फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विजुलीरहित "छापा संग्रहालय"—दग सुत्र मुद्रण घर

(GMT+08:00) 2014-04-28 15:16:36

         मुद्रणकला चीनको पूराना कालका चार महान आविष्कारहरुमध्येको एक हो। परम्परागत काठको ब्लकबाट हुने मुद्रण प्रविधि वर्तमान कम्प्युटर इन्टर्नेट युगमा देख्नपाइन्दैन तर छिङ हाइ-तिब्बत पठारको दक्षिण-पूर्वी सीमा क्षेत्रमा पर्ने स छ्वान कान च तिब्बत जातीय स्वायत्त प्रिफेक्चरको दग सुत्र मुद्रण घरमा परम्परागत काठको ब्लकद्वारा हुने मुद्रण प्रविधिको प्रयोग देख्न पाइन्छ।

        दग नै खाङ पा तिब्बती क्षेत्रको सांस्कृतिक केन्द्र हो। दग सुत्र मुद्रण घर र तिब्बत ल्हासा मुद्रण, कान सु लाब्राङ्ग सुत्र मुद्रण घरलाई तिब्बतका तीनटा मुख्य सुत्र मुद्रण घर मानिन्छ। तीमध्ये दग सुत्र मुद्रण घर नै सबभन्दा बढी किसिमका तिब्बती सांस्कृतिक पुस्तक, सबभन्दा उच्च मुद्रण गुणस्तर भएको रुपमा यी तीनटा मुख्य सुत्र मुद्रण घरको प्रथम स्थानमा बसेको छ। दग सुत्र मुद्रण घरको तिब्बती शास्त्री च अर दो जिले जानकारी दिनुहुन्छ

        सुत्र मुद्रण घरको मुद्रण प्रक्रियाको इतिहास 2 सय 84 वर्ष भइसक्यो। त्यसअघि दग काठको ब्लकबाट मुद्रण प्रविधि लगभग दुई सय वर्षको इतिहास भइसक्यो। त्यसैले सम्पूर्ण दग काठको ब्लकबाट हुने मुद्रणको इतिहास लगभग पाँच सय वर्षको भइसक्यो।

         दग सुत्र मुद्रण प्लेटको लामो इतिहास छ साथै प्लेट बनाउने प्रक्रिया पनि निकै परिष्कृत छ र परम्परागत कला र प्रक्रियाको प्रयोग गरिरहेको छ। च अर दो जिले भन्नुहुन्छ

         दग सुत्र मुद्रण घर स्थापना भएयता सुत्र मुद्रण प्रक्रिया यस प्रकार छन्: पहिलो, मुद्रण प्लेट उत्पादन, दोस्रो, मुद्रण प्लेट कुँद्‍नु, तेस्रो, मुद्रण प्लेट चेक र अन्तमा मुद्रण प्लेट राख्नु हो।

         दग सुत्र मुद्रण घरमा प्रयोग गरिएको मुद्रण प्लेट रातो सरुउबाट बनाइएको हो। सानो आगोमा सुक्खा पारेर केही महिनासम्म गोबरको खाल्डोमा राखिन्छ। त्यसपछि निकालेर पानीमा उमालिन्छ अनि सुक्खा बनाइन्छ। अन्तमा कुँदिन्छ। कुँद्ने कर्मचारीको कडा जाँच गरी छान्नुपर्छ कुशल प्रविधि हुनुका साथै राम्रो तिब्बती भाषा र पेन्टिङ आधार पनि चाहिन्छ। राम्रोसँग कुँद्नका लागि हरेक कर्मचारीले प्रतिदिन एक इन्चको मुद्रण प्लेट मात्र कुँद्नसक्ने मुद्रण घरको नियम छ।

         कुशल प्रविधि र निहिनेती दग सुत्र मुद्रण घरका कर्मचारीले राम्रो आय पाउँछन्। मुद्रण घर स्थापना भएको सुरुमा मुद्रण प्लेट कुँद्ने कर्मचारीको आयलाई सुनको रुपमा दिइन्थ्यो।

         कुँदिएको मुद्रण प्लेटलाई बाह्र पटकको कडा परीक्षण गरिन्छ। त्यसपछि नौनीमा एक दिनसम्म राखेर फेरि सुक्खा गरिन्छ। अनि "सु पा" नामक एक किसिमको जटिबुटिबाट उम्लिएको पानीलाई प्लेटमा पेटिङ्ग गरिन्छ जसबाट किरा प्रतिरोध गर्नसकिन्छ। यत्रो जटिल तथा कडा प्रक्रियाबाट बनाइएको दग सुत्र मुद्रण प्लेट सयौँ वर्षसम्म राख्न सकिन्छ।

