फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तीन बुढा साइकल यात्रीको रोचक तिब्बत यात्रा

(GMT+08:00) 2014-04-29 14:21:56

        तिब्बत धेरैले अवलोकन गर्न मन पराएको ठाउँ हो। कोही विमानबाट त्यहाँ पुग्छन् भने कोही रेलवेबाट पुग्छन्। अनि कोही आफैँ गाडी चलाएर पुग्छन्। तर तिब्बत घुम्ने यस्ता तीनजना बूढा छन्,उनीहरुको ‌औसत उमेर साठ्ठीभन्दा माथि छ। उनीहरुले सेवाबाट सन्यास लिएपछिको आनन्द जीवन बिताउनु पर्ने हो तर स छ्वान-तिब्बत राजमार्गबाट साइकल चढेर तिब्बत जाने निर्णय उनीहरुले गरे। उनीहरुले किन यस्तो निर्णय गरे? अनि बाटोमा केकस्तो समस्या देखियो त आजको कार्यक्रममा हामी यस विषयमा चर्चा गर्दैछौँ।

        बीस दिनको तयारी गरेपछि उनीहरुको साइकल यात्रा सुरु भयो। छङ तुदेखि ल्हासासम्मको दुई हजार किलोमिटरभन्दा लामो बाटोका लागि उनीहरुले पचीस दिनमा यात्रा समाप्त गर्ने निर्णय गरे। स छ्वान-तिब्बत राजमार्गमध्यको 318 नं भाग नै छङ तुङबाट ल्हासा पुग्न जानुपर्ने बाटो हो र यसलाई चीनको सबभन्दा सुन्दर राजमार्गको रुपमा मुल्याङ्कन गरिन्छ साथै धेरै साइकल चढ्न मन पराउने व्यक्तिका लागि उत्कृष्ट राजमार्ग पनि हो। बाटोमै विशाल तथा सुन्दर दृश्यले मानिसलाई प्रेरणा दिन्छ तर बाटोको जटिल अवस्थाले ठूलो चुनौति पनि दिन्छ। एकदम लामो बाटो, उच्च समुद्र सतहमा लगातार रुपमा यात्रा गर्नुपर्छ, पहाडी बाटोमा चढ्नुपर्छ, खराब मौसम, यत्रा चुनौतिहरु यी बूढाले सामना गर्नसक्छन् त?

         हिजो हामीले 4 हजार 2 सय 98 मिटर अग्लो चतो पहाड चढ्यौँ। आज 4 हजार 4 सय मिटरको काउ अर स पहाड चढ्छौँ।

         यो भनाइ फाङ खोन युआनको हो। साइकल टोलीमा सबभन्दा बूढो सदस्य फाङ खोन युआन हुन्। अहिले 64 वर्षका उमेर पुगेका फाङ खोन युआनले चार वर्षको साइकल यात्राको अनुभव लिए तर पठारमा यत्रो दूरीसम्म चढेको यो पहिलो पटक हो। अघि त उनले सबभन्दा बढीमा लगातार पाँच छ दिनसम्म चढे। टोली गठन हुँदा तीन सदस्य मात्रै थिए। छङ तु छोडेको पहिलो दिनमा चौथो सदस्य थपिए। छ दिनसम्म चढेर टोली छङ तुभन्दा पाँच सय किलोमिटर टाढाको या च्याङ जिल्लामा पुग्यो र "साइकल साथीको घर"मा बस्यो। त्यहाँ विशिष्ट तिब्बती शैलीको होस्टेल छ। तीन तले होस्टेलमा जम्मा गरी दशौँ साइकल यात्रीलाई खान-पिउन र बस्न उपलब्ध गराइन्छ। होस्टेलको पहिलो तला साइकल पार्किङ स्थलको रुपमा बनाइएको छ। तीस वर्गमिटरभन्दा ठूलो क्षेत्रमा विभिन्न साइकल पार्किङ हुन्छ। हलको पर्खाल ग्राफिटी पर्खालले बनेको छ। यात्रीले आ-आफ्नो भावना, इच्छा आदि त्यसमा लेख्छन् र रंग लगाउँछन्। जस्तो भनौँ त्यसमा पेन्टिङ गरिएको "साइकल लिएर हिड्न नहुने" । "साइकल लिएर हिड्न नहुने"बाट साइकल यात्रीको आत्मविश्वास र दृढता देखिन्छ। तर वास्तवमा चार पाँच हजार मिटर अग्ला पठारमा लगातार रुपमा चढ्नुपर्ने नं 318 राजमार्गको लागि "साइकल लिएर हिड्न नहुने" लाई व्यवहारमा उत्तार्न गाह्रो छ।

