फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हानि जातिको गाढा रहनसहनयुक्त मो च्याँग उत्तरी अयनवृत्तको द्योतकरुपी फार्म

(GMT+08:00) 2014-07-23 15:46:58

         युन नान प्रान्तको दक्षिणी भागमा पर्ने मो च्याँग जिल्ला चीनको एकमात्र हानि जातीय स्वायत्त जिला हो। यहाँ हानि जातिको विशेष रिति रिवाज र रहनसहनको कारणले मात्र होइन अझ उत्तरी अयनवृत्तले सदर मुकामलाई काटेर गएको कारणले पनि हो यस सानो सीमावर्ती शहरमा धेरै अनौठो दृश्यावली र रहस्यमय किंवदन्तीले भरिपूर्ण छ। आजको चीनको अल्पसंख्यक जाति कार्यक्रममा म तपाईहरुलाई मो च्याँग उत्तरी अयनवृत्तको द्योतकरुपी क्षेत्रको चमत्कार ज्योतिष स्थिति र भौगोलिक दृश्यका साथै हानि जातिको विविधतापूर्ण संस्कृतिको रस लिन लैजानेछु।

        हरेक वर्षको कर्क सङक्रान्तिको दिन मो च्याँग हानि जातीय स्वायत्त जिल्लाले धेरै ज्योतिषप्रेमीहरुलाई त्यहाँ विशेष पाइने "डाँठ उभ्याएर पनि त्यसको छायाँ नदेखिने" अनौठो ज्योतिष स्थिति हेर्न लोभ्याउने गर्दछ। किनभने कर्क सङक्रान्तिको दिन सूर्यको कीरण सोझै उत्तरी अयनवृत्तमा लागेको हुँदा यस अयनवृत्तमा निर्मित वास्तुहरुको छायाँ हुँदैन। चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत युन नान वेदशालाका प्रोफेसर पाउ मँग शेनले जानकारी दिंदै भन्नुभयो-

        "प्राकृतिक कारणले गर्दा उत्तरी अयनवृत्त र दक्षिण अयनवृत्तले काटेका ठाउँमध्ये अधिकाँश भाग चाहिं बाँझो जग्गा हो जस्तो कि साहारा मरुभूमि। तर त्यसले काटेर गएको पूर्वी भागमा प्रायजसो हरियाभरिया क्षेत्र छ। सौभाग्यवश ती हरियाभरिया क्षेत्र ठ्याक्कै चीनका युन नान, क्वाँग शी, क्वाँग तोंग र थाइवान यी चारवटा प्रान्त वा प्रदेशमा परेको छ। हाम्रो युन नान प्रान्तको मो च्याँग जिल्लाको सदर मुकामलाई उत्तर अयनवत्तले ठ्याक्कै काटेर गएको छ। यो संसारमा सितिमिति देखिंदैन। द्योतकरुपी फार्मको स्थापना गर्नु स्थानीय विकासका लागि हितकर छ। जुन एक भौगोलिक द्योतक मात्र नभइ वैज्ञानिक व्यापकता पार्ने अन्यन्तै राम्रो ठाउँ पनि हो"।

         त्यस उत्तर अयनवृत्रको द्योतकरुपी फार्म मो च्याँग जिल्लाको सदरमुकामको पश्चिमदेखि एक किलोमीटर टाढा पहाडको भीरमा बनाइएको छ। उत्तर अयनवृत्तमा रहेको पाँच सय मीटर लामो खण्डलाई मध्य रेखा बनाएर यसको दुवैपट्टि छुट्टा छुट्टै गरी अयनवृत्तको ढोका, सूर्यको मार्ग, प्राचीन पात्रो चोक, मुख्य प्रदर्शनी हल, ज्योतिष हल, दोहोरो तारा चोक, हानि जातिले आगो झिक्ने मञ्च लगायतका दशवटाभन्दा बढी मूर्ति र प्रदर्शनी हलहरु बनाइएका छन।

       "सूर्यको मार्ग" नामक दृश्यले चीनको प्राचीन कालका पाँच कारकतत्व, सकारात्मक र नकारातमक प्रकृति आदि दर्शनशास्त्र र रासायनिक कारकतत्व मात्र दर्शाएको छैन अझ हानि जातिका पूर्वजको एक महत्वपूर्ण सांस्कृतिक द्योतक अर्थात दश महिने सौर्य पात्रो देखाएको छ। यस पात्रो हानि जातिको कृषि मेलोमेसोसित घनिष्ठ सम्बन्ध रहिआएको छ। हानि जाति चीनमा सबैभन्दा पहिले धान रोप्न थालेका जातिहरुमध्येको एक हो। हानि जातिका पूर्वजहरुले जलवायु हेर्ने र वर्ष, महिना र दिनको हिसाब गर्ने दिशामा आफ्नो जातीय विशेषतायुक्त छुट्टै पद्धतिको सिर्जना गरेका थिए। स्थानीय पथप्रदर्शक मा मिनले जानकारी दिंदै भन्नुभयो-

