फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पु यी जातिको प्राण प्रदर्शित नाचको पहिलो भाग

(GMT+08:00) 2014-06-20 17:37:31

        यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। प्रिय श्रोता, पु यी जाति चीनका अल्पसंख्यक जातिहरुमध्येको एक हो। त्यसको जनसंख्या पच्चिस लाखभन्दा बढी छ। तिनीहरु मुख्य गरी दक्षिण पश्चिम चीनको क्वै चौ प्रान्तमा बसोबास गरिरहेका छन। पु यी जाति गीत गाउन र नाच नाच्न निकै सिपालु जाति हो। यस जातिको इतिहास, संस्कृति र रिति रिवाज तथा रहनसहन आदि सबै कुराहरु नाचगानमार्फत देखाउन सक्दछ। तीमध्ये "ली यौ र शे शे" चाहिं पु यी जातिको एक ठूलो ढाँचे नृत्य नाटक हो। "ली यौ र शे शे" पु यी जातिको भाषा हो। त्यसको अर्थ "सबै मानिसको लामो सुख" हो। आजको चीनको अल्प संख्यक जाति कार्यक्रममा म तपाईंहरुलाई पु यी जातिको बारेमा केही जानकारी गराउनेछु। यसलाई दुइ भागमा बाँडिएको छ। आज म यसको पहिलो भाग सुनाउनेछु।

         उक्त नृत्य नाटक क्वै चौ प्रान्तका कलाकारहरुले पु यी जातिको प्राचीन किंबदन्ती अनुसार वर्तमान रिति रिवाज र संस्कृतिका आधारमा तयार गरेका हुन। अभिनेता अभिनेत्रीहरुले पु यी जातिको प्रजनन, जीवन प्राण र निरंतरतालाई प्रमुख विषय राखेर प्राण सम्बन्धी पु यी जातिको सुझबुझ बारे जीउँदो जाग्दो रुपमा प्रदर्शित गरेका छन।

         पु यी जातिको लोक किम्बदन्ती कथामा भनिएको छ- यस लोक दुनियाँको उदय हुँदा मुसलधारे पानी परेको थियो। लाखौं करोडौं नरनारीहरुको ज्यान जाने खतरनाक स्थिति देखा पर्‍यो। यस्तो नाजुक घडीमा एउटा ठूलो माछा स्वाट्टै पानीभित्रबाट बाहिर उफ्रेर तुरुन्तै एकजना हृष्ठपुष्ठ पुरुष बन्यो र उनले सफलताका साथ ती अनगिन्ती नरनारीहरुलाई पानीबाट बचाउनुभयो। उहिलेका कुल प्रमुखले सेतो जामा भिरेर लामो कपाल फिंजाएर हातमा माछाको टोटेम भएको एउटा चमत्कार लट्ठी समात्नुभएको देखिन्छ। उहाँले ठूलो माछाको गुन तिर्नका लागि आफ्नी सुन्दरी छोरीलाई त्यस माछासंग विवाह गराइदिनुभयो। यसको फलस्वरुप पु यी जातिको अटूट सन्तान भइसकेको छ।

        पु यी जातिका नाइकेले पूरा आशा संगाल्दै नयाँ प्राण शुरु हुने द्योतकमा रहेको नयाँ बाँस रोप्नुभयो। त्यस बाँस विस्तार विस्तार सप्रनु बढ्नुका साथसाथै पु यी जातिका मानिसहरुले प्रेम गर्ने, विवाह गर्ने र बच्चा जन्माउने, बालीनाली लगाउने र भित्र्याउने गर्छन। यस क्रममा पु यी जातिको उत्तरोत्तर प्रजनन र विकास भइआएको छ। क्वै चौ प्रान्तीय अपेराकार संघका महासचिव श् च्या युले यस बारे जानकारी दिंदै भन्नुभयो-

        "यस नृत्य नाटकको मुख्य विषयवस्तु चाहिं प्राण नै हो। पु यी जातिले प्राण सम्बन्धी अत्यन्तै महत्वपूर्ण दृष्टिकोण लिएको छ र जुन यस प्रकार छ – प्राण कहिले पनि नटुट्ने साथै प्राणका लागि अटल प्रयास गर्ने"।

         यस नृत्य नाटकले प्राण कहिले पनि नटुट्ने र चक्र खाने सम्बन्धी पु यी जातिको जीवन मरण दृष्टिकोण प्रदर्शित गरेको छ। एकातिर बृद्ध कुल प्रमुखले यस संसारलाई छोडेर जान लाग्नुभयो र अर्कोतिर भने गर्भवती महिला छिटै प्रसुति गर्न लागेकी छिन। यस्तो वेलामा मुकुण्डो भिरेका र कालो सेतो जामा लगाएका मानिसहरुले मर्न लाग्नुभएको कुल प्रमुखलाई घेरेर सहस्यमय संस्कार गरिरहेका छन। कुल प्रमुखको स्वगवास हुनाका साथै अर्को दिशाबाट बच्चा रोएको आवाज सुनियो।