           सधैँ नै चढ्नु नै पनि हुँदैन। साइकल लिएर हिड्नु पनि हुन्छ। किनभने यदि बाटोमै गाडी धेरै भयो भने साइकल चढ्नु नै जोखिम छ।

          यो भनाइ चाहिँ येन च्येन सिनको हो। 61 वर्षको उमेर पुगेका येन च्येन सिन यो साइकल यात्रा कार्यक्रमको आयोजक हुन् साथै टोलीको प्रमुख पनि हुन्। वास्तविक अवस्था हेरी उचित छनौट लिएर सुरक्षित रुपमा ल्हासा पुग्ने उनको लक्ष्य रहेको छ। टोलीको प्रमुख भएपनि साइकल यात्राको अनुभव एक वर्षभन्दा कमको छ। त्यसैले उनले चुनौति स्वीकार गर्दै यो साइकल यात्रा तयारी गरे।

          हरेक व्यक्तिका लागि आफ्नो सपना हुन्छ र आफूलाई चुनौति लिन पनि मन लागेको हुन्छ। हामी सबै साठ्ठी वर्षमाथिका बूढा भयौँ। यदि अहिले साइकल यात्रा नगरेमा पछि त अझै बूढो भएर गर्न झन गाह्रो छ।

         तर फाङ खोन युआनको विचार अलि फरक छ। फाङ खोन युआनको विचारमा बाटोमा सुन्दर दृश्यको अवलोकन गर्नु नै उनको परम लक्ष्य रहेको छ।

         हाम्रो लक्ष्य सामान्य छ साइकल चढेर स छ्वान-तिब्बत राजमार्गको दृश्य अवलोकन गरेको मात्रै हो।

         नं 318 राजमार्गमा साइकल यात्रा गर्न अत्यन्तै गाह्रो हुन्छ तर टोलीका हरेक सदस्यले पर्याप्त तयारी गरेका थिए। यात्रा सुरु हुनुअघि उनीहरुले इन्टरनेटमा अरुको अनुभव सिकेर पूरै लक्ष्यलाई विभिन्न भागमा बाँडेर लक्ष्य निर्धारण गरेका थिए। यसले गर्दा व्यवहारमा उत्तार्नका लागि उनीहरुलाई सजिलो पनि भयो।

         तर चुनौतिबारे चर्चा गर्दै स छ्वानमा पिरो कुरा खाने चलन क्वाङ तुङबाट आएका सदस्यहरुको लागि सबभन्दा ठूलो चुनौति भयो।

         अलि अनुकूल रहेन जस्तौ भनौँ पिरो कुरा। कहिलेकाहीँ मेन्यु अडर गर्दा पिरो नहाल्न सम्झना गर्न बिर्स्यौँ त्यसैले पिरो कुरा खान भ्याउँदैन।

         खाने-पिउने कुरामा धेरै अनुकूल रहेन तर यात्रामा पनि धेरै आश्चर्य छन्। बाटोमा भेटेका अरु साइकल यात्री र पर्यटकले उनीहरुसँग फोटो खिज्न धेरै मन पराए। त्यसबाट बूढाहरुलाई धेरै गौरव लाग्यो।

         पहिलो दिन हामीले अरलाङ पहाड चढ्दा धेरै पर्यटकले हामीसँग फोटो खिचाए। उनीहरुले भने साठ्ठी वर्षभन्दा बूढो मान्छेले यस्तो साइकल यात्रा गरेको त निकै अचम्मलाग्दो छ।

        यस स छ्वान-तिब्बत साइकल यात्राको सबभन्दा ठूलो उपलब्धिबारे चर्चा गर्दै टोलीका प्रमुख येन च्येन सिनले आफूले ठूलो चुनौति जितेको विचार लिए।

       यो साइकल यात्रा हाम्रो जीवनको एउटा ठूलो चुनौति हो। जीवनभरि पनि हामी यसलाई बिर्सन सक्दैनौँ।

       स छ्वान-तिब्बत साइकल यात्रा समाप्त भएपछि ये च्येन सिनले नयाँ चुनौति सामना गर्न मन लागेको छ। उनी सि आन-छिङ हाइ रेशम मार्गको साइकल यात्रा गर्ने तयारी गर्दैछन्। उनीहरुको यो नयाँ चुनौति पनि सफल बनोस्। हामी शुभकामना दिन्छौँ।

जानकारी तथा लेखहरु
सुझाउ