फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको राष्ट्रिय नव आविष्कार सूचकाङ्क उन्नाईसौं स्थानमा

(GMT+08:00) 2014-05-07 14:55:29

       वैज्ञानिक तथा प्राविधिक प्रतिस्पर्धा अझै गम्भीर भएको अन्तर्राष्ट्रिय बनौटमा चीनको राष्ट्रिय नव आविष्कार सूचकाङ्क कुन स्थानमा रह्यो? चिनियाँ वैज्ञानिक तथा प्राविधिक विकास रणनीति प्रतिष्ठानले सार्वजनिक गरेको "राष्ट्रिय नव आविष्कार सूचकाङ्क प्रतिवेदन सन् 2013"अनुसार, चीनको नव आविष्कार क्षमता स्थिरताका साथ अघि बढिरहेको छ। विश्वका चालीस वटा मुख्य मुलुकमध्ये चीनको राष्ट्रिय नव आविष्कार सूचकाङ्कको स्थान बढेर उन्नाईसौं स्थानमा पुगेको छ। यसका साथै उक्त प्रतिवेदनअनुसार, चीनको नव आविष्कार आधार निकै कमजोर भएको छ। नव आविष्कार क्षमता बढाउन लामो समय चाहिने देखिन्छ।

       "राष्ट्रिय मध्यकालीन तथा दीर्घकालीन वैज्ञानिक तथा प्राविधिक विकास योजना रुपरेखा सन् 2006-सन् 2020" सार्वजनिक भएको र नव आविष्कार विकास रणनीति लागू भएको साथसाथै चीनको आत्म निर्भर भएर नव आविष्कार क्षमता ठूलो मात्रामा माथि उकासिएको छ। विज्ञान तथा प्रविधिको प्रतिस्पर्धात्मक शक्ति र अन्तर्राष्ट्रिय प्रभावशाली स्पष्ट रुपमा वलियो भएको छ। राष्ट्रिय नव आविष्कार सूचकाङ्क माथि उकासिएर उन्नाईसौं स्थानमा पुगेको र सन् 2012को तुलनामा एक स्थानले बढेको छ। चीनको अनुसन्धान शुल्क 10 खर्ब 29 अर्ब 84 करोड चिनियाँ युआन पुगेको छ जुन विश्वको तेस्रो स्थानमा रहेको छ। अनुसन्धान शुल्क क्षेत्रमा चीन र अमेरिका, जापानसितको अन्तर साँघुरो देखिएको छ। अनुसन्धानकर्ताहरुको संख्या 32 लाख 47 करोड जना पुगेको छ जुन विश्वको पहिलो स्थान रहेको छ। चिनियाँहरुको पेटेन्ट आवेदन मात्रा र अधिकार हस्तान्तरण मात्रा विश्वको पहिलो र दोस्रो स्थानमा रहेका छन्। उत्पादन व्यवसाय क्षेत्रको निर्यातमा नयाँ प्रविधि व्यवसाय क्षेत्रको निर्यात मात्रा ओगटिएको अनुपात विश्वको पहिलो स्थानमा रहेको छ। बौद्धिक सेवा व्यवसायको बृद्धि मात्रा विश्वको तेस्रो स्थानमा पुगेको छ।

       वैज्ञानिक तथा प्राविधिक प्रगतिको योगदान दर अर्थतन्त्रमा विज्ञान तथा प्रविधि समाटिएको अवस्था र आर्थिक विकास पद्धति बदलिएको अवस्था प्रमाण गरिएको एक सूचकाङ्क हो। उक्त प्रतिवेदनअनुसार, सन् 2012मा चीनको वैज्ञानिक तथा प्राविधिक प्रगति योगदान दर 52.2प्रतिशत पुगेको र सन् 2003को तुलनामा 11.3प्रतिशतले बृद्धि भएको थियो र लक्ष्यसित केही अन्तर रहेको थियो। साथै उक्त प्रतिवेदनकाअनुसार, चिनियाँ उद्योग-व्यवसायको नव आविष्कार मा प्रगति हासिल गरिएको छ। उद्योग-व्यवसायको नव आविष्कार सूचकाङ्क सन् 2000को तुलनामा 2.2गुणाले बृद्धि भएको थियो। ठोस सूचकाङ्कबाट हेर्दा उद्योग-व्यवसायको अनुसन्सधान शुल्कले विश्वका उद्योग-व्यवसायको अनुसन्धान शुल्कको 13प्रतिशत ओगटेको छ। उद्योग-व्यवसायको पेटेन्ट आवेदन मात्रा 1 लाख 76 हजार पुगेको थियो।

       चीनको नव आविष्कार सुचकाङ्कको स्थान माथि उकासिएको कारण बौद्धिक सिर्जनशीलताको क्षमता माथि उकासिएको र नव आविष्कार वातावरण सुध्रेकोले गर्दा नै हो। पेटेन्ट आवेदन र अधिकार सुम्पिदिइने क्षेत्रमा टड्कारो उपलब्धि हासिल गरिएको कारण चीनको बौद्धिक नव आविष्कार को स्थान सन् 2012को चौबीसौं स्थानबाट माथि उकासिएर अठारौं स्थानमा रहेको छ। नव आविष्कार वातावरण क्षेत्रमा चीनको नव आविष्कार वातावरणको स्थान सन् 2012को उन्नाईसौं स्थानबाट माथि उकासिएर चौधौं स्थानमा रहेको छ। नव आविष्कार श्रोत-साधान र उद्योग-व्यवसायको नव आविष्कार तीसौं स्थान र पन्ध्रौं स्थान रहेका छन्। तथ्यांकअनुसार, अमेरिका फेरि पनि सबैभन्दा शक्तिशाली नव आविष्कार क्षमता रहेको मुलुकमा गनिएको छ। ब्रिक्स मुलुकमध्ये चीनको नव आविष्कार क्षमता अग्रस्थानमा रहेको छ। रुस, दक्षिण अफ्रिका, ब्राजिल र भारत बत्तीसौं, पैंतीसौं, अठतीसौं र उन्नचालीसौं स्थानमा रहेका छन्।

       उक्त प्रतिवेदनले जानकारी दिएअनुसार, चीनको नव आविष्कार आधार सधैं नै कमजोर छ। विगतका बीस वर्षमा चीनको वैज्ञानिक तथा प्राविधिक शुल्क अमेरिकाको हालै दुई वर्षको शुल्कभन्दा कम भएको र जापानको हालै चार वर्षको शुल्कभन्दा पनि कम भएको छ।

       उक्त प्रतिवेदनमा प्रस्तुत गरिएको तथ्यांक अंक चीन र विदेशको आधिकारिक डेटाबाट आएको छ। जस्तै भनौं चीनको राष्ट्रिय तथ्यांक व्यूरो र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयले संयुक्त रुपमा सार्वजनिक गरेको "चीनको वैज्ञानिक तथा प्राविधिक तथ्यांक", विश्व बैंकको "विश्व विकास सूचकाङ्क", आर्थिक सहयोग तथा विकास संगठनको "मुख्य विज्ञान तथा प्रविधि सुचकाङ्क", अमेरिकी राष्ट्रिय विज्ञान कोषको "विज्ञान तथा परियोजना सुचकाङ्क", विश्व बौद्धिक सम्पदा अधिकार संगठनको "पेटेन्ट तथ्यांक"आदि।

जानकारी तथा लेखहरु
सुझाउ