फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुससँग आपसी सम्बन्धलाई अझ उच्च स्तरमा उकास्दै जान चीन इच्छुक

(GMT+08:00) 2014-04-18 18:04:23

        चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुन यिङ्गले अठार तारिख पैचिङ्गमा बोल्दै रुससँगै मिलेर अझै प्रयास गरी चीन र रुसबीचको सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउदै जान चीन इच्छुक रहेको बताउनुभयो।

        प्राप्त जानकारी अनुसार, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एउटा रुसी टेलिभिजन अन्तर्वार्तामा सहभागी हुँदा हाल रुस चीन सम्बन्धको विकास निकै सफल रहेको बताउँदै त्यस सम्बन्धको भावी विकासबाट अन्तर्राष्ट्रिय सम्बन्धको बनौटलाई महत्वपूर्ण असर पारिने कुरा औंल्याउनुभएको छ।

        प्रवक्ता व्हाले राष्ट्रपति पुटिनले चीन रुस सम्बन्धको सन्दर्भमा सकारात्मक धारणा व्यक्त गर्नुभएकोमा चीनले त्यसको उच्च मूल्याङ्कन गरेको बताउनुभयो।

        दुवै देशका राष्ट्रनायकको रणनैतिक निर्देशन अनुसार, चीन र रुस बीचको सम्बन्धमा उल्लेखनीय उपलब्धि प्राप्त भएको छ। त्यो वर्तमान विश्वमा सबैभन्दा यथेष्ट, उच्चस्तरीय र रणनैतिक अर्थ रहेको ठूला मुलुक बीचको सम्बन्ध बनिसकेको छ।

जानकारी तथा लेखहरु
सुझाउ