फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जलडमरुका दुई किनार युवा शान्ति तथा विकास मञ्च सुरु

(GMT+08:00) 2014-04-19 18:37:29

          चीनको चुङ्ग शान साँस्कृतिक आदानप्रदान परिषद,थाइवान चीन चुङ्ग सिङ्ग वरिष्ठ व्यक्ति विकास परिषद र थाइवान चीन वरिष्ठ युवा आदानप्रदान परिषदको संयुक्त संयोजनमा भएको"जलडमरु पार गर्दै युवाका साथमा विकास"भन्ने जलडमरुका दुई किनार युवा शान्ति तथा विकास मञ्च उन्नाईस तारिख पैचिङ्गमा सुरु भएको छ। जलडमरुका दुई किनारबाट आएका लगभग पचास अतिथिले यस मञ्चमा भाग लिएका छन्।

          राष्ट्रिय राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्य एवम् चिनियाँ को मिन ताङ् क्रान्तिकारी परिषदका उपाध्यक्ष जङ्ग च्यान पाङ्गले यस मञ्चलाई सम्बोधन गर्दै हरेक पुस्तासँग वरिष्ट युवाशक्ति हुने बताउनुभयो। उहाँले जलडमरुका दुई किनारका युवा आपसमा सँगसँगै विकसित हुँदै गैरहेको प्रवृत्तिप्रति खुशी व्यक्त गर्नुभयो। उहाँका अनुसार ती युवाहरुले ऐतिहासिक जिम्मेवारी बहन गरेर सक्रिय रुपमा यी दुई किनारबीचको शान्ति तथा विकासलाई प्रवर्द्धन गर्ने कार्यमा भाग लिनसक्ने छन्।

            आज दिउँसो यस मञ्चका सहभागिहरुले संयुक्त घोषणापत्र तयार पार्दै "जलडमरुका दुई किनार एउटै परिवार" भन्ने नारा प्रस्तुत गरेका छन्। यस घोषणामा समस्त युवाहरुलाई जलडमरुका दुई किनारबीचको शान्ति तथा विकासका लागि विविध ऊर्जामुलक शक्ति प्रदान गर्न आग्रह गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