फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले आफूमाथि लगाएको भिसा नाकाबन्दीबाट अन्तर्देशीय सम्बन्धमा असर नपर्ने भाजपा नेता नरेन्द्र मोदीको दावी

(GMT+08:00) 2014-04-18 17:33:53

         भारतको मुख्य विपक्षी दल भारतीय जनता पार्टीका तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदीले सत्र तारिखका दिन बोल्दै अमेरिकाले आफूलाई भिसा दिन गरेको अस्वीकृतिबाट अमेरिका र भारतको सम्बन्धमा प्रभाव नपर्ने कुरा बताउनुभएको छ।

         मोदीले सञ्चार-माध्यमहरुलाई अन्तर्वार्ता दिँदै मुलुकहरुबीचको सम्बन्धमा व्यक्तिगत कारक-तत्वबाट प्रभाव नपर्ने कुरा बताउनुभयो।

         मोदी भारतीय राजनैतिक क्षेत्रका एक चर्चित राजनीतिज्ञ हुनुहुन्छ। सन् 2001देखि उहाँले भारतीय गुजरात राज्यबाट मुख्य मन्त्रीको पद सम्हालिरहेको छ। मोदीलाई जारी निर्वाचनपछिको भारतीय प्रधानमन्त्रीका रुपमा सबैभन्दा दावेदार उम्मेदवार पनि मानिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