फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युक्रेन समस्यासम्बन्धी चार पक्षीय वार्ता सहमतिमा

(GMT+08:00) 2014-04-18 18:01:04

      युक्रेन समस्यासम्बन्धी चार पक्षीय वार्ता सत्र तारिख बेलुकी जेनेभामा सम्पन्न भएको छ। अमेरिका, यूरोपेली संघ, रुस र युक्रेन गरी चार पक्षले एक दस्तावेज तयार पारी उचित कदम चालेर युक्रेनको तनावपूर्ण परिस्थिति शिथिल पार्न र युक्रेनलाई सुरक्षा र स्थिरतातर्फ फर्काउन प्रतिवद्धता जनाएका छन्।

      चारै पक्षले युक्रेनको संविधान सुधार प्रक्रिया समावेशी, पारदर्शि र उत्तरदायी हुनुपर्ने, युक्रेनको विभिन्न क्षेत्र र राजनैतिक संगठनले राष्ट्रिय वार्ता तुरुन्तै गर्नुपर्ने र नागरिकले प्रस्ताव प्रस्तुत गर्नसक्ने निस्कर्ष निकालेका छन्। चार पक्षले युकेनको आर्थिक तथा बैकिङ स्थिरताको महत्वपूर्ण अर्थमा जोड दिनुका साथै ती ठोस विषयहरुलाई व्यवहारमा उतार्ने र देखापरेका समस्याबारे छलफल गर्न स्वीकार गरेका छन्।

      संयुक्त राष्ट्र संघका महासचिव बान की मुनले सत्र तारिख उहाँका प्रवक्तामार्फत् वक्तव्य प्रकाशित गर्दै चार पक्षको वार्ताको स्वागत गर्नुका साथै विभिन्न पक्षसँग उक्त वार्तामा प्राप्त भएको दस्तावेजलाई व्यवहारमा उतार्न आव्हान गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