फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लगानीको वातावरण बन्दै गएकाले ढुक्क भएर लगानी गर्न ब्यबसायीलाई प्रधानमन्त्री आग्रह

(GMT+08:00) 2014-04-19 18:35:25

         प्रधानमन्त्री सुशील कोइरालाले नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभएको छ। नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरुसँग शुक्रबार बालुवाटारमा भएको भेटमा कोइरालाले पछिल्लो समय लगानीको वातावरण बन्दै गएकाले ढुक्क भएर लगानी गर्न ब्यबसायीलाई आग्रह गर्नुभयो।

         नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरुले भने प्रधानमन्त्री कोइरालासँग व्यक्तिको सम्पत्ति माथिको अधिकार सुनिश्चित हुनुपर्ने, सम्पत्ति सुद्धिकरणको निर्क्यौल र सुरक्षाको वातावरण बनाउन आग्रह गरेका थिए।

         भेटपछि सञ्चारकर्मीसग कुरा गर्दे नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतले कृषि, हाइड्रोपावर र उर्जा क्षेत्रमा लगानीको लागि निजी क्षेत्र तयार रहेको बताउनुभयो। उहाँले बन्द, हड्तालका कारण व्यवसायीहरु मारमा परेको भन्दै बन्द हड्ताललाई निरुत्साहित गर्न प्रधानमन्त्रीसँग आग्रह गरिएको बताएको खबर कारोबार अनलाईनले लेखेको छ।

जानकारी तथा लेखहरु
सुझाउ