फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लामो इतिहास भएको तिब्बती चिकित्सा विश्व परम्परागत चिकित्सा मूल्यहरुमध्येको एक प्रतिनिधि बनेको

(GMT+08:00) 2014-05-13 14:17:31

        तिब्बती चिकित्सा शास्त्र नै तिब्ती पुर्खाले युरोपेली तथा एशिययाली विभिन्न परम्परागत चिकित्सा सभ्यता मिलाएर सिर्जना गरेको परम्परागत चिकित्सा प्रणाली हो। यसको इतिहास दुई हजार वर्षभन्दा लामो छ। लामो इतिहास, सम्पूर्ण सैद्धान्तिक प्रणाली, विशेषतायुक्त साँस्कृतिक विचार, प्रशस्त उपचार उपाय यी सबैले तिब्बती चिकित्सालाई विश्व परम्परागत चिकित्सा मूल्यहरुमध्येको एक प्रतिनिधि बनाएको छ।

        छिङ हाइ-तिब्बत पठारको उत्तर-पूर्वमा छिङहाइ प्रान्त पर्दछ। त्यहाँ उच्च समुद्री सतहको प्राकृतिक अवस्थाबाट उत्तम मूल्यवान औषधि स्रोत पाइन्छ। लामो तिब्बती चिकित्सा इतिहास र व्यापक सर्वसाधारण आधार पनि कायम छ।

        तिब्बती चिकित्सा सँस्कृतिको अझ राम्रोसँग संरक्षण तथा पुस्तान्तरण गर्नका लागि सन् 2006मा चीनले पहिलोपटक राष्ट्रिय अमूर्त साँस्कृतिक सम्पदा सूचिमा तिब्बती चिकित्सालाई समावेश गर्‍यो। संरक्षण र पुस्तान्तरण गर्ने विभिन्न कदम चालेपछि विश्वव्यापी तिब्बती चिकित्सा शास्त्रको प्रभाव क्रमशः विस्तार हुँदैछ। त्यसको रहस्यमय इतिहास र विकास, मोहक उपचार पद्धति र प्रभावकारीताबाट सबैलाई आकर्षित गरेको छ।

        सि निङमा पर्ने छिङ हाइ प्रान्त तिब्बती चिकित्सा तथा औषधि अध्ययन केन्द्रमा पुग्दा डाक्टरले रोगीलाई धैर्यवान रुपमा सोध्दैथे। बाहिरङ्ग सेवा भवन सफा थियो र तिब्बती ‌औषधिको सुगन्ध फैलिरहेको थियो। आइ छो छ्यान चीनको तिब्बती चिकित्सा तथा ‌औषधि सँस्कृति संग्रहालयका प्रमुख हुनुहुन्छ, छिङ हाइ प्रान्त तिब्बती अस्पताल र छिङ हाइ विश्वविद्यालयका प्रमुख हुनुहुन्छ, साथै चिन ख तिब्बती औषधि कम्पनिका अध्यक्ष पनि हुनुहुन्छ। तिब्बती औषधिको मोहक प्रभावबारे चर्चा गर्दै आइ छो छ्यानले भन्नुभयो:

         तिब्बती चिकित्साबाट मैले फाइदा पाएको छु। अठार वर्षअगाडि मलाई ठूलो आन्द्राको तल्लो भागमा क्यान्सर भएको थियो। त्यतिखेर क्यान्सरको अपरेशन भयो। अपरेशन भएपछि रेडियोथेरापी र केकोथेरापी लिनुपर्नेमा मैले त्यो लिन सकिँन। अस्पताल छोडेपछि मैले तिब्बती ‌औषधि खान थालेँ। हालसम्म अठार वर्ष भइसक्यो। मलाई पहिला क्यान्सर लागेकोबारे तपाईँले हेरेर थाहा पाउनुहुन्छ कि? म एक शास्त्रीय उदाहरण हुँ। साथै मजस्त उदाहरण अरु पनि धेरै छन्।

        छिङ हाइ प्रान्तीय तिब्बती अस्पतालका उप-प्रमुख त्वान चले जानकारी दिएअनुसार, तिब्बती अस्पतालमा आएका रोगीमध्ये स्थानीय तिब्बती सर्वसाधारण मात्र होइन, अरु प्रान्तका मानिस र अझै विदेशी रहेका छन्। त्वान चले भन्नुभयो:

