फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

टलिप फूल इस्तान्बुलमा फूल्यो

(GMT+08:00) 2014-04-28 15:17:45

       अप्रिल महिना फूल फूल्ने अवधि हो। टर्कीको सबैभन्दा ठूलो शहर इस्तान्बुलमा वार्षिक टलिप पुष्प मेला आयोजना भएको छ। दुई सय किसिमका टलिप फूल यूरोप र एशियालाई छुने प्राचीन शहर इन्तान्बुलमा फूलेका छन्।

       टलिप फूलबारे चर्चा गर्दा मानिसले सबैभन्दा पहिले नेदरल्याण्डलाई सम्झन्छन् होला। तर टलिप फूलको जन्मथलो टर्की हो। टर्कीको राष्ट्रिय फूल र इस्तान्बुलको शहरी फूल टलिप फूल हो। हरेक वर्षको अप्रिल महिनामा इस्तान्बुलले टलिप पुष्प मेलाको आयोजना गर्ने गर्दछ, जसले स्वदेशी र विदेशी पर्यटकहरुलाई टलिप फूलको अवलोकन गर्न आकर्षित गरेको छ।

       चालू वर्षको टलिप पुष्प मेलामा दुई सय किसिमका दुई करोड वटा टलिप फूल प्रदर्शन गरिएको छ। इस्तान्बुलको विभिन्न सडक रङ्गीबिरङ्गी टलिप फूलद्वारा सजाइएका छन्। इस्तान्बुलको इमिर्गेन पार्क र ओट्टोमान साम्राज्य कालको शाही दरबार टोप्काप बगैंचा यस पटकको टलिप पुष्प मेलाको मुख्य प्रदर्शन स्थलहरु हुन्। चालू वर्षको टलिप पुष्प मेलाअन्तर्गत यूरोपेली टलिप फूल प्रदर्शनीको संयोजन गर्नेमध्येका एक ग्याम्जे गेन्कले जानकारी दिनुभएअनुसार, चालू वर्षमा टलिप फूल हुर्काइएका किसिमले नयाँ रेकर्ड खडा गरेको छ।

        "चालू वर्ष इस्तान्बुलले जम्मा दुई करोड वटा टलिप फूल रोप्यो। आठ वर्षअगाडि पहिलो टलिप पुष्प मेला अवधिमा दश लाख वटा फूल मात्र थिए। अहिले इमिर्गेन     पार्कमा मात्रै दुई सय किसिमभन्दा बढी फरक फरक रङ्गका टलिप फूल छन्। चालू वर्ष टलिप फूलसम्बन्धी फोटो प्रतियोगिताको आयोजना गरिने छ। टलिप फूलका लागि सबैभन्दा सुन्दर फोटो मूल्यांकन गरिने छ। इस्तान्बुलका सबै नागरिक यस प्रतियोगितामा सहभागी हुनसक्छन्। यसका अतिरिक्त, टलिप फूलसम्बन्धी चित्रकला प्रदर्शनी र ब्यान्ड अभिनयआदि कार्यक्रमहरुको आयोजना गरिने छ।"

        निलो आकाश र हरित रुखको साथमा रङ्गिबिरङ्गी टलिप फूल ज्यादै सुन्दर देखिन्छ। धेरै पर्यटकहरु फोटो खिच्न आकर्षित भएका छन्।

        "म पहिले आएको थिइन। मैले एक नयाँ एसएलआर क्यामेरा  किनें। त्यसैले म यहाँ फोटो खिच्न आएको हुँ। टलिप फूल धेरै सुन्दर छ। सबैभन्दा सुन्दर फूल छान्न निकै अप्ठ्यारो छ। सबै रङ्गका फूलहरु सुन्दर छन्। यो महोत्सव राम्रो छ, धेरै मानिस आकर्षित गरिएको छ। यहाँ मात्र भनई अरु पार्कहरुमा पनि धेरै पर्यटकहरु छन्। यस महोत्सवप्रति सबै सन्तुष्ट छन्।"

          "मलाई टलिप फूल मन पर्छ, त्यसैले म फोटो खिच्न यहाँ आएँ। सेतो, रातो, पहेंलो टलिप फूलहरुमध्ये मलाई रातो फूल धेरै मन पर्छ।"

          टलिप फूल टर्की सँस्कृतिको महत्वपूर्ण प्रतिक हो। टलिप फूल टर्कीबाट उत्पत्ति भएको हो। ओट्टोमान साम्राज्य कालमा टलिप फूल व्यापक रुपमा रोपियो र पछि यूरोपभरि विस्तार गरियो। टलिपको अंग्रेजी नाम टर्की भाषाबाट आएको हो। टर्की भाषामा टलिप भनेको पछ्यौराले छोपिएकी इस्लामिक केटी भन्ने हो। टलिप फूलको रुप विभिन्न गर-गहना, शाही दरबार, मस्जिदको सजावटमा व्यापक रुपमा प्रयोग गरिएको छ।

         टलिप पुष्प मेलाअन्तर्गत यूरोपेली टलिप फूल महोत्सवका जिम्मेवार ग्याम्जेले टर्कीस्हरुका लागि टलिप फूलको महत्वपूर्ण अर्थ रहेको कुरा बताएकी छिन्

         "हामी टर्कीस्हरुका लागि टलिप फूलको महत्वपूर्ण अर्थ रहेको छ। ओट्टोमान साम्राज्य कालमा गलैंचामा मुख्यतः धर्को बुट्टा भरिएको हुन्थ्यो। टलिप फूल पनि धेरै गीतहरु र कविताहरुको मुख्य विषयवस्तुको रुपमा समेटिएको हुन्थ्यो। ओट्टोमान साम्राज्य कालको केही अवधिमा "टलिप फूलको काल" भनेर कहलिएको थियो।"

         हाल बसन्त ऋतुको अवधिमा इस्तान्बुल टलिप फूलको समुद्र जस्तै देखिन्छ। विविध किसिमका र रङ्गीबिरङ्गी टलिप फूल नागरिकको चोक, शहरको सडक र पार्कमा रोपिएको छ। टलिप फूल इस्तान्बुलको एक उपनाम नै बनिसकेको छ। तपाईंले टर्की घुम्न जाँदा इस्तान्बुलको टलिप फूलको आनन्द लिनुहुने हाम्रो आशा छ।

जानकारी तथा लेखहरु
सुझाउ