फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हजारौँ वर्षको इतिहास बोकेको प्राचीन बस्ती थोङ्ग ली

(GMT+08:00) 2014-05-05 09:00:40

     चीनको च्याङ्ग सु प्रान्तको थाइ हु तालको छेउमा हजारौँ वर्षको इतिहास बोकेको एउटा प्राचीन बस्ती अवस्थित छ। त्यो प्राचीन बस्तीको नाम थोङ्ग ली हो। त्यहाँ स्वच्छ पानी बगिरहेको र ढुङ्गे पूल ठडिएकाले टाढाबाट हेर्दा एउटा सुन्दर तस्वीर जस्तै देखिन्छ। त्यहाँ विशेषतायुक्त प्राचीन वस्तुहरु र गहिरो बौद्धिक दृश्य भएकाले देश र विदेशका झन् झन् बढी पर्यटकलाई आकर्षित गर्दछ।

     थोङ्ग ली बस्तीको चारैतिर स्वच्छ पानी रहेको छ। जम्मा पन्ध्रवटा साना तथा ठूला नदीबाट समस्त बस्तीलाई सात द्बीपमा विभाजन गरिएको छ। बस्तीमा रहेका प्राय:जसो वास्तुहरु पानीको छेउमा निर्मित छन्। स्वच्छ पानी बस्तीमाझ बगिरहेको दृश्यलाई थोङ्ग ली बस्तीको सबैभन्दा ठूलो विशेषता नै मानिएको छ।

     प्राध्यापक चौ च्येन शाङ्गहाई शहरको थोङ्ग चि विश्वविद्यालयअन्तर्गत् वास्तु तथा शहर निर्माण प्रतिष्ठानका उपप्रमुख हुनुहुन्छ। साथै उहाँ संयुक्त राष्ट्र संघ अन्तर्गत एशिया प्रशान्त क्षेत्रको विश्व पूरातात्विक वस्तुसम्बन्धी तालिम तथा अनुसन्धान केन्द्रका स्थायी उपप्रमुख पनि हुनुहुन्छ। प्राचीन बस्ती थोङ्ग लीका बासिन्दाहरुले उहाँलाई गहिरो छाप पारेका छन्। उहाँ यसरी भन्नुहुन्छ:

     मेरो विचारमा, समस्त प्राचीन बस्तीले मानिसलाई एक किसिमको विशेषतायुक्त छाप पारेको हुन्छ। बस्तीको आफ्नो वास्तु-कलाको दृष्टिबाट हेर्दा विशेषतायुक्त भवनमा रहेको सांस्कृतिक विषय ज्यादै प्रशस्त छ। यसबाहेक, प्रत्येक परिवारको घरमा शुभेच्छा तथा प्रार्थना पनि मौजुद छ। त्यहाँका प्रत्येक परिवारको आँगनमा भिन्ना-भिन्नै किसिमका वनस्पति लगाइन्छ। त्यसैगरी बासिन्दाहरु बस्ने वातावरण ज्यादै हरियाली भएकाले निकै राम्रो देखिन्छ। त्यहाँ बस्नु निकै शान्त लाग्दछ।

     थोङ्ग ली बस्तीमा छाडिएका प्राचीन वास्तुहरुमध्ये प्राय:जसो चीनको मिङ्ग तथा छिङ्ग वंशकालमा निर्माण गरिएका हुन्। थ्वै स युआन भन्ने भवन तीमध्येको सबैभन्दा प्रसिद्ध भवन हो। सन् 2000मा थ्वै स युआनलाई संयुक्त राष्ट्र संघको युनेस्कोले विश्व सांस्कृतिक पूरातात्विक वस्तुसूचीमा समावेश गरेको थियो। स्थानीय पथ प्रदर्शकले यसरी जानकारी भन्छिन्:

     सबै पर्यटकहरुमा म पथ प्रदर्शकको नमस्कार! हाल हामी राष्ट्रिय महत्वपूर्ण संरक्षणात्मक एकाइमा आइपुग्यौं। जुन विश्व सांस्कृतिक पूरातात्विक वस्तु पनि हो। त्यो भवनको नाम थ्वै स युआन रहेको छ। थ्वै स युआनको द्बारमाथि झुण्डिएको बोर्डमा रहेका अक्षरहरु स्वर्गीय गण्यमान्य व्यक्ति वाङ्ग ताउ हानले लेख्नुभएको हो।

