फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघअन्तर्गत दक्षिण सुडान विशेष दलको आवास क्षेत्रमा भएको आक्रमणप्रति सुरक्षा परिषदद्वारा निन्दा

(GMT+08:00) 2014-04-19 18:37:04

         संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले अठार तारिख प्रेस वक्तव्य प्रकाशित गर्दै संयुक्त राष्ट्र संघअन्तर्गत दक्षिण सुडान विशेष दलको आवास क्षेत्र लक्षित आक्रमणको कडा निन्दा गरेको छ।

           वक्तव्यमा उल्लेख भएअनुसार दक्षिण सुडानको उत्तरी भाग अवस्थित जोङ्गलैइ राज्यको सदरमुकाम बोरमा पर्ने एक संयुक्त राष्ट्र संघीय दक्षिण सुडान विशेष दल यसै महिना सत्र तारिख आक्रमणमा परेको थियो। सशस्त्र समूहले सर्वसाधारण तथा संयुक्त राष्ट्र संघीय कर्मचारीलाई प्रहार गरेको उक्त गतिविधिप्रति सुरक्षा परिषदले कडा निन्दा गर्दै उक्त घटनाबाट ज्यान गुमाएकाहरु तथा उनीहरुको परिवार र दक्षिण सुडानका जनताप्रति सान्त्वना व्यक्त गरेको छ। साथै उक्त आतंकवादी गतिविधिमा संलग्नहरुमाथि कडा जरिवाना तिर्नका लागि दक्षिण सुडान सरकारले तुरुन्तै कदम चलाउनुका साथै सर्वसाधारण तथा संयुक्त राष्ट्र संघअन्तर्गत दक्षिण सुडान विशेष दलको सुरक्षा प्रत्याभूति गर्न पनि संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले ताकिता गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