फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको शाङ्गहाईमा कार्यरत् एकजना भारतीय साथी अशिश

(GMT+08:00) 2014-05-16 10:14:42

     चीनको शाङ्ग हाई एउटा अन्तर्राष्ट्रिकरण भएको ठूलो शहर हो। त्यस शहरमा दुई करोड तीस लाखभन्दा बढी जनसङख्या बसोबास गर्दछन्। तिनीहरूमध्ये शाङ्गहाई गएर काम गर्ने, जीवन बिताउने र शाङ्गहाईलाई आफ्नो जन्मथलो मानेका विदेशीको सङख्या पनि बढी छ।

     प्राप्त तथ्याङ्कअनुसार, हाल हरेक वर्ष छ लाखभन्दा बढी भारतीय नागरिकले चीनमा काम गर्ने, अध्ययन गर्ने र जीवन बिताउने गर्दछन्। आजको कार्यक्रममा म तीमध्येको एकजना भारतीय साथीबारे श्रोतालाई केही अवगत गराउँछु।

     अशिश गुटेदर नामका पुरुष भारतमा जन्मनुभएको हो। उहाँले बेग्ला बेग्लैगरी अमेरिका र फ्रान्समा उद्योग-वाणिज्य सम्बन्धी दुईवटा मास्टरको पदवी प्राप्त गर्नुभयो। हाल उहाँ देश पार गरिने एउटा नामी कम्पनीको शाङ्गहाई शाखा कम्पनीमा कार्यरत् हुनुहुन्छ।

     अशिश लाई नयाँ युगका आधुनिक भारतीय नागरिकको एकजना प्रतिनिधि पनि भन्नसकिन्छ। उहाँका अनुसार, बितेका केही वर्षयता चीन विकसित हुँदैआएको तीव्रता सारा विश्वका लागि ध्यानाकर्षणको विषय बनेको छ। उहाँ यसरी भन्नुहुन्छ:

     चीनमा काम गर्ने सुअवसर पाउँदा मलाई एकदमै गदगद लागेको छ। किनकि आगामी केही वर्षभित्र चीनको अर्थतन्त्र विश्वका अघिल्ला पँक्तिमा पुग्नेमा म निकै विश्वस्त छु। त्यसैकारण चिनियाँ रीतिरिवाज र सँस्कृतिबारे अझ गहन रुपमा जानकारी लिनु नै मेरो लागि ज्यादै महत्वपूर्ण कुरा हो।

     अशीशका अनुसार, चीन र भारत दुवै देश बीच सँस्कृतिका सम्बन्धमा धेरै समानताका विषय छन्। तैपनि आफु चीन आएको शुरुवातमा भाषाको कारण अधिकांश कठिनाई पनि सामाना गर्नुपरेको थियो। चीन पुगेपछि आफैंले गरेको पहिलो यात्राको पुन:सिंहावलोकन गर्दा उहाँलाई निकै हाँसो पनि लागेको छ। उहाँ यसरी भन्नुहुन्छ:

     म गत वर्षको मार्चमा शाङ्गहाई आइपुगेको हुँ। यहाँ आइपुगेको दुई हप्तापछि मेरा साहुजीले मलाई स्या मन शहरमा पठाउनुभयो। शा मनमा रहँदा खाने बेला भयो, मेरा छेउका मानिसहरू सबै खाइरहेका थिए। तर कहाँ खाना पाउनसक्ने भन्ने मलाई पट्टकै थाहा थिएन। त्यसैगरी मैले उनीहरूसँग सोधें, तपाईंको खाना कहाँबाट पाउनुभयो? तर उनीहरूले मेरो भाषा बुझ्दैनन्। मैले बाध्य भएर नौ घण्टासम्म भोकभोकै विताउनुपरेको थियो।

     त्यो कठिनाई पनि, एउटा हाँसोलाग्दो विषय नै थियो। तर त्यति बेलाको दाँजोमा अहिले अशीशको चिनियाँ भाषा धेरै स्तरीय छ। उहाँले मोटामोटी रुपमा सामान्य जीवनमा चाहिने शब्दहरू सिक्नुका साथै आफ्नो स्मार्टफोन राखिएको शब्दकोषमार्फत चिनियाँ रीतिरिवाज र सँस्कृतिबारे ज्ञान प्राप्त गर्ने गर्नुहुन्छ।

     चीन पुगेको करिब आधा वर्षपछि मात्र अशीशले चीन सम्बन्धी आफ्नो विशेष अवधारणा तयार पार्नुभयो। उहाँको विचारमा चीन एउटा सुरक्षित र मैत्रीपूर्ण देश हो। मिहिनेत र निष्ठापूर्ण चिनियाँ जनता चीनको वृहत्तर विकासका मूलभूत शक्ति हुन्।

     अशीशको विचारमा चीन र भारत दुवै नै विश्वका घना जनसङख्या भएका ठूला देश हुन्। तर दुवै देशका सामाजिक अवस्थाको दाँजोमा निकै फरकपना देखिन्छ। एउटा कुराले अशीशलाई निकै प्रभावित पारेको छ, त्यो के हो भने चिनियाँ समाजले महिलाको विस्तृत रुपमा सम्मान गर्दछ। चिनियाँ महिलाहरू आफ्नो आत्मविश्वासका कारण झन् सुन्दरी र आधुनिक देखिन्छन्। उहाँ यसरी भन्नुहुन्छ:

     चीनमा बस्दाखेरी मैले के देखेको छु भने चिनियाँ महिलाहरू राति सडकमा हिंड्दा कुनै चिन्ता पनि लिनुपर्दैन। ट्याक्सी चलाउने चालकहरूमध्ये अधिकांश महिला पनि हुन्छन्। के भन्नसकिन्छ भने चिनियाँ महिलाहरू भिन्ना भिन्नै किसिमका पेशमा कार्यरत् हुन सक्छन्।

     अशीशको विचारमा "चीन"भन्ने शब्द हाल आफ्नो जीवनमा रहेको एक महत्वपूर्ण अङ्ग बनिसकेको छ। झन् बढी समय वा अवसर छ भने उहाँले आफ्नो पैदलबाट चीनका हरेक शहरको अवलोकन गर्ने चाहना पाल्नुभएको छ। आफ्ना आँखाद्बारा चीनमा भइरहेका परिवर्तन र विकासको अनुभव गर्ने चाहना उहाँमा छ।

     चीनको विकसित र रङ्गीचङ्गी जीवनले अशीशलाई झन् सुमधुर अनुभव ल्याउनसक्ने भन्ने हाम्रो आशा पनि छ।

जानकारी तथा लेखहरु
सुझाउ