     जति गर्मी मौसममा थ्वै स युआन आए तापनि शीतलताको अनुभव गर्नसकिन्छ। त्यस भवनका झ्यालको काठमा कुँदिएका सुन्दर तस्वीरहरु ज्यादै कुशल देखिन्छ। ती तस्वीरहरुमध्ये फूल, चरा, पशु तथा चीनका परम्परागत कथा पनि समावेश छन्। ती विशेषतायुक्त तस्वीरले चलचित्र वा टेलिभिजन सिरियल बनाउने अधिकांश कम्पनीलाई आकर्षित गरेको छ। सन् 1984 यता त्यहाँ खिचिएका चलचित्र वा टेलिभिजन सिरियलको संख्या दुई सयभन्दा बढी पुगेको छ।

     थोङ्ग ली बस्तीमा अवस्थित अर्को भवन अर्थात् च्या यिन थाङ्ग भन्ने भवन सन् 1922 मा निर्माण गरिएको थियो। त्यस भवनलाई थोङ्ग ली बस्तीमा रहेका प्राचीन भवनहरुमध्ये नमुनात्मक वास्तु पनि मानिन्छ। त्यस भवनमा काठबाट कुँदिएका एक सयभन्दा बढी मूर्तिहरु राखिएका छन्। यति धेरै काठे मूर्ति बोकेको भवन पनि विश्वमा निकै प्रख्यात छ।

     च्याङ्ग सु प्रान्तको विशेषतायुक्त वातावरण र प्राचीन वास्तु-शैलीको अवलोकन गर्नका लागि प्राय:जसो पर्यटक विशेषत: विदेशी पर्यटकहरु थोङ्ग ली बस्तीमा तीन/चार दिनसम्म बस्ने गर्दछन्। थोङ्ग ली बस्तीका श्रेष्ठ पथ प्रदर्शक स्युए रुनले जानकारी दिँदै भन्छन्:

     थोङ्ग ली बस्तीमा निकै बढी होटेल तथा अतिथि भवनहरु छन्। तीमध्ये चार/पाँच तारे होटेलको संख्या निकै बढी छ। ती होटेल तथा अतिथि भवनहरुको स्तर ज्यादै उच्च रहे तापनि अधिकांश विदेशी पर्यटकहरु प्राचीन बस्तीका बासिन्दाद्बारा खोलिएका साना अतिथि भवनमा बस्न मन पराउँछन्। यसै कारण थोङ्ग ली बस्तीमा बासिन्दाहरुद्बारा खोलिएका साना अतिथि भवनहरुको सँख्या झन् बढ्दैगएका देखिन्छ। ती अतिथि भवनहरु ज्यादै विशेषतायुक्त र सफा छ। ती अतिथि भवनमा बस्दा पर्यटकहरु बिहान उठेपछि स्थानीय बासिन्दासँगसँगै सानो बजारमा माल-सामान किन्नुका साथै बेलुकी उनीहरुसित बाहिर घुम्नसक्छन्। त्यसले गर्दा पर्यटकहरुले साँच्चिनै च्याङ्ग सु प्रान्तको विशेषताको अनुभव गर्न सक्नेछन्।

     स्थानीय बासिन्दा चाङ्ग होङ्ग यिङ्गले थोङ्ग ली बस्तीमा एउटा विशेषतायुक्त सानो अतिथि भवन खोल्नुभयो। आफ्नो अतिथि भवनबारे चर्चा गर्दै उनी यसरी भन्छिन्:

     पाहुनाहरुले प्राय:जसो इन्टरनेटमार्फत् हाम्रा कोठा बुकिङ्ग गर्ने गर्दछन्। यसका अतिरिक्त, केही पाहुनाहरु आफ्नो साथीबाट पाएको जानकारीका आधारमा यहाँ आइपुगेका हुन्छन् भने कोही नक्शामा आफूले पत्ता लगाएर नै यहाँ पुगेका हुन्। हामीकहाँ बस्ने पाहुनाहरुमध्ये विदेशीहरु बढी छन्। ती विदेशी पर्यटकमध्ये फ्रान्स, बेलायत र अन्य मुलुकबाट आएका हुन्। मेरो आँगनमा विभिन्न किसिमका वनस्पति लगाइन्छन्। यसबाहेक, कोठामा राखिएका पलङ्गहरुमध्ये कैयौं वर्षको इतिहास बोकेको र रङ्गीचङ्गी मूर्ति कुँदिएको पलङ्ग पनि छन्। ज्यादै मूल्यवान छ! पाहुनाहरु यहाँ आएपछि एक किसिमको विशेषतायुक्त र आनन्ददायी अनुभव गर्नसक्ने भन्ने मेरो हार्दिक विश्वास छ।

जानकारी तथा लेखहरु
सुझाउ