फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

व्हाङ्ग ह नदीको किनारमा पर्ने व्हा युआन खौ बन्दरगाहको चर्चा

(GMT+08:00) 2014-04-28 15:01:40

     चिनियाँहरूको परम्परागत धारणामा पीत नदी अर्थात् व्हाङ्ग ह नदी चिनियाँ जनताको मातृ-नदी हो। के भन्न सकिन्छ भने व्हाङ्ग ह नदीले समस्त चिनियाँ जनतालाई हुर्काएको छ।

     पाँच सय वर्षभन्दा अघि अर्थात् प्राचीन चीनको मिङ्ग वंशकालमा स्यु थरका एकजना पदाधिकारीले पीत नदीको किनारमा एउटा बगैँचा निर्माण गरेका थिए। चिनियाँ भाषामा बगैँचालाई "व्हा युआन" भनिन्छ। त्यस बगैँचाको क्षेत्रफल लगभग चालीस हेक्टर रहेको थियो। त्यस बगैँचामा वर्षभरि नै हरिया वनस्पति र रङ्गीचङ्गी फूलहरू लगाइन्थे। वरिपरिका थुप्रै बासिन्दाहरू त्यस बगैँचामा घुम्न जान्थे। तर केही वर्षपछि व्हाङ्ग ह नदीमा आएको बाढीले त्यो सुन्दर बगैँचा नष्ट पारिदियो। भयङ्कर बाढीको प्रतिरोधका लागि कामदारहरूले त्यस बगैँचाको तत्स्थानमा एउटा बन्दरगाहको स्थापना गरेका थिए। त्यसपछि बासिन्दाहरूले त्यस बन्दरगाहलाई व्हा युआन खौ बन्दरगाह भन्न थाले।

     वर्तमान व्हा युआन खौ बन्दरगाह चीनको मध्य भागको ह नान प्रान्तको सदरमुकाम चङ्ग चौ शहरको उत्तरी कछाड क्षेत्रको सत्र किलोमिटरमा रहेको व्हाङ्ग ह नदीको दक्षिणी किनारमा अवस्थित छ। के भन्नसकिन्छ भने व्हा युआन खौ बन्दरगाह व्हाङ्ग ह नदीको प्रतिनिधि नै हो। किनकि व्हा युआन खौ बन्दरगाहको विशेषतायुक्त भौगोलिक स्थिति र त्यसको लामो इतिहास दुवै नै ज्यादै आकर्षक छन्।

     हाल व्हा युआन खौ बन्दरगाहमा पहिले जस्तै हरिया वनस्पति र रङ्गीचङ्गी फूलहरू रोपिन्छन्। जनरल बाँध भन्ने ठाउँ त्यस बन्दरगाहमा रहेको एउटा प्रसिद्ध पर्यटकीय स्थल हो। व्हाङ्ग ह नदीको पर्यटन विकास लिमिटेड कम्पनीका सहायक मेनेजर यु हान छिङ्गले हामीलाई जानकारी दिँदै भन्नुभयो:

     जनरल बाँधको बारेमा एउटा कथा छ। प्राचीन कालमा व्हाङ्ग ह नदीको भयङ्कर बाढीको प्रतिरोधका लागि तत्स्थानका एकजना जनरलले स्थानीय बासिन्दाहरूको नेतृत्व गरेर विभिन्न सकारात्मक कदम चाल्नुभएको थियो। उहाँले बाढीको नियन्त्रणका लागि ठूलो योगदान गर्नुभएको थियो। त्यसपछिका बासिन्दाहरूले उहाँको सम्झनाका लागि सन् 1754 मा एउटा जनरल मन्दिरको निर्माण गरेका थिए। त्यस मन्दिर बाँधमा अवस्थित रहेको कारण त्यस बाँधलाई जनरल बाँध पनि भनिन्छ।

     जनरल मन्दिरमा लोक कथामा प्रचलित व्हाङ्ग ह नदीका जल-देवताहरूको पूजा-आजा गरिन्छ। जम्मा छयसट्ठी देवता छन्। उक्त जनरल पनि ती देवताहरूमध्येका एक हुन्।

     अर्को रोचक दृश्य के हो भने व्हाङ्ग ह नदीमा कार्यरत् कामदारहरूले काम गर्दा एक किसिमको विशेष नारा लगाउने गर्दछन्। त्यस नारालाई व्हाङ्ग ह नारा भनिन्छ। व्हाङ्ग ह नारा व्हाङ्ग ह संस्कृतिमा रहेको एक किसिमको विशेषतायुक्त विषय पनि हो। जुन युगौँ-युगदेखि व्हाङ्ग ह नदीमा कार्यरत् कामदारहरूले नदीको नियन्त्रण र सञ्चालन गर्ने क्रममा आफ्नो परिश्रम र पसिनाद्बारा निर्माण गरेको एक किसिमको विशेषतायुक्त संस्कृति पनि हो। व्हाङ्ग ह नदीमा कार्यरत् कामदारहरूले पुस्तौँपुस्ता गरी व्हाङ्ग ह नदीको किनारमा बसोबास गरेका कारण पानी जहाजलाई उनीहरूको सबैभन्दा मूल्यवान साधन मानेका छन्। जहाज चढेर व्हाङ्ग ह नदीमा हुरी र लहरको प्रतिरोध गर्ने क्रममा कामदारहरूले भिन्नाभिन्नै किसिमका र विशेषतायुक्त व्हाङ्ग ह नाराको सिर्जना गरेका छन्।

