फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मध्यपश्चिमाञ्चलको सुर्खेतमा कृषि क्षेत्रको विकासका लागि 16 वटा कार्यक्रम

(GMT+08:00) 2014-04-19 18:33:31

          मध्यपश्चिम नेपालको सुर्खेत जिल्लामा कृषि क्षेत्रको विकासका लागि 16 वटा कृषकमुखी कार्यक्रम सञ्चालन गरिएको छ। जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जिल्लाका कृषकको क्षमता अभिवृद्धि, आर्थिक उन्नति तथा जिल्लालाई कृषिका माध्यमबाट खाद्यान्नमा आत्मनिर्भर बनाउनका लागि एकैपटक विभिन्न 16 वटा कार्यक्रम सञ्चालन गरेको हो।

           ती कार्यक्रम सञ्चालनका लागि यस वर्ष जिल्ला कृषि विकास कार्यालयमा करिब चार करोड बजेट आएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत विजय गिरीले जानकारी दिनुभयो।

         कृषि प्रवद्र्धनका लागि भनेर यस वर्ष रु तीन करोड 96 लाख 12 हजार आएको भए पनि त्यसमध्ये झन्डै रु एक करोड 50 लाख कर्मचारीको तलब र कार्यालयको खर्चमा सकिने अधिकृत गिरीले बताउनुभयो।

         यस वर्ष सञ्चालन भएको कृषि प्रसार कार्यक्रमका लागि सबैभन्दा बढी रु एक करोड 95 लाख बजेट छुट्याइएको छ। त्यस्तै सहकारी खेती र साना सिँचाइ कार्यक्रमका लागि रु 49 लाख 85 हजार, माटो परीक्षण तथा सुधार कार्यक्रमका लागि रु 13 लाख 25 हजार, मुसुरो उत्पादन प्रवद्र्धन कार्यक्रमका लागि रु सात लाख 37 हजार र कृषि तथा खाद्य सुरक्षा आयोजनाका लागि रु 21 लाख 14 हजार बजेट आएको अधिकृत गिरीले जानकारी दिनुभयो। यस्तै अन्य कार्यक्रमका लागि पनि बजेट छुट्ट्याइएको छ।

          कार्यालयबाट यी सबै कार्यक्रम सञ्चालन गरिएको भए पनि केही कार्यक्रम भने नमूना कार्याक्रमका रुपमा पनि रहेका छन्। कफी क्षेत्र विस्तार कार्यक्रमलगायत अन्य कार्यक्रम यहाँका लागि नयाँ कार्यक्रम हुन्।

          यस्तै जिल्ला कृषि विकास कार्यालयले सञ्चालन गरेको सिँचाइ कार्यक्रम पनि कृषिसम्बन्धी कार्यक्रमलाई सहयोग गर्नका लागि सञ्चालन गरिएको कार्यक्रम भएको अधिकृत गिरीले जानकारी दिनुभयो।

         सामान्यतया सिँचाइसम्बन्धी काम कृषि विकास कार्यालयले नगर्ने भए पनि कृषिसँग सिँचाइ पनि जोडिएकाले केही सहज होस् भनी यो कार्यक्रम पनि सँगै सञ्चालन गर्ने प्रयास गरेको उहाँको भनाइ थियो।

जानकारी तथा लेखहरु
सुझाउ