फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिन च्याङको थ्येन शान पहाडको परिचय

(GMT+08:00) 2014-05-08 16:00:28

       सन् 2013 को जुन एकाइस तारिख कम्बोडियाको राजधानी नोमपेहमा आयोजित 37औँ विश्व सम्पदा महाधिवेशनले चीनको "सिन च्याङ थ्येन शान पहाड"लाई विश्व प्राकृतिक सम्पदामा औपचारिक रुपमा राखेको हो। थ्यान शान पहाड विश्वका सबभन्दा ठूला सात पहाड प्रणाली मध्येको एक हो। साथै विश्वको सहनशील सुख्खा क्षेत्रको सबभन्दा ठूलो पहाड श्रृंखला र विश्वको सबभन्दा ठूलो पूर्व-पश्चिमतिरको स्वतन्त्र पहाड पनि हो। सिन च्याङ थ्यान शान पहाड विश्व प्राकृतिक सम्पदा क्षेत्र नै छाङ जि ह्वी जातीय स्वायत्त प्रिफेक्चरको पो ग दा, पा यिन क्वो लङ मंगोलियाली जातीय स्वायत्त प्रिफेक्चरको पा यिन पु लु ख र आखसु क्षेत्रको थो मु अर, यी ली कजाक स्वायत्त प्रिफेक्चरको खालाच्युन-खुरदनिङ यी चार क्षेत्रबाट गठित भएको हो र त्यस्को कूल क्षेत्रफल पाँच हजार सात सय 59 वर्ग किलोमिटर रहेको छ। सिन च्याङका तीनवटा नदी अर्थात् सिर नदी, छु नदी र यी ली नदीका स्रोत सबै उक्त पहाडबाट सुरु भएको हो।

       थ्यान शान पहाड श्रृंखलाले सिन च्याङलाई दुई भागमा विभाजन गरेको छ। दक्षिणतिर थाखमु उपत्यका र उत्तरतिर चुनगर उपत्यका। यी दुईवटा उपत्यकाका प्राकृतिक विशेषता निकै फरक छ। थालिमु उपत्यका अग्ला पहाडहरुबाट घेरिएको छ। यहाँको जलवायु निकै सुक्खा छ। यहाँ धेरैजसो मरुभूमि रहेको छ तर चुनगर उपत्यकाको उत्तर-पश्चिमी पहाडका धेरै फरक छन्, आन्ध्र महासागर र उत्तरी ध्रुवीय महासागरको हावाको वहाव यहाँ प्रवेश हुनसक्छ, त्यसैले अपेक्षाकृत आद्र हुन्छ। यहाँ घाँसे क्षेत्र उत्कृष्ठ छ। पशुपालन उद्योग पनि विकसित छ। प्रसिद्ध खलामाइ तेल क्षेत्र उक्त उपत्यका पनि यहीँ पर्छ।

       थ्यान शान पहाड प्रणालीमध्ये समुद्र सतहदेखि पाँच हजार मिटरभन्दा अग्ला चुचुराको संख्या दश पुगेको छ। यी बादलमा पुगेका चुचुरामा वर्षभरि हिम जमेको हुन्छ। टाढाबाट हेर्दा निकै भव्य तथा गोप्य जस्तो लाग्ने गर्छ। तीमध्येको बोगदा चुचुरो पाँच हजार चार सय 45 मिटर अग्लो छ। यो पूर्वी थ्या शान पहाडको बोगदा पहाडको सबभन्दा अग्लो चुचुरो हो। उक्त चुचुराको तीन हजार आठ सयभन्दा माथिको भागमा वर्षभरि नै हिउँ रहेको हुन्छ। त्यसैले यस क्षेत्रलाई"हिमाली समुद्र" पनि भनिन्छ। बोगदाको पहाडी क्षेत्रमा एउटा थ्यान छ" नामको ताल छ। एक हजार नौ सय मिटरको उचाइमा रहेको उक्त तालको गहिराई नब्बे मिटर रहेको छ। तालको पानी हिम पग्लेर भएको हो, सोच्छ तथा पारदर्शी छ, एक ठूलो ऐना जस्तो देखिन्छ। श्वेत हिमाली चुचुराको चिटिक्क परेको प्रतिबिम्बि तालमा सुन्दर चित्र बनेको छ र सिन च्याङको प्रसिद्ध पर्यटन स्थल भएको छ।

        थ्यान शान पहाड प्रणालीमध्ये धेरैजसो हिमाली चुचुरोमा वर्षभरि हिम रहने गर्छ तर तीन हजारभन्दा तल्लो क्षेत्रमा पर्याप्त जनावर र वनस्पति स्रोत पनि छ। यहाँ असीभन्दा बढी किसिमका जटिबुटि छन्। त्यसबाहेक थ्यान शान पहाडमा पनि धेरै दुर्लभ तथा मूल्यवान जनावर छन्। समुद्री सतहदेखि तीन हजार मिटरसम्मका चुचुरा, पहाडी क्षेत्रको बाक्लो वन र घाँसे बगैचामा विभिन्न जनावर बस्ने प्राकृति घर हो। यहाँ हिमचितुवा मार्मोट, अट्टर, अर्गाली, लाइनेक्स, थ्येन शान मृग, थ्येन शान जरायो आदि जनावर बस्छन्।

       विश्व सम्पदा समितिले मूल्याङ्कन गर्दै सिन च्याङ थ्यान शान पहाडको उत्कृष्ठ प्राकृतिक दृश्य छ, निकै फरक भएका गर्मी तथा जाडो, सुक्खा तथा आद्र, सुनसान तथा सुन्दरलाई राम्रोसँग मिसिएर विशेष प्राकृतिक सुन्दरता देखाएको उल्ल्ख गरेको छ। विशिष्ट हिमाली उच्च भाग, दक्षिण तथा उत्तरी ढल्केका पठारहरुका दृश्यको फरकता, वनस्पतिको विविधताबाट पामिर-थ्यान शान पहाडी क्षेत्रको जैविक तथा पर्यावरण विकासको प्रक्रिया प्रतिबिम्बित भएको छ। साथै मध्य-एशिया पहाडी क्षेत्रमध्ये दुर्लभ प्रजाति र विशेष प्रजातिको लागि सबभन्दा महत्वपूर्ण बसोबास क्षेत्र पनि हो।

जानकारी तथा लेखहरु
सुझाउ