फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छङ च्याङ माउ थ्यान शान जीवाश्म र दक्षिणी चीनको चुनढुङ्गाको क्षेत्रको परिचय

(GMT+08:00) 2014-05-25 14:27:55

       छङ च्याङ माउ थ्यान शान जीवाश्म

        छङ च्याङ जनावर जीवाश्म समूह मुख्यतः यु सी शहरको छङ च्याङ जिल्लाको फु स्यान तालको किनारमा पर्दछ। छङ च्याङ जनावर जीवाश्म समूह वर्तमान विश्वको सबभन्दा पूरानो तथा सबभन्दा राम्रो संरक्षित एउटा बहु-प्रजातीय जनावर जीवाश्म समूह हो जहाँ ढुसीदेखि मेरुदण्ड भएका लोपोन्मोख जीवजन्तुका प्रतिनिधि त्यहाँ सबै प्राप्त छन्। यिनीहरु 53 करोड वर्षअगाडिको क्याब्रिएन समयको सुरुदेखिको समुद्रमा बस्दथे, विभिन्न खालका जनावरको स्फ्टवयर संरचना सम्पूर्ण रुपमा संरक्षित भएका छन् र जिवित छन्।

        छङ च्याङ जनावर जीवाश्म आदिम समूद्रले ढाकेको क्षेत्रमा राखिन्छन्। त्यहाँ एकदमै विशेष प्राकृतिक अवस्था र वातावरणबाट 53 करोड वर्षअगाडिका विभिन्न किसिमका समुद्री जनावर जीवित रुपमा संरक्षण गरेर मूल्यवान बनाइएको छ। यो क्षेत्र शरीस्रिप जनावरको जीवाश्म समूह पनि बनेको छ।

        हाल भेटिएको छङ च्याङ जनावर जीवाश्मका किसिमको संख्या एक सय बीस किसिमभन्दी बढी पुगेको छ। छङ च्याङ जनावर जीवाश्म समूहबाट 52 करोड वर्षअगाडिका जलजीवको साँचो विश्व देखिन्छ, जैविक विकासको क्याब्रिएन विस्फोटनको रहस्य देखाउन मूल्यवान प्रत्यक्ष प्रमाण दिइएको छ। त्यसैले त्यसलाई बीसौँ शताब्दीको सबभन्दा आश्चर्यचकित वैज्ञानिक आविष्कारहरुमध्येको एक मानिन्छ, छङ च्याङलाई पनि विश्वको ढुङ्गेयुगको अध्ययन गरिने पवित्र भूमि पनि भनिन्छ।

        सन् 2012 को जुलाइ एक तारिख रुसी सेन्ट पिटर्स्वर्गमा आयोजित विश्व सम्पदा समितिको 36औँ सम्मेलनले छङ च्याङ जीवाश्म समूहलाई विश्व सम्पदा सूचिमा राखेर चीनको पहिलो जीवाश्मसम्बन्धी विश्व सम्पदा भएको हो।

        दक्षिणी चीनको चुनढुङ्गाको क्षेत्र

        दक्षिणी चीनको चुनढुङ्गाको कुल क्षेत्र पचास हजार वर्ग किलोमिटरसम्म पुग्छ। मुख्यतः युन नान प्रान्त, क्वै चौ प्रान्त र क्वाङ सी प्रान्तमा पर्दछ। चुनढुङ्गाको क्षेत्र मुख्यत चुन र डोलोमाइट भएको कार्वोनयुक्त चट्टानबाट विकसित क्षेत्र हो। दक्षिणी चीनको चुनढुङ्गाको क्षेत्र पाँच लाख वर्षदेखि तीस करोड वर्षको अवधिमा सिर्जना भएको हो र त्यस्को कूल क्षेत्रफल एक हजार चार सय साट्ठी वर्ग किलोमिटर रहेको छ।

