फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले दिएको शून्य भन्सार सुविधा उपयोग हुन नसकेको गुनासो

(GMT+08:00) 2014-04-19 18:34:01

          वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापा र नेपाल-चीन उद्योग वाणिज्य संघवीच शुक्रबार उद्योग वाणिज्य क्षेत्रमा देखिएका समस्या र समधानका विषयमा छलफल भएको छ।

          अनलाईन खबरका अनुसार छलफलमा मन्त्री थापाले दुई देशवीच लगानी तथा व्यापारका क्षेत्रमा प्रशस्त सम्भावनाहरु रहेकाले त्यसलाई उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले अति कम विकसित राष्ट्रको हैसियतले अन्तर्राष्ट्रिय क्षेत्रमा पाउने सहुलियतको उपयोग गरी लाभ लिनुपर्ने धारणा समेत राख्नुभयो।

           संघका अध्यक्ष राजेश काजी श्रेष्ठले मुलुकमा विद्यमान आर्थिक सम्भावनाहरु परिचालन गर्नुपर्नेमा जोड दिँदै नेपाल र चीनवीचको संयुक्त लगानी, पर्यटन प्रवर्द्धन एवं द्विपक्षीय व्यापार विस्तारका लागि संघबाट विभिन्न प्रयासहरु भइरहेको जानकारी दिनुभयो।

          चीनले नेपाल लगायतका अल्प विकसित देशहरुलाई दिँदै आएको शून्य भन्सार सुविधाको उपयोग हुन नसकेकोले यसको कार्यान्वयनमा सम्बन्धित पक्षहरुसँग पहल गरिदिन श्रेष्ठले मन्त्रीलाई आग्रह समेत गर्नुभयो।

            भेटघाटमा संघका उपाध्यक्ष त्रिभुवनधर तुलाधर, तृतिय उपाध्यक्ष पन्चरत्न शाक्य र महासचिव राष्ट्रभूषण चाकुबजीले नेपाल र चीन वीचको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका सम्भावनाहरुमाथि प्रकाश पार्दै विद्यमान समस्याहरु समाधान गर्ने बारेमा आ-आफ्ना धारणाहरु व्यक्त गरेका थिए।

जानकारी तथा लेखहरु
सुझाउ