फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ पियानो वादक ली युन दि

(GMT+08:00) 2014-05-14 10:38:55

        सन् 2000 अक्टोबर ली युन दि चीनको तर्फबाट उच्चस्तरीय पियानो प्रतियोगिता अर्थात् अन्तर्राष्ट्रिय चोपिन पियानो प्रतियोगितामा सहभागी हुनुभएको थियो। अन्तर्राष्ट्रिय चोपिन पियानो प्रतियोगिता एक किसिमले पियानो ओलम्पिक नै कहलाइएको छ। यो प्रतियोगिता हरेक पाँच वर्षमा एक पटक आयोजना गर्ने गरिन्छ। अठार वर्षीय ली युन दिले लगातार पन्ध्र वर्षसम्म स्वर्ण पुरस्कार जितेर मूल्यांकन नगरिएको रेकर्ड भंग गरी च्याम्पियन जित्नुभयो। उहाँ अन्तर्राष्ट्रिय चोपिन पियानो प्रतियोगितका सबैभन्दा कान्छो च्याम्पियन र यो पुरस्कार जित्ने प्रथम चिनियाँ हुनुहुन्थ्यो। उहाँले मातृभूमिका लागि प्रतिष्ठा दिलाउनुभयो। उहाँ अन्तर्राष्ट्रिय संगीत मञ्चद्वारा "चीनको संगीत क्षेत्रको कोसेढुङ्गा" कहलाइनुभयो।

        ली युन दिको जन्म सन् 1982 अक्टोबर सात तारिखका दिन चीनको छुङ छिङमा भएको थियो। सात वर्षको हुँदा उहाँले पियानो बजाउन थाल्नुभयो। सन् 1992देखि सन् 1999सम्म उहाँले अनेकौं अन्तर्राष्ट्रिय र चिनियाँ पियानो प्रतियोगिताहरुमा भाग लिएर पुरस्कारहरु जित्नुभयो।

        पियानो क्षेत्रको सर्वोच्च प्रतियोगिता जितेपनि उहाँमा कुनै घमण्ड छैन । सन् 2001 मा उहाँ जर्मनीस्थित हानोवर संगीत, नाटक र मिडिया विश्वविद्यालय अध्ययन गर्न त्यसतर्फ जानुभयो। यस विश्वविद्यालयमा अध्ययन गर्दा ली युन दिका गुरु इजरेली प्रसिद्ध पियानो वादक अरी वार्ड हुनुहुन्थ्यो। सन् 2006 मा ली युन दि उत्कृष्ट उपलब्धिमा त्यहाँ स्नातक हुनुहुन्थ्यो। सोही वर्षमा ली युन दिले स्नातक भएपछि पहिलो स्वदेशी कन्सर्टको आयोजना गरी हानोवरमा अध्ययन गर्नुभएको पाँच वर्षको उपलब्धि प्रदर्शन गर्नुभयो। हालसम्म ली युन दिले उहाँको लक्ष्य साकार तुल्याउन प्रयास गरिरहनु भएको छ। पश्चिम संगीत मिलाएर चीनको सँस्कृति र कलालाई निरन्तरता दिने र चोपिनजस्तै "मातृभूमिलाई माया गर्ने संगीतकार बन्ने" उहाँको लक्ष्य हो।

        उत्कृष्ट सांगितिक क्षमता र पियानो बजाउने उत्कृष्ट स्तरको कारण ली युन दिले हरेक वर्षमा यूरोप, अमेरिका र एशियाका सबैभन्दा प्रसिद्ध कन्सर्ट हलहरुमा कन्सर्ट आयोजनाको निमन्त्रणा पाउनुभयो। उहाँले विश्वका तीस वटाभन्दा बढी मुलुकका दुई सय वटाभन्दा बढी शहरमा कन्सर्टको आयोजना गर्नुभयो। जस्तै भनौः भियना सुनौलो हल, बर्लिन कन्सर्ट हल, न्यूयोर्क कार्नेजी हल, लण्डन शाही पर्व हल, चिनियाँ राष्ट्रिय कला प्रदर्शन केन्द्र, जापानको सुन्तोरी हलआदि। पश्चिमा मुलुकहरुमा ली युन दिलाई "रोमान्टिक समूहका पियानो उत्तराधिकारी" मानिएको छ।

        सन् 2010 ली युन दि पोल्याण्ड सरकारद्वारा पोल्याण्डको सर्वोच्च इज्जत पुरस्कार "प्रतिष्ठित कला"नामक साँस्कृतिक पदक वितरण गरिएको थियो। उहाँ इतिहासमा यस पुरस्कार पाउने प्रथम चिनियाँ हुनुहुन्थ्यो। विश्वमा उहाँका धेरै फ्यानहरु छन्। उहाँ पनि रोलेक्स, बन्चआदि प्रसिद्ध ट्रेड मार्काहरुका दूत बन्नुभयो। विश्वको प्रसिद्ध सञ्चार-माध्यम "न्यूयोर्क टाइम्स"ले ली युन दिको साँगितिक क्षमताको प्रंशसा गर्‍यो र उहाँलाई वर्तमान कालका सबैभन्दा रोमान्टिक पियानो वादक भएको मूल्यांकन गर्‍यो।

        संगीत कला वाहेक, ली युन दि संगीतको शिक्षण कार्यमा पनि संलग्न हुनुभएको छ। सन् 2004मा उहाँ पैचिंग नोमल विश्वविद्यालयका अतिथि प्राध्यापकको रुपमा नियुक्त गरिनुभयो। सन् 2006 मा उहाँ शांगहाई संगीत कलेजद्वारा मानार्थ प्राध्यापकका रुपमा नियुक्त गरिनुभयो। उहाँले लण्डन शाही संगीत कलेज र क्याम्ब्रिज विश्वविद्यालयमा विद्यार्थीहरुका लागि कक्षा लिने गर्नुहुन्छ। सन् 2012 मा ली युन दि स छ्वान संगीत कलेजअन्तर्गत पियानो कला प्रतिष्ठानका उप प्रमुख र प्राध्यापक पनि बन्नुभयो।

        ली युन दिले संगीत र सँस्कृति क्षेत्रमा योगदान गर्ने बाहेक सार्वजनिक हितका कार्यमा पनि सक्रियताका साथ हात हाल्नुभएको छ। उहाँले धेरै पटक परोपकारमूलक कार्यक्रमको आयोजना गर्नुभएको छ। उहाँले हु नान प्रान्तीय ग्रामीण क्षेत्रका बालबालिकालाई संगीत कक्षाका लागि चन्दादान पनि गर्नुभएको छ।

        चीन र अझ एशियामा ली यु दिले इतिहास नै खडा गर्नुभयो। संगीत र सँस्कृतिको नमूनाको हैसियतमा उहाँले लोक संगीतको नयाँ प्रवाह निर्देशन गर्नुभयो। उहाँ युवा जगतको एक उत्कृष्ट उदाहरण पनि बन्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