फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीका एक पुराना सदस्यको चिनियाँ सपना

(GMT+08:00) 2014-06-12 14:55:26

        ह पै प्रान्तको चाङ्ग च्या ख्वौ शहरको उत्तर-पूर्वी सीमा क्षेत्रमा एक 1713.4 मिटर उचाईंको यु आर पहाड अवस्थित छ भने यो पहाड स्थानीय बासिन्दाको व्यायाम तथा खेल स्थल बनेको छ। दश वर्ष यता हाल यस पहाडको वातावरणमा ठूलो परिमाणमा परिवर्तन गरिएको छ भने पहिलेको ढुङ्गा तथा घाँस लथालिङ्ग भएकोमा हाल त्यस्तो अवस्थाको सट्टामा वर्तमान अनेकौ सफा पथहरु तथा बिरुवाहरु देख्न सकिन्छ। यहाँको परिवर्तन स्थानीय सरकारद्बारा सन्2005देखि चलाइएको "हरित परियोजना" सित सम्बन्धित हुनुका अतिरिक्त एक बूढा अर्थात् चिनियाँ कम्युनिष्ट पार्टीका 78 वर्षीय सदस्य चाउ जु क्वोलाई उपेक्षा गर्नुहुँदैन।

        चाउ जु क्वो बूढा र यु आर पहाडबीचको कथा सन्1998देखिको भन्न सकिन्छ। तत्काल चाङ्ग च्या ख्वौ"लाउ कान पु व्युरो"अर्थात् निवृत्तिकर्ता सेवा व्युरोको प्रमुख पदबाट हटेपछि चाउले यु आर पहाडमा शारिरिक व्यायाम गर्न थाल्नुभएको थियो। तर यसबेला यु आर पहाडको वातावरण फोहोर तथा दुर्गन्धित अवस्थामा रहेको थियो भने सर्वसाधारणका सामु ठूलो सम्भावित सुरक्षा खतरा थियो। पहिलेको वातावरणको पुनरावलोकन गर्दै चाउले यसरी भन्नुभयो:

         पर्वतारोहण पथ एकदमै कमजोर र फोहोर थियो। सुरुवातमा मैले रुखको हाँगोले केही फोहोर-मैला संकलन गरें। तर दुई जना मुक्ति सैनिकले यस पहाडमा तालिम गर्दा पहाडबाट खसेको ढुँगाले लागेर लडेको घटनाबारे मैले थाहा पाएँ। त्यसैले यु आर पहाडको पर्वतारोहण पथलाई सुव्यवस्थित गर्ने अठोट मैले गरेको थिएँ।

         बूढा चाउको मनमा कुनै पनि कठिनाई वा चुनौतीले उक्त अठोट रद्द गर्न सक्दैन। विशेष गरी सन्1999 उहाँले दुर्भाग्यवश फोक्सो क्यान्सर भएपनि आफ्नो अठोटलाई कायम राखिरहनुभएको थियो। आफ्नो बाँया फोक्सोको तल्लो भाग चिरफार गरेर फ्याँकिएपछिको दुई महिना पार गरी बूढा चाउले कुचो लिएर यु आर पहाडको वातावरण सुव्यवस्थापन कार्यलाई पुनः निरन्तरता दिनुभयो। आत्मविश्वासबाट रोगलाई पनि पराजित गर्नसकिन्छ भने पसिनाले बलियो शारिरिक अवस्थाको निर्माण गर्छ। बूढा चाउको यस पहाड वातावरण सुव्यवस्थापन कार्य हालसम्म सोह्र वर्षसम्म चलिरहेको छ। प्रारम्भिक चरणमा सर्वसाधारणले बूढा चाउप्रति केही शँका गर्न थालेका थिए। केही मान्छेहरुले चाउले सरकारबाट इनाम पाउनका लागि उक्त गतिविधि गरेको हो भन्ने आरोप पनि लगाउन थाले। तर सोह्र वर्षसम्मको लगातार तथा द्दढ वास्तविक गतिविधिले सर्वसाधारणका सबै शँका उपशंका निवारण हुँदै गए। झन् झन् बढी पर्वतारोहणकर्ताहरुले यु आर पहाडको वातावरण संरक्षणमा भाग लिएको देखिन्छ।