        यहाँ आएका साठी प्रतिशत तिब्बती जाति र मंगोलियाली जातिका मानिस हुन्। त्यसैले अरु जातिका चालीस प्रतिशत पुगेको छ। जस्तै ह्वी जाति र हान जातिहरुका मानिसहरुलाई उदाहरणका रुपमा लिन सकिन्छ। अरु प्रान्तबाट धेरै आएका छन्। यहाँको एउटा विशेषता छ अर्थात कहिलेकाहीँ धेरै विदेशीहरु आउँछन्। उपचार गर्न गाह्रो लागेकाले उनीहरु आएका हुन्। यसबाहेक वरिपरिका अरु अस्पतालबाट सारिएको रोगी पनि छन्। पश्चिमी चिकित्सा पद्धतिले उपचार गर्न नसक्ने क्यान्सर रोगी अन्तमा हाम्रो तिब्बती अस्पताल आएका छन्। क्यान्सर रोगको लागि सबभन्दा महत्वपूर्ण भनेको दुःख घटाएर जीवन स्तरलाई माथि उकास्न हो, यो निकै महत्वपूर्ण छ।

        उत्तम प्रभाव भएकाले तिब्बती औषधिले बढी ध्यान ताने पनि केही वर्षयता तिब्बती चिकित्सा तथा औषधिको संरक्षण र विकास हुँदा पनि धेरै समस्या देखा परेको छ। केही तिब्बती ‌औषधि बनाउने विशेष तरिका र मूल्यवान पुस्तक हराएका छन्। तिब्बती चिकित्सा तथा औषधि संस्कृतिको संरक्षण तथा विकास गर्नका लागि तीस वर्षयता छिङ हाइ प्रान्तीय तिब्बती अस्पतालको साहित्य अनुसन्धान कार्यालयले पुरानो पुस्तक मिलाउन प्रयास गरिरहेको छ। हाल एक सय तीन वटा तिब्बती औषधि शास्त्रीय पुस्तकहरुको प्रकाशन कार्य भइसक्यो। विशेष गरी एक हजारभन्दा बढी मानिसले मिलेर बीस वर्षभन्दा बढी समयसम्म मिलाएको जम्मा छ करोड अक्षर भएको तिब्बती चिकित्सा शब्दकोष प्रकाशन भएकोलाई तिब्बती चिकित्सा इतिहासको कोसे ढुङ्गा मानिएको छ। आइ छो छ्यानले जानकारि दिँदै भन्नुभयो:

         तीस वर्षभन्दा बढीदेखि हामीले तिब्बती चिकित्सासम्बन्धी पुस्तक मिलाउने र प्रकाशन गर्ने काममा प्रयास गरिरहेका छौँ। हालसम्म दुई हजारभन्दा बढी पुस्तकलाई मिलाइएको छ। अहिले हरेक वर्ष हामीले अध्ययन टोली लिएर लोक क्षेत्र, गुम्बा आदि क्षेत्र पुगेर सम्बन्धित पुस्तकको संकलन गरेका र मिलाएका छौँ। यसपछि हामीले मुख्यतः अमेरिका, युरोप, बेलायत आदिसँग अन्तर्राष्ट्रिय सहयोग गर्नेछौँ। जस्तो भनौँ ब्रिटिश पुस्तकालय, ब्रिटिश संग्रहालय, अक्स्फोर्ड विश्वविद्यालयसँग बहु-क्षेत्रीय सहयोग गर्नेछ। यो काम जारी रहनेछ। जुन पुस्तक भेटेमा त्यो मिलाएर प्रकाशन गर्नेछौँ। भविष्यमा विश्वमा परम्परागत तिब्बती चिकित्सा पुस्तक संग्रह तथ्याङ्क निर्माण हुनेछ। मलाई निकै खुशी लागेको भनेको अमेरिका राष्ट्रिय पुस्तकालयमा राखिएको तिब्बती चिकित्सा पुस्तकमध्ये सत्तरी प्रतिशत हामीले प्रकाशन गरेका पुस्तक रहेका छन्।

         छिङ हाइ प्रान्तीय तिब्बती चिकित्सा अध्ययन केन्द्रका कागत-पत्र कार्यालयका प्रमुख चा पाका अनुसार, केही वर्षयता देशले तिब्बती चिकित्सा तथा ‌औषधिको कागत-पत्र मिलाउनका लागि झनै बढी ध्यान दिएको छ र अझ बढी लगानी गरेको छ। चा पाले भन्नुभयो:

