियान सम्बन्धको संयोजक मुलुक थाइल्याण्डका प्रधानमन्त्री यिङ्गलाक सिनावात्राले कार्यक्रमको उद्धाटन समारोहलाई शुभकामना संदेश पठाउनुभएको थियो।

     चीनका उप प्रधानमन्त्री लिउ येन तुङ्ग तथा म्यान्मारका उप राष्ट्रपति यु न्येन टुनले संयुक्त रुपमा उद्धाटन समारोहलाई सम्बोधन गर्नुभएको थियो। उद्धाटन समारोहमा चीन र आशियानका विभिन्न मुलुकका कलाकारहरूले उच्च स्तरीय नाचगान प्रस्तुत गरेका थिए। त्यसबाट चीन-आशियान साँस्कृतिक आदान-प्रदान वर्ष पनि आरम्भ गरिएको छ। प्राप्त जानकारी अनुसार, अप्रिल सातदेखि यस वर्षको अन्त्यसम्मको अवधिमा साँस्कृतिक आदान-प्रदान वर्षको प्रारुपभित्र दुवै पक्षले चीन र आशियानका विभिन्न सदस्य मुलुकहरूमा एक सय पचासभन्दा बढी रङ्गीचङ्गी र मनोरञ्जनात्मक साँस्कृतिक आदान-प्रदान गतिबिधि चलाउने छन्। त्यसबाट चीन र आशियानका सदस्य मुलुकहरूका जनता बीचको आपसी सम्झदारीलाई प्रबर्द्धन गरिनुका साथै मैत्रीपूर्ण सहयोगात्मक सामाजिक आधारलाई सुदृढ पार्न सकिनेछ।

     सात तारिख आयोजित उद्धाटन समारोहमा सञ्चालकले सर्वप्रथम प्रधानमन्त्री ली ख छ्याङ्गको शुभकामना संदेश सुनाउनुभयो। प्रधानमन्त्री लीले आफ्नो संदेशमा यसरी भन्नुभयो:

     चीन र आशियान बीच पहाड र खोलानाला जोडिएका छन् भने सँस्कृति पनि मिल्दोजुल्दो रहेको छ। यस वर्ष चीन र आशियान बीच रणनैतिक साझेदारी सम्बन्धको दोस्रो दश वर्षको पहिलो वर्ष नै हो। यस दृष्टिबाट हेर्दा चीन र आशियान बीचको सम्बन्ध नयाँ ऐतिहासिक शुरुवातमा रहिरहेको देखिन्छ। चीन सरकारले आशियानसँगको असल छिमेकीपना मैत्रीपूर्ण सम्बन्ध र आपसी हितयुक्त सहयोगमा उच्च महत्व दिंदैआएको छ। यस पटकको साँस्कृतिक आदान-प्रदान वर्षमार्फत चीन र आशियान बीच मानसिक आवत-जावतको क्रममा हासिल उल्लेखनीय उपलब्धि र दुवै पक्ष बीच साँस्कृतिक र कलात्मक विकासमा प्राप्त राम्रा प्रतिफलबारे सारा विश्वसमक्ष देखाउनुका साथै चीन र आशियानका विभिन्न मुलुकका कलाकार तथा विभिन्न मुलुकका जनता बीचको मैत्रीपूर्ण सहयोगका लागि अझ फराकिलो मञ्चको स्थापना गर्नसकिने चीनको अभिलाषा हो।

     चीनका उप प्रधानमन्त्री लिउ येन तुङ्गले उद्धाटन समारोहलाई सम्बोधन गर्दै साँस्कृतिक आदान-प्रदान नै आपसी मित्रतालाई सुदृढ पारिने आधार हो भन्ने कुरा औंल्याउनुभयो। उहाँ यसरी भन्नुहुन्छ:

     चीन र आशियान बीच रणनैतिक साझेदारी सम्बन्धको दोस्रो दश वर्षको पहिलो वर्षको आरम्भमा हामीले संयुक्त रुपमा साँस्कृतिक सम्झौता-वार्ताको तरिका छानेर दुवै पक्ष बीचको मैत्रीपूर्ण सम्बन्धको नयाँ यात्राको आरम्भ गरेका छौं। त्यो भरिपूर्ण रणनैतिक अर्थ रहेको एक कदम हो। आशियानसँगै मिलेर सँस्कृतिमार्फत मानसिक आदान-प्रदानलाई गहन पार्नुका साथै जनता र देश बीचको सम्बन्धलाई अझ नजिक पार्दैजान चीन इच्छुक रहेको छ। हामीले हातमा हात मिलाएर चीन-आशियान मैत्रीपूर्ण सम्बन्धको सुमधुर भविष्यको सिर्जना गरौंला!

