फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तीन समानान्तर नदीको परिचय

(GMT+08:00) 2014-04-17 14:21:10

         तीन समानान्तर नदी भनेको चिन शा नदी, लाङ छाङ नदी, नु नदी यी छिङ हाइ-तिब्बत पठारबाट आएका तीन नदी युननान प्रान्तभित्र उत्तरदेखि दक्षिणसम्म एक सय सत्तरी किलोमिटरभन्दा समानान्तर दुरीमा बगेर तान तान लि खा पहाड, काउ लि कुङ पहाड, नु पहाड, युनलिङ पहाड आदि पहाडबीच पार गरी विश्वमा दुर्लभ देखिएको "समानान्तर नदी" को चमत्कारपूर्ण प्राकृतिक दृश्य स्थापित गराएका छन्। तीमध्ये लाङ छाङ नदी र चिन शा नदीबीच सबभन्दा छोटो दुरी 66 किलोमिटर मात्रै छ र लाङ छाङ नदी र नु नदीबीचको सबभन्दा छोटो दुरी उन्नाइस किलोमिटर मात्रै छ।

        तीन समानान्तर नदी दृश्य चार करोड वर्षअगाडि सिर्जना भएका हुन् र भारतीय उपमहाद्वीप र युरेसियन महाद्वीपीय प्लेट ठोक्किएको थियो। त्यहाँ विश्वमा सबभन्दा प्रशस्त भौगोलिक संग्रहालय पनि रहेको छ।

        तीन समानान्तर नदी दृश्य क्षेत्रमा अग्ला पहाड, हिम चुचुरो र नदी, पठार सिमसार, वनस्पति, ताजा पानी ताल, दुर्लभ जनावर, मूल्यवान वन आदि चमत्कारका दृश्य देख्नपाइन्छ। सो क्षेत्रमा पाँच हजार मिटरभन्दा अग्लो हिमाली पहाडको शृङ्खला एक सय अठार पुगेको छ। छ हजार सात सय चालीस मिटर अग्लो मैली हिमाली पहाडको मुख्य चुचुरो खावागबो चुचुरोमा दश हजार वर्षदेखिको हिमनदी ढाकेको छ। क्रिस्टल जस्तो हिमनदी चुचुरादेखि दुई हजार सात सय मिटर अग्लो मिङ युङ गाउँ वनस्पति क्षेत्रसम्म जन्मेको छ र हाल विश्वमा सबभन्दा शान्दार तथा दुर्लभ होचो हिमक्षेत्र मानिन्छ। हजारौँ वर्षदेखि तिब्बती जातीय मानिसले मैली हिमाली पहाडलाई पवित्र पहाडको रुपमा मानिरहेका छन्। लिच्याङ नदीको लाउ च्युन पहाडमा चीनको सबभन्दा ठूलो र सबभन्दा सम्पूर्ण भौगोलिक चमत्कार रहेको छ।

        तीन समानान्तर नदी दृश्य क्षेत्रलाई "विश्व जैविक जीन बैङ्क" मानिन्छ। तीन समानान्तर नदी दृश्य क्षेत्रमा चौथाई हिमक्षेत्र महाद्वीप हिमनदीबाट ढाकेका कारण सो क्षेत्रमा पर्वतमाला उत्तर-दक्षिणतिर परेकाले युरेशियामा सबभन्दा पर्याप्त जैबिक विविधता रहेको क्षेत्र भएको । त्यहाँ छ हजारभन्दा बढी किसिमका उन्नत बोट-बिरुवा छ, चीनका कूल क्षेत्रफलको 0.4 प्रतिशत मात्रै पुगे पनि चीनका बीस प्रतिशतभन्दा बढी उन्नत बोट-विरुवा र पचीस प्रतिशतको जनावर जातको संख्या पुगेको छ। हाल सो क्षेत्रमा हरिण, हिमचितुवा, बाघलगायत 77 किसिमका राष्ट्रिय संरक्षण जनावर र महत्वपूर्ण वनस्पत्ति लगायत 34 किसिमका राष्ट्रिय संरक्षण वनस्पति रहेका छन्। साथै त्यहाँ एक सय 73 किसिमका स्तनधारी जीव, चार सय सत्र किसिमका चरा, 59 किसिमका शरिसृप, 36 किसिमका उभयचर, 76 किसिमका ताजा पानीमा बस्ने माछा र एकतीस किसिमका पुतलीहरु रहेका छन्। तर यी जीवको कूल संख्या चीनको कूल संख्याको पचीस प्रतिशतभन्दा बढी पुगेको छ। यो चीनको मात्र नभई विश्वकै अद्वित्तीय दृश्य हो।

        सो क्षेत्रमा सोह्र वटा जाति बसोबास गर्छन्। त्यसैले विश्वमा दुर्लभ देखिएको बहु-जाति, बहु-भाषा, बहु-धर्म र बहु-चालचलन सँगै मिलेको क्षेत्र पनि हो। लामो समययता "तीन समानान्तर नदी दृश्य क्षेत्र" नै वैज्ञानिक, खोजकर्ता, पर्यटकको लागि निकै आकर्षिक क्षेत्र भइरहेको छ। उनीहरुले सो क्षेत्रको ठूलो वैज्ञानिक मूल्य, कलात्मक दृश्य, अल्पसंख्यक जातीय विशेष संस्कृतिमाथि उच्च मूल्यङ्कन गरेका छन्। सन् 2003 को जुन महिनामा संयुक्त राष्ट्र संघीय विश्व सम्पदा समितिले "तीन समानान्तर नदी दृश्य क्षेत्र"लाई "विश्व सम्पदा सूचि"मा राखेको थियो।

जानकारी तथा लेखहरु
सुझाउ