फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ दर्शकका लागि ला लिगाको प्रतियोगिता समयमा परिवर्तन

(GMT+08:00) 2014-04-30 14:23:57

         हालका केही वर्षदेखि खेलकुद बजार अझै बढी चिनियाँ उद्योग-व्यवसायको प्रचार-प्रसार हुने एक महत्वपूर्ण उपाय बनेको छ र केही उद्योग-व्यवसायको वैदेशिक बजार पाउने एक प्रभावकारी मार्ग पनि बनेको छ। हाल विश्वको ए श्रेणीको फुटबल लीग प्रतियोगिता-स्पेनिश प्रिमियरा लिगाले चीनको सम्बन्धित पक्षसँग सम्झौता पत्रमा हस्ताक्षर गरिसकेको छ भने फुटबलमार्फत् चिनियाँ उद्योग-व्यवसायलाई ट्रेड मार्का प्रचार-प्रसार गर्न सघाउ पुर्‍याउने निर्णय गरेको छ।

         ला लिगाबारे चर्चा गर्दा धेरै फ्यानहरु अवश्य नै गदगद् हुनेछन्। यसै अप्रिल महिनाको नौ तारिख ला लिगाले चिनियाँ अन्तर्राष्ट्रिय व्यापार संघअन्तर्गत अन्तर्राष्ट्रिय ट्रेड मार्का व्यवस्थापन केन्द्रसँग रणनैतिक सहयोग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। ला लिगाले "विदेश जाने" चिनियाँ उद्योग-व्यवसायलाई चौतारो उपलब्ध गराउने तथा फुटबलमार्फत् चिनियाँ ट्रेड मार्काको विश्वव्यापी स्तम्भ खडा गर्ने छ।

         चीनका लागि स्पेनका राजदूत मानुएल मारिया भ्यालेन्सिया अलुङसोले फुटबल चिनियाँ उद्योग-व्यवसायलाई अन्तर्राष्ट्रिय मञ्चतर्फ लम्काउने दिशामा निकै हितकर हुने कुरा व्यक्त गर्नुभयो

        "खेलकुद एक्लोपन होइन, यो क्षेत्रीय आर्थिक विकास र उद्योग-व्यवसायको विकाससित घनिष्ठ रुपमा सम्बन्धित रहन्छ। ला लिगाले चिनियाँ उद्योग-व्यवसाय "विदेश जान"का लागि चौतारो खडा गर्ने छ। ला लिगा यसको अन्तर्राष्ट्रिय प्रसिद्ध ट्रेड मार्काले चिनियाँ उद्योग-व्यवसायको अन्तर्राष्ट्रिय नाम कार्ड खडा गर्ने छ।"

         ला लिगाका अध्यक्ष जेभियर टेबासले बताउनुभएअनुसार, ला लिगाले चीनको बजारमा महत्व दिएको, छ भने प्रतियोगिताको समयलाई परिवर्तन गरेर स्थानीय समय दिउँसो चार बजे र मध्यान्ह बाह्र बजे अर्थात् पैचिंग समय अनुसार बेलुकी दश बजे र बेलुकी छ बजेलाई तय गरेको छ। यसबाट चिनियाँ दर्शकलाई ला लिगाको प्रतियोगिता हेर्न सुविधा हुने छ। ला लिगाले चिनियाँ उद्योग-व्यवसायसँग सहयोग आदानप्रदान गर्नुको कारण चीनको अर्थतन्त्र र चिनियाँ उद्योग-व्यवसायको भावी विकासप्रति आशावादी भएकोले गर्दा नै हो।

        "पहिलो, चीनको बजारका उपभोक्ताहरुको संख्या धेरै छ। चीन एक अर्ब तीस करोड जनसंख्या रहेको मुलुक हो। चीनमा फुटबलका प्रेमीहरु र उपभोक्ताहरुको संख्या धेरै छ। दोस्रो, चिनियाँ उद्योग-व्यवसायहरु विश्वव्यापीकरणतर्फ लम्किरहेका छन्। धेरै उद्योग-व्यवसायहरु विश्वको प्रसिद्ध अन्तर्देशीय कम्पनी बन्दैआएका छन्। केही उद्योग-व्यवसायहरु प्रसिद्ध अन्तर्देशीय कम्पनी बनिसकेका छन्। त्यसैले हामीले ती चिनियाँ उद्योग-व्यवसायहरुसँग घनिष्ठ सम्पर्क गर्नुपर्ने छ। तेस्रो, हामीले खास गरी चिनियाँ दर्शकहरुलाई प्रतियोगिता समय परिवर्तन गरेका छौं। हामीले अरु बजारलाई पनि हेरेर प्रतियोगिता समय परिवर्तन गर्ने छौं। सबै फुटबल प्रेमीहरुले चौबीस घण्टाभित्र फुर्सदमा ला लिगाको रिले प्रसारण हेर्ने आशा हामीले लिएका छौं।"

         वास्तवमा खेलकुद मार्केटिङ प्रचार-प्रसारका लागि एक किसिमको नयाँ उपाय होइन। ओलम्पिक खेलकुद, विश्व कप, विम्बल्डन च्याम्पियनशिप लगायतका खेलकुद कार्यक्रमहरु विश्वका प्रसिद्ध ट्रेड-मार्काहरुको प्रचार-प्रसार चौतारो भएका छन्। खेलकुद मार्केटिङ विशेषज्ञ एवम् वै निङ सञ्चार कम्पनीका प्रमुख कार्यकारी अधिकृत चि निङले पुरुषसम्बन्धी उत्पादित-वस्तुले खेलकुद मार्केटिङ चौतारोको प्रयोग गर्नसक्ने प्रस्ताव प्रस्तुत गर्नुभयो।

        "उत्पादित-वस्तु विश्वसित सम्बन्धित रहनुपर्छ। जस्तै भनौं बैकिङ उत्पादित-वस्तुलाई विश्वसित जोड्नसकिन्छ। पर्यटन पनि विश्वसित जोड्नसकिन्छ। पैचिंग र ह पै प्रान्तको च्याङ च्या खौले हिउँदकालीन ओलम्पिक खेलकुदको आयोजना गर्न आवेदन दिएका छन्। खेलुकदसम्बन्धी नयाँ पर्यटन लाइन उत्पन्न हुने छ। यसका साथै होटेल सेवा पनि प्रचार-प्रसार गर्नुपर्छ। गाडी भाडा लिने सेवा, इन्टर्नेट उत्पादित-वस्तुको पनि प्रचार-प्रसार गर्नसकिन्छ।"

         विशेषज्ञकाअनुसार, चिनियाँ उद्योग-व्यवसायको अन्तर्राष्ट्रियकरण रणनीतिले "विदेशमा हेर्ने, हिँड्ने, मोडलिङ"बाट बदलेर स्थानीय वातावरणमा कसरी मिलाउने, वास्तविकतासित अनुकूल हुने प्रचार-प्रसार रणनीतिको कसरी तर्जुमा गर्ने कुरामाथि ध्यान दिनुपर्ने छ।

जानकारी तथा लेखहरु
सुझाउ