          यस भागको शीर्षक छ- मौन चेहरा। जुन पु यी जातिको एक विशेष नाट्य तरीका हो। साथै यसलाई पु यी अपेराको जीउँदो फोसिल पनि भनिन्छ। अर्थात नो अपेरा पनि कहलाइन्छ। "नो" भनेको प्राचीन कालदेखि चलीआएको झाँक्री संस्कार हो। जुन पु यी जातिबासीले हानिलाई हटाउने र सुख आनन्दको आशीरबाद गर्ने एक संस्कार हो। माथि भनिएको मौ चेहराको अर्थ चाहिं पु यी जातिमा प्रचलित कफीन वरिपरि परिक्रमा गर्न आयोजित एक संस्कार हो। यो एक अत्यन्तै पुरानो नो अपेरा हो। यसले मृतकले पुनः प्राण पाउने इच्छा अभिव्यक्त गरेको छ।

         "मौन चेहरा" नाटकको सम्पूर्ण अभिनय क्रममा क्रिया मात्र छ र एक लबज पनि बोलिंदैन। त्यसैले यसलाई मूक नाटक पनि भनिन्छ। नयाँ प्राण यस संसारमा आयो र मृतक अर्को संसारमा जानुभयो। पु यी जातिबासीले तामृत नगरा पिट्न थाले। क्वै चौ प्रान्तीय अपेराकार संघका महासचिव श च्या युले भन्नुभयो-

         "तामृत नगरा चाहिं पु यी जातिको परम्परागत बाजा हो। हरेक गाउँको एउटा नगरा हुन्छ। नगरा पिट्ने र नगराको आवाजका साथसाथै स्वर्गमा पुग्ने विश्वास छ। यसबाट मीठो स्वर तयार होस् र भगवानलाई उनीहरुले लोक संसारमामा के के गरेको थाहा दिन सकोस्"।

          भनाई अनुसार सो तामृत नगरा देवताले दिनुभएको हो। साथै यो पु यी जातिका पुर्वजले प्राणको बलि चढाएर प्राप्त भएको हो। त्यसैले यो पवित्र, गम्भीर र निकै बहुमूल्य छ। सामान्य दिनमा त्यसै आफू खुशीले पिट्नुहुँदैन र त्यसलाई सात ताल्चा मारेर राख्नुपर्छ। स्वर्गबास भएका बृद्धलाई ज्या प्रायश्चित गराउँदा वा पुर्ख्यौलीहरुलाई पूजा गर्दा मात्र यसको प्रयोग गर्न सकिनेछ। पु यी जातिबासीहरुले जीव मरणको प्रक्रियामा मृतकको आत्मालाई पठाउँदै र नयाँ प्राणलाई स्वागत गर्दै प्राणलाई निरंतरता दिएका छन।

         "ली यौ र शे शे" नामक यस नृत्य नाटकका प्रधान निर्देशकमा रहनुभएका राष्ट्रिय क श्रेणीका नाटक रचनाकार सु श चिनलाई पनि पु यी जातिको विशेष संस्कृतिले अति लोभ्यायो। उहाँ भन्नुहुन्छ-

        "विवाह हुन लागेकी दुलही रुने उदाहरण लिउँ। पु यी जातिमा विवाह गर्ने दिन दुलहीकी आमा रुनुहुन्छ। दुलही रहेको गाउँलेहरु पनि रुन्छन। निज दुलही पनि रुन्छिन। यसको छोड्न मन लाग्ने अर्थ हो। दुलहीले छिटै आफूलाई हुर्काउनुभएका बुबा आमासंग छोड्नुपर्‍यो र जन्मेदेखि बसिरहेको घरसंग छोड्नुपर्‍यो। त्यसैले उनले छोड्न मन लाग्ने भाव व्यक्त गर्न चाहन्छिन। यो चाहिं उनको आफ्नै जातिको चरित्र, आनीबानी, संस्कृति र जीवन पद्धति हो। साँच्चिकै एकदमै विशेष खालको मलाई लागेको छ। यो उनीहरुमा जन्मेदेखि भइसकेको गुण हो र उनीहरुको पर्यावरणीय वातावरणबाट उत्पन्न भएको हो"।

जानकारी तथा लेखहरु