     उद्धाटन समारोहमा सहभागी हुनुभएका म्यान्मारका उप राष्ट्रपति यु न्येन टुनले पनि सम्बोधन गर्नुभएको थियो। उहाँका अनुसार, चीन-आशियान साँस्कृतिक आदान-प्रदान वर्षको आयोजना गर्नु दुवै पक्षका नेताहरू बीच सम्पन्न महत्वपूर्ण मतैक्यता नै हो। वर्तमान अध्यक्ष मुलुकको हैसियतले यस गतिबिधिका लागि अधिकांश योगदान गरेकोमा म्यान्मारले चीनको निकै प्रशंसा गरेको छ। अब उपरान्त चीन र आशियान बीचको मानसिक आदान-प्रदानलाई झन् घनिष्ट पार्नका लागि अझ बढी योगदान गर्न चीनसँग प्रयास गर्दैजान म्यान्मारले मनसाय लिएको छ। उहाँ यसरी भन्नुहुन्छ:

     हामीले सक्रियताका साथ सँस्कृति, मिडिया र विद्यार्थी बीचको आदान-प्रदानमार्फत चीन र आशियान विशेषत: युवा-युवती बीचको सामाजिक र साँस्कृतिक आदान-प्रदान तथा सहयोगलाई सबल पार्दैजानेछौं।

     उद्धाटन समारोहमा चीन र आशियानका विभिन्न मुलुकका साना मितेरी दूतहरूले "विश्वमा भरिपूर्ण शान्ति फैलाऔं" शीर्षकको सुमधुर गीतद्बारा कार्यक्रमको आरम्भ गरेका थिए। त्यसपछि विभिन्न मुलुकका कलाकारहरूले आ-आफ्नो देशका विशेषतायुक्त र परम्परागत नाचगानमार्फत उच्चस्तरीय अभिनय गरेका थिए।

     कलाकारहरूको उच्च स्तरीय प्रदर्शनको तत्स्थानका दर्शकहरूले उत्साहजनक ताली बजाएका थिए। उनीहरूका अनुसार, त्यस्तो मनोरञ्जनात्मक अभिनयद्बारा दक्षिण-पूर्वी एशियाको रङ्गीचङ्गी सँस्कृतिको अनुभव गर्न सकेका छन्। छिङ्ग व्हा विश्वविद्यालयमा अध्ययनरत् इन्डोनेसियाका विद्यार्थी एर्यान रामा दाहानी गदगद हुँदै भन्छन्:

     आजको अभिनय साह्रै रोचक र उच्चस्तरीय भएजस्तो मलाई लाग्छ। मेरो विचारमा साँस्कृतिक आदान-प्रदान वर्ष चीन र हाम्रो दक्षिण-पूर्वी एशियाका विभिन्न मुलुकका लागि ज्यादै महत्वपूर्ण अर्थ रहेको छ। विशेषगरी दुवै पक्षका जनता बीचको आवत-जावतका लागि साँस्कृतिक आदान-प्रदान झनै महत्वपूर्ण छ। दुवै पक्ष बीचको    मैत्रीपूर्ण भावना उच्च तहको मतैक्यमा प्रतिबिम्बित गरिएको मात्र नभई सामान्य जनता बीचको आवत-जावतमा पनि व्यवहारमा पनि उतार्न सकिनेछ। आपसी समझदारी सबल हुने आधारमा चीन र आशियान बीचको मैत्रीपूर्ण सहयोगको अझ उज्ज्वल भविष्य हुनसक्ने भन्ने मेरो आशा हो।

जानकारी तथा लेखहरु
सुझाउ