         सन्2005 चाङ्ग च्या ख्वौ सरकारको नेतृत्व तथा पूरै चाङ्ग च्या ख्वौबासिन्दाको सक्रिय प्रतिक्रियामा चालिएको "हरित परियोजना" अन्तर्गत यु आर पहाडमा हरियाली योजना सुरु भयो। पहाडी पथ खोल्नु, पहाडमा रुख रोप्नु, पहाडमा पानी पाइप बन्दोबस्त गर्नु आदि काम समेटिएकोले यो योजना एकदमै जटिल छ। उक्त कुरा थाहा पाउने बित्तिकै बूढा चाउले निर्माण कामदारहरुलाई एक सुविधाजनक कामको बाटो प्रदान गर्ने तयारी गर्न थाल्नुभयो। सुरक्षाको दृष्टिकोणबाट विचार गर्दै बूढा चाउले घुमाउरो पहाडी पथका दुई किनारमा एक हजार किलोमिटर लम्बाई तथा तीस सेन्टिमिटर उचाईँको ढुँगे पर्खालको निर्माण गर्नुभयो। जसबाट निर्माणकर्ता वा ट्रकले पहाडमा कार्म गर्दा अझ सुरक्षाको प्रत्याभूति लिन सक्थ्यो ।

         के कस्तो शक्तिले सोह्र वर्षसम्मको द्दढता तथा विश्वासलाई समर्थन दिएको छ त? यसबारे बूढा चाउका अनुसार उहाँको जीवनमा चिनियाँ कम्युनिष्ट पार्टी र समाजले धेरै मानसिक तथा भौतिक समर्थन दिएको छ। त्यसैले चिनियाँ कम्युनिष्ट पार्टी तथा समाजका लागि प्रयास गर्नु नै आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण उद्देश्य र लक्ष्य हो। यसप्रति चाउले भन्नुभयो:

         चिनियाँ कम्युनिष्ट पार्टीले मलाई हुर्काएको हो। सानो हुँदा पढाइ,आवास सबै निःशुल्क थिए। चिनियाँ कम्युनिष्ट पार्टी र जनतालाई सेवा गर्ने विचार मेरो मनमा गहिरो छाप बनेर रहेको छ।

         यु आर पहाडको वातावरण सुव्यवस्थापनबाहेक बूढा चाउले बालबालिकाको मानसिक शिक्षामा निकै जोड दिँदै धेरै योगदान पनि गर्नुभयो। उहाँको विचारमा वर्तमान शिक्षा प्रणालीमा मानसिक शिक्षा सबैभन्दा महत्वपूर्ण कार्य हो। तर पनि सर्वसाधारणहरुले बालबालिकाको पढाइ क्षेत्रको रेकर्डमा ध्यान दिएतापनि उनीहरुको मानसिक शिक्षातर्फ विचार पुर्‍याएको देखिन्न। शिक्षा कार्यमा कार्यरत् समस्त कर्मचारीलाई बालबालिकाको मानसिक शिक्षामा ध्यान दिनेतर्फ प्रभाव गर्नका लागि बूढा चाउले आफ्नो पैसाद्बारा धेरै स्तरीय पत्रिका तथा अखबार अर्डर गर्नुभयो। साथै आफैंले यी पत्रिका तथा अखवारलाई चाङ्ग च्या ख्वौका शहर, क्षेत्र, तथा जिल्लाका तीसभन्दा बढी माध्यामिक तथा प्रारम्भिक स्कूलमा पठाउनुभयो। अहिले विउ रोप्नु भनेको भविष्यमा बाली भित्र्याउनु नै शिक्षाको भावार्थ हो।

         हाल चीनमा लोकप्रिय बन्दै आएको "चिनियाँ सपना"भन्ने शब्दबारे चर्चा गर्दै बूढा चाउले पनि आफ्नो सपना भन्नुभयो:

       "मेरो सबैभन्दा ठूलो सपना भनेको सक्दो प्रयास गर्दै अझ बढी बालबालिका स्वस्थ रुपमा विकसित हुनका लागि सहायता प्रदान गर्ने हो। साथै पहाडी वातावरण सुव्यवस्थापनमार्फत सर्वसाधारणलाई प्रभाव पार्दै चिनियाँ कम्युनिष्ट पार्टीका लागि अझ बढी काम गर्ने छु।"

जानकारी तथा लेखहरु