     हालआएर व्हाङ्ग ह नारा व्हा युआन खौ बन्दरगाहको पर्यटकीय स्थलमा देखाइने एउटा प्रसिद्ध कार्यक्रम बनिसकेको छ। हरेक दिन त्यस कार्यक्रमलाई पर्यटक समक्ष प्रदर्शन गरिन्छ।

     जीवन दिनप्रति दिन सम्पन्न हुँदैगएको सिलसिलामा हाल पीत नदीका दुवै किनारामा बसोबास गर्ने बासिन्दाहरूले पर्यटकका लागि एउटा मीठो कार्यक्रम उपलब्ध गराएका छन्। जुन मत्स्यपालन कार्यक्रम हो। स्थानीय बासिन्दा स्यु यसरी भन्छन्:

     हालआएर पीत नदीका किनारामा बसोबास गर्ने बासिन्दाहरूको जीवन सम्पन्न भएको छ। विशेषत: हाम्रा माझीहरूको जीवन पनि सम्पन्न भयो। मेरो मनमा, व्हाङ्ग ह नदी साँच्चि नै मातृ-नदी हो। व्हाङ्ग ह नदी हाम्री आमा नै रहिछन्!

     पीत नदीका किनारमा निकै प्रशस्त जल स्रोत र सिम्सार क्षेत्र फैलिएका छन्। हाल अधिकांश सिम्सार क्षेत्रलाई नमूनात्मक कृषिसम्बन्धी पर्यावरणीय बगैँचाको रुपमा निर्माण गरिएका छन्। व्हाङ्ग ह फु चिङ्ग नामकको पर्यावरणीय बगैँचा पनि तीमध्येको एक हो।

     व्हाङ्ग ह फु चिन नामक पर्यावरणीय बगैँचा पीत नदीको दक्षिणी र उत्तरी दुवै किनारमा पार गरिन्छ। त्यसको कूल लम्बाई आठ किलोमिटर रहेको छ। अन्य पर्यावरणीय बगैँचा बीच के फरक छ भने त्यो पर्यावरणीय बगैँचा थाइवानको फु चिङ्ग गूटको पूँजीद्बारा सञ्चालित गरिन्छ। त्यस बगैँचामा कार्यरत् कर्मचारीहरू सबै नै थाइवान फु चिङ्ग समूहका हुन्। फु चिङ्ग समूहका संस्थापक लेनले थाइवानका मीठा खानेकुराहरू तथा मनोरञ्जनात्मक कार्यक्रमहरू पनि चीनको मुख्य भूमिमा ल्याउनुभयो। उहाँका भतिजाले यसरी जानकारी दिँदै भन्छन्:

     यस बगैँचामा मेरा काकाले लगानी गर्नुभएको हो। हाम्रा थाइवान बासीहरूले बाल्यकालदेखि नै पीत नदीप्रति मातृ-नदी भन्ने गहिरो भावना लिँदैआएका छौँ। यसै कारण हामी सक्दो प्रयासमार्फत व्हाङ्ग ह नदीका लागि केही योगदान गर्न चाहन्छौँ।

     आफ्नो जन्मथलो तथा मातृभूमिप्रति निकै गहिरो भावना लिनुभएको संस्थापक व्यक्ति लेनले उक्त बगैँचामा चालीस हेक्टरको हरियो द्बीपसहित ठूलो तालको पनि निर्माण गर्नुभयो। उहाँले त्यस ताललाई एउटा मीठो नाम राख्नुभयो, जुन "सूर्य र चन्द्रमा ताल"भन्ने नाम हो। तालका दुवै किनारामा हरियाली वनस्पतिले ढाकिनुका साथै तालमा पाँच लाखभन्दा बढी माछाहरू आनन्दसँग खेलिरहेका छन्।

     हालको व्हा युआन बन्दरगाह पुगेर पर्यटकहरूले व्हाङ्ग ह नदीको लामो इतिहासको पुन:सिंहावलोकन गर्नुबाहेक, नयाँ युगमा स्थापित हरित दृश्यको पनि अवलोकन गर्नसक्छन्।

जानकारी तथा लेखहरु
सुझाउ