फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सान छिङ पहाड र चिनियाँ तान स्याको परिचय

(GMT+08:00) 2014-05-01 17:04:45

       सान छिङ पहाड

       सान छिङ पहाड चीनको च्याङ सी प्रान्तको शाङ राउ शहरको यु शान जिल्ला र शाङ राउ द सिङ शहरबीच जोडिएको क्षेत्रमा पर्दछ र ह्वाइ यु पर्वतमालाको मुख्य चुचुरो हो। यु चिङ, यु स्यु, यु ह्वा यी तीन चुचुरो चीनको ताउ धर्मका तीन देवता जस्तो देखिएकोले सान छिङ पहाडको नाम दिइएको हो। तीन चुचुरामध्ये यु चिङ चुचुरो सबभन्दा अग्लो छ र त्यो समुद्री सतहदेखि 1819.9 मिटर उचाइमा रहेको छ। 1.4 अर्ब वर्षको भौगोलिक परिवर्तन भएपछि सान छिङ पहाडको चट्टाने चुचुराहरुको जङ्गल बनेको छ। "चमत्कार चुचुरो र ढुङ्गा, पुरानो रुख र सुन्दर फूल, शान्दार झरना, तुवाँलो र बादलको समुद्र"लाई सान छिङ पहाडका चारवटा प्राकृतिक विशेषता मानिन्छ। साथै सान छिङ पहाडलाई प्राकृतिक दृश्य र ताउ धार्मिक सांस्कृतिक परिदृश्यको रुपमा चर्चित भएको छ।

       सान छिङ पहाडको पुराना रुख र सुन्दर फूल सान छिङ पहाड दृश्य क्षेत्रका चारवटा प्राकृतिक विशेषतामध्येको एक हो। त्यहाँको पर्याप्त वनस्पति स्रोत र प्राकृतिक वनस्पति बगैँचा रहेको छ। तीमध्येका धेरै रुखको उमेर सयौँ वा हजारौँ वर्ष पुगेको छ। त्यहाँ विभिन्न प्रजातिका दुर्लभ वनस्पति पाइन्छन् जसको उच्च आर्थिक मू्ल्य छ साथै उच्च सजावट मूल्य पनि छ।

       ओसिलो पहाडी क्षेत्रमा रहेको सान छिङ पहाड क्षेत्रमा बाक्लो आदिम वन छ र वनस्पतिमध्ये मुख्यतः सदावहार प्रजातिका रुखहरु रहेका छन्। त्यसैले ठूलो मात्राका जडीबुटीहरुको स्रोत पनि त्यो क्षेत्रलाई मानिन्छ। प्रारम्भिक तथ्याङ्कका अनुसार, सान छिङ पहाडमा तीन सय 49 किसिमका औषधीय वनस्पति छन्।

       सान छिङ पहाडमा मानवबस्ती फाट्टफुट्ट रहेको छ साथै पहाड उच्च छ र वन बाक्लो छ, जलवायु पनि राम्रो छ, त्यसैले जंगली जनावरलाई वास्थान र प्रजन्नको लागि उचित प्राकृतिक वातावरण उपलब्ध गराएको छ। त्यहाँ तीन सयभन्दा बढी प्रजातिका चरा र जनावर पाइन्छन् तीमध्ये धेरै दुर्लभ जनावर छन्।

       सन् 2008 जुलाइ आठ तारिख 32औँ विश्व सम्पदा अधिवेशनले सान छिङ पहाडलाई "विश्व सम्पदा सूचि"मा राखेको थियो।

      चिनियाँ तान स्या

       "तान स्या" भनेको भौगोलिक विशेषता तथा विशेष रातो रङ्ग भएको भौगोलिक दृश्य हो जहाँ"गुलावी रङका बादल"वा "गाढा रातो सूर्यको किरण"जस्तो देखिन्छ। मुख्यतः रातो बलैटे चट्टान थुप्रिएर निर्माण भएको सुक्खा तथा गर्मी मौसम अवस्थामा अक्सिजनयुक्त महादिपको तालमा थिग्रिएको वातावरणजस्तो प्रतिबिम्बित भएको छ।

        भूवैज्ञानिक तथा भूगर्भविदका दृष्टिकोणबाट हेर्दा तान स्यालाई पश्चिमी प्रशान्त सक्रिय महाद्वीपीय किनाराको पुरानो डबका जस्तो छ जहाँ बाक्लो पदार्थ थिग्रिएको छ। थिग्रिएको तहले नै पत्रैपत्र भएको, गम्भीर भंग देखिएको, पानी प्रवाहबाट गहिरो रुपमा काटिएको र खियाइएको, जलबायुका कारणले खिइएर चुचुरा, भिरालो र उपत्यका बनेर एकदम सुन्दर र चमत्कारपूर्ण दृश्य रहेको छ।

        सन् 2010 अगष्ट महिना 34औँ विश्व सम्पदा महाधिवेशनले औपचारिक रुपमा "चिनियाँ तान स्या" लाई विश्व सम्पदा सूचिमा राखेको थियो। विश्व सम्पदा सूचिमा राखिएका "चिनियाँ तान स्या" सूचिमा हु नान प्रान्तको नान लाङ पहाड, क्वा तुङ प्रान्तको तान स्या पहाड, फु च्यान प्रान्तको थाइ निङ, च्याङ सि प्रान्तको लुङ हु पहाड, क्वै चौ प्रान्तको छ श्वी, च च्याङ प्रान्तको च्याङ लाङ पहाड आदि दक्षिणी चीनका छवटा प्रसिद्ध तान स्या भौगोलिक दृश्य क्षेत्र समावेश छन्।

         दृश्यावलोकनका मूल्यबाट हेर्दा चिनियाँ तान स्याको विशेषतायुक्त प्राकृतिक भौगोलिक अवस्था रहेको छ। वृथ्वी विज्ञान मूल्यको दृष्टिकोणबाट हेर्दा चिनियाँ तान स्या नै पृथ्वीको महादिपीय पत्रेचट्टान र निश्चित अवधिसम्म विकास भएको चिन्ह हो। चिनियाँ तान स्याको गठन प्रक्रियाबाट पृथ्वीको मिसोजोइकको अन्त्यकालदेखि सेनोजोइक कालसम्म पृथ्वीको जमीनको सतहको प्रणालीको विश्वव्यापी परिवर्तन र घटनाहरु प्रतिबिम्बित भएको छ, विश्व परिवर्तनसम्बन्धी अध्ययनको लागि महत्वपूर्ण अर्थ रहेको सम्भावना पनि छ।

         जीवविज्ञान र परिस्थितिविज्ञानको दृष्टिबाट हेर्दा चिनियाँ तान स्या पूर्वी एशियाको ओसिलो क्षेत्रमा पर्छ। विश्व जंगली जनावर कोषद्वारा तोकिएको विश्वका दुई सय जैविक क्षेत्रमध्येको "दक्षिण-पूर्वी चीन-हाइ नान ओसिलो वन पर्यावरणीय क्षेत्र" हो। त्यहाँ चारसय किसिमका विभिन्न स्तरीय दुर्लभ प्रजातिका जनावरहरु बसोबास गर्छन् र विश्वमा जंगली जनावर विविधता तथा लोप हुनलागेको जैविक प्रजाति स्रोतको संरक्षण गर्ने मुख्य क्षेत्रमा पनि परेको छ।

जानकारी तथा लेखहरु
सुझाउ