         युन नानको श लिन कार्स्ट चीनको युन नान प्रान्तको श लिन यी जातीय स्वायत्त जिल्लामा पर्छ त्यसलाई "लु नान श लिन" पनि भनिन्छ। श लिन यी जातिको किम्बदन्तिमा आश्माको जन्मथलो हो। युन नान श लिन कार्स्टलाई विभिन्न आकारका ढुङ्गाको दृश्यको कारण विश्व सम्पदा सूचिमा राखिएको छ। श लिन अर्थात ढुङ्गे वन 27 करोड वर्षअगाडि सिर्जना भएको थियो। लामो समयसम्मको भौगोलिक विकास र जटिल पुरानो भौगोलिक वातावरण परिवर्तन भएर हाल मूल्यवान भौगोलिक सम्पदा भएको हो। त्यहाँ विश्वका धेरै कार्स्ट संरचना छन्, विशिष्ट पठार कार्स्ट पर्यावरणीय प्रणाली र सबभन्दा पर्याप्त विभिध दृश्यावलोकनको श्रोत हो। श लिनमा प्रवेश गर्दा समय सुरुङमा पसेको जस्तो लागेको छ र प्राकृतिक जादुको अनुभव लिन सकिन्छ।

         क्वै चौ प्रान्तको लि पो जिल्लाको चाङ च्याङ दृश्य क्षेत्रका सात ठूला प्वाल तथा सात साना प्वाल दृश्य क्षेत्र र माउ लान राष्ट्रिय प्राकृतिक संरक्षण क्षेत्र नै कोनीफर्म कार्स्टको प्रतिनिधिको रुपमा विश्व सम्पदा सूचिमा राखिएको छ। लि पो कार्स्ट आदिम जङ्गल, पानीमा रहेको वन र "फनेल" वनलाई "लि पोका तीनटा विशेषता" मानिन्छ। यिनीहरु पहाड, पानी जस्तो विभिन्न क्षेत्रमा रहे पनि सबै ब्यारेन तथा कमजोर र कार्स्ट वातावरणमा रहन्छन्, सबै ढुङ्गामा बनेका वन मानिन्छन्। यो मानव जाति र प्रकृतिबीच मेलमिलाप भएको चमत्कार पनि हो।

        छुङ छिङ शहरको ऊ लुङ क्षेत्रमा परेका ऊ लुङ कार्स्टका प्राकृतिक तीनटा पूल, चिङ खौ प्वाल र फु रुङ गुफा यी तीन दृश्य क्षेत्र पर्छन्। तीमध्ये फु रुङ गुफा विशाल चुनढुङ्गाको गुफा हो। त्यसको लम्बाइ दुई हजार चार सय मिटर रहेको छ भने चौडाई र उचाई तीसदेखि पचास मिटरसम्म रहेको छ। गुफाका भत्तामा विभिन्न तरिकाका घुम्रिएका ढुङ्गा, क्याल्साइट, जाइसम क्रिस्टलको फूलको दृश्य विश्वमै अत्यन्त दुर्लभ मानिन्छ। ऊ लुङ प्राकृतिक पूल दृश्य क्षेत्रलाई थ्यान लुङ पूल, छिङ लुङ पूल, है लुङ पूल यी तीनटा विशाल ढुङ्गे पूलको रुपमा विश्वव्यापी चर्चित बनेको छ र एशियाका सबभन्दा ठूलो प्राकृतिक पूल समूह पनि हो।

       सन् 2007 जुन महिनामा दक्षिणी चीनको कार्स्टलाई विश्व सम्पदा सूचिमा राखिएको थियो। विश्व सम्पदा समितिले यस्तो मूल्याङ्कन गर्छ: दक्षिणी चीनको कार्स्टको कार्स्ट विशेषता र भूभागका दृश्यका विविधता अतुलनीय रहेको छ र त्यसले विश्वको न्यानो क्षेत्रबाट उच्च भूभागसम्मको दृश्यावलोकन कार्स्ट दृश्यको नमूनाको प्रतिनिधि गरेको छ। त्यसै कारण विश्वव्यापी उत्कृष्ट मूल्य रहेको छ। आवेदन सामग्री र धेरै विशेषज्ञले दिएको प्रमाण बमोजिम यस्तो नतिजा पाउनसकिन्छ: दक्षिणी चीनको कार्स्ट—युन नान श लिन(ढुङ्गे वन)सबभन्दा राम्रो प्राकृतिक दृश्य र विश्व उक्त किसिमका कार्स्टको सबभन्दा राम्रो नमूना हो साथै विश्वका ढुङ्गेवन क्षेत्रको सबभन्दा राम्रो नमूना र कार्स्ट विशेषताको नमूना पनि हो।

जानकारी तथा लेखहरु