         सन् 2003 राष्ट्रिय चिनियाँ चिकित्सा व्यवस्थापन ब्यूरोले जातीय चिकित्सा कागत-पत्रको बचाव र प्रकाशन योजना स्थापना गरेको थियो।। सन् 2010अघि देशले दशभन्दा बढी पुस्तकको बचाव र मिलाउने कार्यको लागि लगानी लगाएको थियो। सन् 2012मा देशको लगानी बढी भएको थियो यसरी नै लगभग साठीभन्दा बढी तिब्बती चिकित्सा पुस्तक बचाएर मिलाइएको थियो।

         तिब्बती चिकित्साको संरक्षण र विकास हुँदा अर्को महत्वपूर्ण समस्या देखिएको छ अर्थात धेरै तिब्बती ‌औषधि उच्च समुद्री सतह भएको पहाडी क्षेत्रमा जन्मेको हो र प्राकृतिक अवस्थासम्बन्धी माग उच्च छ। छिङ हाइ प्रान्तको तिब्बती अस्पतालको बाहिरङ्ग सेवाका उप-प्रमुख तान चङ स्याङ स्युले जानकारी दिँदै भन्नुभयो:

         उच्च समुद्री सतहमा रहेकोले एकातिर थोरै प्रदूषण छ अर्कोतिर गुणस्तर राम्रो छ। औषधि बनाउनका लागि राम्रो छ। नत्र कम उचाइमा उत्पादन भएमा समान औषधि तर चिकित्सा प्रभाव एकदम फरक हुन्छ।

         त्यसै कारणले उक्त दुर्लभ औषधिको उचित रुपमा संरक्षण तथा उत्पादन गर्नु नै जरुरी समस्या भएको छ। त्यसको लागि छिङ हाइ तिब्बती अस्पतालका उप-प्रमुख त्वान चले आफ्नो प्रस्ताव प्रस्तुत गर्नुभयो:

         औषधि उत्पादकलाई तालिम दिएर, कुनै दृष्टिकोणबाट हेर्दा वास्तावमा औषधिको राम्रोसँग संरक्षण गर्न सकिन्छ। उदाहरणका लागि, केही ‌औषधिको लागि हामीले फल मात्रै प्रयोग गर्छौँ तर यदि ‌औषधि उत्पादकलाई तालिम नदिएमा उनीहरुले जरासँगै उखेल्छन्। धेरै चाहिने, उच्च समुद्री सतहमा रहेको लुप्तप्राय प्रजाति, पुनर्योजी क्षमता विकसित नभएको औषधिको लगभग एक सयभन्दा बढी किसिमको छ, त्यसको लागि बढी रकम लगाएर कृत्रिम उत्पादन गर्न बढाउनुपर्छ। लुप्तप्राय नभएको भने वैज्ञानिक व्यवस्थापन गर्न मात्रै पुग्छ।

         हाल तिब्बती चिकित्सा संस्कृति लोकप्रिय बनेपछि अझै बढी मानिसले तिब्बती चिकित्साबारे सिक्ने, बुझ्ने, प्रचार-प्रसार गर्ने इच्छा राखेका छन्। छिङ हाइ प्रान्तीय तिब्बती अस्पतालका डाक्टर दौ चौ छाइ राङले हाल तिब्बती चिकित्सा सिक्ने मानिस धेरै भएको र धेरै विदेशीले पनि सिक्न आएको जानकारी दिनुभयो। उहाँले अगाडि भन्नुभयो:

         हामीले प्रशस्त अनुभव र उपलब्धियुक्त पुरानो चिकित्सकलाई निमन्त्रणा गरी तिब्बती चिकित्साको विकास गर्छौँ र विद्यार्थीलाई सिकाउँछौँ। धेरै विद्यार्थी छन्। हाल छिङ हाइ प्रान्तका विभिन्न प्रिफेक्चर र जिल्ला, तिब्बतको, अमेरिका, फ्रान्सलगायत विदेशी आदि धेरैले तिब्बती चिकित्सा सिक्नका लागि यहाँ आएका छन्।

          हाल प्रमुख आइ छो छ्यानले आफ्नो वरिष्ठ टोलीको नेतृत्व गरी क्लिनिकल, शिक्षा, अध्ययन तथा ‌औद्योगिक विकास जोडेको नयाँ मोड अध्ययन गरिरहनुभएको छ। छिङ हाइमा अझै बढी मानिसले तिब्बती चिकित्सा शास्त्रको महत्वबारे बुझेका छन् साथै झनै बढी युवाले यो काममा प्रयास गर्न थालेका छन्। भविष्यमा तिब्बती चिकित्साबाट तिब्बती क्षेत्रमा रोगीलाई उपचार गर्ने मात्र नभई विश्वका अझ बढी मानिसलाई फाइदा पुग्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