        मुद्रण प्लेट बनाइएपछि दोस्रो तलामा पर्ने सुत्र कोठामा राखिन्छ। किनभने मुद्रण घर काठबाट निर्माण भएको हो साथै धेरै काठबाट बनाइएको सुत्र प्लेट राखिन्छ। त्यसैले हालसम्म मुद्रण घरमा विजुली बत्ति छैन। मुद्रण कर्मचारीले झ्यालबाट आएको प्राकृतिक प्रकाशमार्फत काम गर्छन्। मुद्रण घरमा उज्यालो छैन तर पोटरले सिपालु रुपमा 3.2 लाख वटा प्लेटमा चाहिने प्लेट खोज्न सकिन्छ।

        सन् 2009 मा दग सुत्र मुद्रण घरको परम्परागत कुँद्ने र मुद्रण गर्ने कला तथा प्रक्रियालाई संयुक्त राष्ट्र संघीय "मानव जातिको अमूर्त सम्पदाको प्रतिनिधि सूचि"मा राखिन्थ्यो। हाल दग सुत्र मुद्रण घरले "विश्व सांस्कृतिक सम्पदा सूचि"मा प्रवेश हुन आवेदन गरेको छ र वैकल्पिक सूचिमा राखिसकेको थियो।

         दग सुत्र मुद्रण घर प्रशस्त तिब्बती पुस्तक, थुप्रै किसिम, विभिन्न सम्प्रदायका पुस्तक राखिएको रुपमा विश्वव्यापी नामी छन्। त्यहाँ आठ सय तीस वटा पुरानो तिब्बती पुस्तक राखिन्छ तीमध्ये सत्तरी प्रतिशत तिब्बती बुद्ध धर्मसम्बन्धी छन् र तिब्बती जातिको इतिहास, राजनीति, अर्थतन्त्र, धर्म, चिकित्सा आदि क्षेत्र समावेश छन्। साथै विश्वमा अहिले पनि केही प्रतिहरु रहेका छन् जस्तो भनौँ तीन सय वर्षको इतिहास भएको संस्कृत, नेपाली, तिब्बती भाषामा लेखिएको "पान रो बा छ्येन सुङ"। विश्वमा यो एक मात्रै पुस्तक हो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गत दग जिल्ला शाखाको प्रचार-प्रसार विभागका स्थायी उप-प्रमुख ऊ च वनले जानकारी दिनुहुन्छ

       हाल हामीले राखेको सबभन्दा मूल्यवान पुरातात्विक वस्तु "पान रो बा छ्येन सुङ" हो। बुद्ध धर्मको स्रोतसम्बन्धी "भारत बुद्ध धर्मको स्रोत" पनि छ। पनि विश्वमा एक मात्रै हो।

        यी तिब्बती पुस्तकको राम्रोसँग संरक्षण गर्न र खाङ पा संस्कृतिको संरक्षण तथा उत्तराधिकार गर्नका लागि गत अगष्ट महिनामा कान च खाङ पा संस्कृति अध्ययन केन्द्रले सम्बन्धित कार्यक्रम आयोजना गरेको थियो। तीमध्ये दग डिजिटल सुत्र मुद्रण घरले आधुनिक प्रविधि लिएर पुरानो पुस्तकलाई डिजिटल रुपमा विकास गरी राखेकोछ।

         आधुनिक प्रविधिबाट सुत्रको मुद्रण गर्न धेरै सुविधा पारिएको छ तर दक्षिण-पश्चिमी राष्ट्र विश्वविद्यालयका विशेषज्ञ कन छ्यु दङ चको विचारमा दग सुत्र मुद्रण घरको मुद्रणका लागि हस्त प्रविधि प्रयोग गर्नु नै राम्रोछ नत्र परम्परागत हस्तकला हराएर जाने डर हुन्छ।–आवाज पाँच

         लोक सामान सधैँ नै लोक सामान हो। त्यस्को आफ्नो हस्तकला मूल्य छ, पुरातात्विक वस्तुको मूल्य छ, सांस्कृतिक मूल्य पनि छ। मशिनले बनाएको त त्यति मूल्य छैन। मेरो प्रस्ताव हो: यदि धेरै मुद्रण गरेमा हस्त मुद्रण गर्नुपर्छ। परम्परा कायम राख्नुपर्छ नि।

         उदारता नै दग सुत्र मुद्रण घरको सबभन्दा ठूलो विशेषता हो। त्यहाँ सम्प्रदायको भिन्ना छैन, यसरी नै हरेक सम्प्रदायको पुस्तक र तिब्बती क्षेत्रमा पाँच सम्प्रदायबीच मेलमिलापलाई बढाएको छ। जसबाट तिब्बतमा दग सुत्र मुद्रण घरको उच्च स्थान लिएको छ साथै त्यसको दिगो विकासका लागि सुदृढ आधार पनि बनाएको छ।

         दग सुत्र मुद्रण घर एक मुद्रण घर मात्रै होइन तर एउटा मुद्रण संग्रहालय र सांस्कृतिक धनसम्पत्ति पनि हो।

जानकारी तथा लेखहरु
सुझाउ