फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स छ्वान पान्डा वास्थानको परिचय

(GMT+08:00) 2014-04-28 15:18:56

        स छ्वान पान्डा बासस्थान चीनको स छ्वान प्रान्तमा पर्दछ। व लुङ, स कु न्याङ पहाड र च्या चिन पर्वतमाला क्षेत्रहरुमा यी समावेश छन्। कूल क्षेत्रफल 9 हजार 2 सय 45 वर्ग किलोमिटर रहेको स छ्वान पान्डा बासस्थान छङ तु शहर, या आन शहर, आबा तिब्ब्ती जाति तथा छ्याङ जातीय स्वायत्त प्रिफेक्चर, कान्च तिब्बती जातीय प्रिफेक्चर यी चार क्षेत्रका बाह्रवटा जिल्लाबाट पार हुन्छ।

       स छ्वान पान्डा वास्थान "संरक्षण अन्तर्राष्ट्रिय"(CI)ले विश्वव्यापी छानेको पचीसवटा जैविक विविधता हटस्पट मध्येको एक हो। यसलाई एउटा "जीवित संग्रहालय" पनि भन्न सकिन्छ। त्यहाँ दश हजारभन्दा बढी प्रकारका वनस्पति पाइन्छ। साथै पान्डा, राइनोपिथेकस, बुडोकास ट्याक्सकोलोर आदि विशेष दुर्भल प्रजाति पनि पायन्छ।

         पान्डाको जन्मथलो व लुङ प्राकृतिक संरक्षण क्षेत्र आबा तिब्बती जाति र छ्याङ जातीय स्वायत्त प्रिफेक्चरको वन छ्वान जिल्लाभित्र पर्छ। आकाशबाट हेर्दा एउटा ड्रागन पहाडमा लम्पसार जस्तो देखिन्छ त्यसैले सुतेको ड्रागन अथवा व लुङ भनिन्छ। व लुङ प्राकृतिक संरक्षण क्षेत्र उच्च उचाइमा रहेको र आद्र भएकोले यो क्षेत्र पाण्डाका लागि उत्कृष्ट मानिन्छ। त्यसैले व लुङ क्षेत्र नै पान्डा बाँच्ने र सन्तान वृद्धि गर्ने उपयुक्त क्षेत्र भएको छ। व लुङ विश्वमा "पान्डाको जन्मथलो", "मूल्यवान जैविक जीन बैङ्क", "प्राकृतिक जिडियाघर र वनस्पति बगैचा" को रुपमा चर्चित भएको छ।

         स कु न्याङ पहाड स्याउ चिन जिल्ला र वन छ्वान जिल्ला जोडिएको क्षेत्रमा पर्दछ र स्थानीय तिब्बतीको किम्बदन्ती अनुसार, चार सुन्दरीबाट बनेकोले चार केटी पहाड अथवा स कु न्याङ पहाडको नाम दिइएको छ। प्रशस्त वनस्पति, घाँस, खोला रहेको र सुन्दर दक्षिणी युरोपजस्तो दृश्य देखिएकोले त्यसलाई "चीनको आल्प्स"पनि भनिन्छ।

         च्या चिन पहाड स्याउ चिन जिल्लाको दक्षिणी भागमा पर्दछ। समुद्र सतह 4 हजार 1 सय 14 मिटरमा रहेको च्या चिन पहाड र स कु न्याङ पहाडको कूल क्षेत्रफल बीस हजार सात सय हेक्टर रहेको छ। स कु न्याङ पहाड र व लुङ प्राकृतिक संरक्षण क्षेत्रसँग जोडिन्छ। सन् 1869 मा फ्रान्सेली जीवशास्त्री डेभिडले तङ छ कौमा पहिलो पटक पान्डा भेटेका थिए। जसबाट जनावरको जैविक अवशेष मानिएको पान्डालाई विश्वव्यापी नामी बनाइएको थियो। च्या चिन वन पार्कको पर्याप्त पानी स्रोत छ यो पनि त्यस्को विशेष दृश्य भएको छ।

        सन् 2006 को जुलाइ महिनामा तीसौँ संयुक्त राष्ट्र संघीय विश्व सम्पदा महाधिवेशनले छलफल गरी "स छ्वान पान्डा वास्थान"लाई ‌औपचारिक रुपमा विश्व प्राकृतिक सम्पदा सूचिमा राख्ने निर्णय पारित गरेको थियो।

जानकारी तथा लेखहरु
सुझाउ