फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती लिन् च् क्षेत्रमा "तिब्बत, छ्याङ्ग र यी जातीय साँस्कृतिक औद्योगिक करिडोर"को निर्माण

(GMT+08:00) 2014-04-19 18:36:17

         पश्चिमी क्षेत्रमा विशेषतायुक्त जातीय सँस्कृति उद्योगको विकास गर्नका लागि चीनको सँस्कृति र अर्थ मन्त्रालयले हाल "तिब्बत, छ्याङ्ग र यी जातीय साँस्कृतिक औद्योगिक करिडोर"को परियोजना प्रस्तुत गरेका छन्।

         "तिब्बत, छ्याङ्ग र यी जातीय साँस्कृतिक ‌औद्योगिक करिडोर"चीनको पश्चिमी क्षेत्रको केन्द्रिय क्षेत्रमा रही प्राचीनकालदेखि नै विविध जातिबीचको आदान-प्रदान तथा ओसार पसारको महत्वपूर्ण मञ्च हो।

          तिब्बती लिन् च् साँस्कृतिक उद्योग करिडोरद्बारा ढाकिएका 11 वटा केन्द्रिय क्षेत्रहरुमध्येको एक हो। इतिहासमा त्यो क्षेत्रलाई कुङ्गबु भनिन्थ्यो। त्यहाँ बसोबास गर्ने जातीहरुले विशेषतायुक्त कुङ्गबु सँस्कृतिको निर्माण गरेका थिए। चालू वर्ष लिन् च् क्षेत्रले दुई करोड तीस लाख चिनियाँ युआन लगानी गरेर कुङ्गबु साँस्कृतिक उद्योगको विकास गर्ने लिन् च् क्षेत्रीय सँस्कृति, रेडियो, चलचित्र र टेलिभिजन ब्यूरोका अधिकारी रेनतुङ्गचेनले जानकारी दिनुभयो। प्राप्त जानकारीअनुसार, कुङ्ग बु साँस्कृतिक उद्योगको विकास उक्त क्षेत्रीय "बाह्रौं पञ्चवर्षिय योजना"मा समेटिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