        "हानि जातिले सबभन्दा पहिले प्रयोगमा ल्याएको एक पात्र थियो, जसलाई सौर्य पात्र भनिन्छ। उनीहरुले वर्षलाई पाँच ऋतुमा विभाजित गरेका छन। हरेक ऋतुका दुइ महिना छ र एक महिनाका छत्तीस दिन छ। यसो जोडेर एक वर्षका तीस सय साठी दिन छन। बाँकी पाँच दिनमा नयाँ वर्ष मनाउने काम गरिन्छ। उनीहरुले ग्रीष्म ऋतुमा एक चोटी नयाँ वर्ष अर्थात छ महिने वर्ष मनाउने र हिउंद ऋतुमा अर्को चोटी नयाँ वर्ष अर्थात दश महिने वर्ष मनाउने गर्दछन"। चिनियाँ रिति रिवाज अध्ययनकर्ता विद्बानको ठहर अनुसार व्यवस्थित, सही र सम्झन सजिलो पर्ने यस्तो दश महिने सौर्य पात्रोको वैज्ञानिक बनौट, छरितो तरीका र सजिलोसंग प्रयोग भन्ने जस्ता विशेषता देखिएको छ।

           मो च्याँग उत्तरी अयनवृत्तको द्योतकरुपी फार्ममा अरु पनि रहस्यमय वातावरणले भरिपूर्ण रहेको ठाउँ छ। जुन दोहोरो तारा चोक हो र विशेष गरी जुम्ल्याहाका लागि विभिन्न हर्षोल्लासपूर्ण गतिविधि चलाउने ठाउँ पनि हो। पथप्रदर्शक मा मिनले जानकारी दिंदै भन्नुभयो-

         "उत्तर अयनवृत्त काटेर गइरहेको ठाउँमा धेरै अनौठो दृश्य छन। हाम्रो मो च्याँग जिल्लामा एउटा अत्यन्तै विशेष ठाउँ छ, जहाँ धेरै जुम्ल्याहा जन्माइछन। अपूर्ण तथ्याङ्क अनुसार तमाम सदरमुकाममा एक हजार जोडी जुम्ल्याहा छन। हरेक वर्षको मे एकदेखि तीन तारिखसम्म यहाँ अन्तर्राष्ट्रिय जुम्ल्याहा दिवस मनाइन्छ। विश्वका विभिन्न ठाउँबाट धेरै जुम्ल्याहाहरु यहाँ आफ्नो दिवस मनाउन आउँछन"।

          मो च्याँग जिल्लामा मानिसमा जुम्ल्याहा बढी भएको मात्र नभइ जनावर र बनस्पतिमा पनि धेरै जुम्ल्याहा छन। यो साँच्चि नै एक ज्यादै अनौठो दृश्य हो। यस बाहेक उक्त फार्ममा उत्तरी अयनवृत्तलाई सीमा बनाएर दक्षिणपट्टि र उत्तरपट्टि वेग्ला वेग्लै गरी उष्ण कटिबन्ध र उप उष्ण कटिबन्धमा पाइने रुखको बोट र फूल घाँस लगाइएको छ। बाह्रैमास त्यहाँ हराभरा देखिन्छ र मीठो बासना बगीरहन्छ। कर्क सङक्रान्तिको दिन यहाँ उभिंदा मानिसले बसन्त ऋतु गइरहेको र ग्रीष्म ऋतु आइरहेको एक अनौठो अनुभव गर्न पाउनेछ।

          हरेक वर्षको कर्क सङक्रान्तिको दिन मो च्याँग जिल्लाले टाढाबाट पाल्नुभएका पाहुनाहरुका लागि आकर्षक सांस्कृतिक कार्यक्रम देखाउनुका साथै यस फार्मको सर्वोच्च ठाउमा निर्मित "हानि जातिले आगो झिक्ने मञ्च" मा हेर्न लायकको हानि जातिले घामको तापबाट आगो झिक्ने संस्कारको आयोजना गर्ने गर्दछ।

          आगो हानि जातिको पूजित टोटेम हो। हानि जातिको घरमा आगो कुण्डको पवित्र र महत्वपूर्ण स्थान हुन्छ। जुन न्यानोपन र प्रकाशको मुहान हुनुका साथै एक दिनको थहाई परिश्रमपछि सम्पूर्ण परिवारका सबै सदस्यहरुको मिलनभेट स्थल पनि हो।

          हानि जातिले आगो झिक्ने मञ्चको त्रीकोण आकारको हो। सूर्य र आगो पूजीत हानि जातीयबासीले सूर्यको कीरण सीधै उत्तर अयनवृत्तमा लागेकै वेलामा हातमा बोकेको राँकोलाई सूर्यको कीरणले सल्काइदिन लगाउँछन। यसबाट हानि जातिको जीवन आगो जस्तो व्हार व्हार बलीरहने भन्ने अर्थ बुझिन्छ।

जानकारी तथा लेखहरु