फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुस, अमेरिका, यूरोपेली संघ र युक्रेन सम्मिलित चार पक्षीय युक्रेन वार्तामा मतैक्यता भएकोमा चीनको स्वागत

(GMT+08:00) 2014-04-18 17:25:50

        चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुन यिङ्गले अठार तारिख पैचिंगमा रुस, अमेरिका, यूरोपेली संघ र युक्रेन सम्मिलित चार पक्षीय वार्तामा युक्रेन परिस्थितिबारे मतैक्यता हासिल भएकोमा चीनले स्वागत गरेको बताउनुभएको छ।

        रुस, युक्रेन, अमेरिका र यूरोपेली संघ गरी चार पक्षले सत्र तारिख जेनेभामा वार्ता गरेका थिए। चार पक्षले संयुक्त वक्तव्य प्रकाशित गरेअनुसार, विभिन्न पक्षले प्रारम्भिक कदम चाली युक्रेनको तनावपूर्ण परिस्थितिलाई कम गर्न तथा सबै नागरिकको सुरक्षास्थिति वहाली गर्न स्वीकार गरेका छन्।

        व्हाले पत्रकार सम्मेलनमा विभिन्न पक्षले ठोस कदम चाल्ने तथा सम्बन्धित मतैक्यतालाई व्यवहारमा उतार्ने र राजनैतिक उपायमार्फत संकट समाधान गर्न झक्झक्याउने,साथै युक्रेनको स्थिरता र विकास तीब्र रुपमा साकार तुल्याउने आशा चीनले लिएको कुरामा पनि जोड दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