फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ह पै प्रान्तको छाउ फै तेनद्वारा पैचिङ्ग, थेन चिन र ह पैको एकीकृत विकासमा महत्वपूर्ण भूमिका निर्वाह

(GMT+08:00) 2014-05-22 08:53:42

       ह पै प्रान्तीय थाङ शान शहरको छाउ फै तेनले पैचिङ्ग र थेन चिनलाई जोडेको छ। आगामी दिनमा छाउ फै तेनले पैचिङ्गलाई जल श्रोत-साधन उपलब्ध गराउने, पैचिङ्ग, थेन चिन र ह पैको एकीकरण बढाउनेआदि क्षेत्रहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ।

       चीनमा पानीको अभाव भएका शहरहरुमध्येको एकको रुपमा पैचिङ्गले अरु क्षेत्रबाट पानी भित्र्याउन कदम चालिरहेको छ। पैचिङ्गबाट दुई सय किलोमिटर टाढा रहेको ह पै प्रान्तको छाउ फे तेनको पो हाई सागरले पैचिङ्गलाई पानी उपलब्ध गराउनसक्ने छ।

       हाल पैचिङ्ग जल समूह लिमिटेडका सम्बन्धित जिम्मेवार व्यक्तिले छाउ फे तेनको समुद्री पानी निर्मलीकरण भएपछि पैचिङ्ग पुर्‍याइने समय-तालिका प्रस्तुत गरेका छन्। ती जिम्मेवार व्यक्तिकाअनुसार, सन् 2019 समुद्री पानी निर्मलीकरण भएपछि पैचिङ्ग आपूर्ति गराइने अनुमान गरिएको छ। थाहा भएअनुसार, निर्मलीकरण भएपछि खाने पानीको मापदण्ड पुरा गरेको पो हाई सागरको समुद्री पानी पाइपलाइनमार्फत् पैचिङ्गतर्फ ढुवानी गरिनेछ। समुद्री पानीले पैचिङ्गको एक तिहाई पानीको मागलाई पूरा गर्नसक्ने छ। पैचिङ्ग जल समूह लिमिटेडले थाङ शान शहरको छाउ फे तेनमा स्थापना गरेको समुद्री पानीको निर्मलीकरण कम्पनी लिमिटेडले समुद्री पानीको निर्मलीकरणको काम गर्दैआएको छ। उक्त कारखानाका जिम्मेवार व्यक्ति चौ हाई यानले जानकारी दिएअनुसार, 1 टनको समुद्री पानी निर्मलीकरण भएपछि 0.46 टनको शुद्ध पानी उत्पादन गर्नसकिन्छ। हाल दिन प्रतिदिनको उत्पादन मात्रा पचास हजार टन छ र त्यो समुद्री पानीले छाउ फै तेनलाई मात्रै आपूर्ति गरेको छ।

       छाउ फे तेनका उप प्रमुख एवम् छाउ फे तेन उद्योग क्षेत्रको व्यवस्थापन समितिका उप प्रमुख चाङ क्वै पाउले जानकारी दिनुभएअनुसार, समुद्री पानी निर्मलीकरण गरिएपछि पैचिङ्ग पुर्‍याउने परियोजना हाल है पै प्रान्तको विकास तथा सुधार समितिद्वारा अनुमोदन गरिएको छ। उक्त परियोजनाको डिजाइन लक्ष्य हरेक दिन दश लाख टनको समुद्री पानीको निर्मलीकरण गर्ने हो।

       पैचिङ्ग जल समूह लिमिटेडअन्तर्गत् समुद्री पानीको निर्मलीकरण विभागका प्रमुख वाङ स्याउ श्वैले बताएअनुसार, पो हाई सागरको अरु समुद्री क्षेत्रको तुलनामा छाउ फे तेको पो हाई सागरको समुद्री पानी सफा छ र चीनको दोस्रो श्रेणीको मापदण्ड पुगेको छ। निर्मलीकरण भएको समुद्री पानी खाने पानीसम्बन्धी चीनको एक सय आठ वटा मापदण्डसित अनुकूल हुने छ। पाइप लाइनमार्फत् पैचिङ्ग ढुवानी गरिएपछि पैचिङ्गको पानी कारखानाले फेरी एक पटक तह मिलाउने छ।

       छाउ फे तेनका उप प्रमुख चाङ क्वै पाउले बताउनुभएअनुसार, पैचिङ्ग, थेन चिन र ह पै सँगसँगै विकास हुने साथसाथै आधारभूत प्रबन्धको निर्माणमा गति प्रदान गरिनेछ। ह पै प्रान्तले थाङ शान-छाउ फे तेन एक्सप्रेस रेलवेको निर्माण गर्ने योजना गरेको छ। उक्त एक्सप्रेस रेलवे संचालन भएपछि पैचिङ्ग-थाङ शान-छाउ फै तेन रेलवे मार्ग पूरा हुने छ। पैचिङ्गबाट छाउ फै तेन जान पचास मिनेट लाग्छ। पैचिङ्ग र छाउ फै तेनबीचको दूरी पनि छोट्टिने छ।

       शौ काङ समूहअन्तर्गत चिंग थाङ कम्पनी सबैभन्दा पहिले छाउ फै तेनमा स्थानान्तरण गरिएको उद्योग-व्यवसाय थियो। यो कम्पनी पैचिङ्ग र छाउ फै तेबीचको सहयोगको नमूना मानिएको छ। चाङ क्वै पाउकाअनुसार, राष्ट्रिय व्यवसाय नीतिसित अनुकूल हुने र छाउ फै तेनको परियोजनासित अनुकूल हुने व्यवसायहरु छाउ फै तेन उद्योग क्षेत्रमा सार्नसकिने छ। शिक्षा, विज्ञान तथा प्रविधि, अनुसन्धान तथा विकास, चिकित्सा आदि परियोजनाहरु थाङ शान खाडी पर्यावरण क्षेत्रमा प्रवेश हुनसक्ने छ।

       सन् 2013 अक्टोबर, नोभेम्बर र सन् 2014 मार्च महिना छाउ फै तेनका सम्बन्धित विभागहरुले पैचिङ्ग गई चार सय वटा उद्योग-व्यवसायको अवलोकन गरेको छ। छाउ फै तेनको परियोजनाअनुसार, चालू वर्षमा पैचिङ्ग र थेन चिनका व्यवसायहरु सार्ने बयालीस वटा परियोजना छाउ फै तेनमा हस्ताक्षर गरिने र त्यहाँ प्रवेश हुने छन्।

       चालू वर्षको जुन महिना छाउ फै तेनले पैचिङ्गको चुङ क्वआन छुनसँग सम्झौता पत्रमा हस्ताक्षर गरी चुङ क्वआन छुन व्यवस्थापन समिति र छाउ फै तेनको उद्योग क्षेत्र व्यवस्थापन समितिका लागि "चुङ क्वआन छुन-छाउ फै तेन विज्ञान तथा प्रविधि व्यवसाय क्षेत्र"को निर्माण गर्ने भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