फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वल्लो शान सीको फिंग याऊ प्राचीन शहरको परिचय-1

(GMT+08:00) 2014-08-06 10:29:19

          वल्लो शान सीको फिंग याऊ प्राचीन शहरलाई सन् 1997 मा "विश्व सम्पदा सूची"मा समावेश गरिएको छ। यस शहरका सम्बन्धमा गरेको मूल्याङ्कनमा विश्व सम्पदा परिषद्ले भनेको छ: वल्लो शान सीको फिंग याऊ प्राचीन शहर चीनमा संरक्षित गरिएको सबैभन्दा सम्पूर्ण प्राचीन शहर हो। त्यस शहरले त्यहाँको विशेषतायुक्त साँस्कृतिक, सामाजिक, आर्थिक तथा धार्मिक विकास सम्बन्धी सम्पूर्ण परिदृश्य जनता समक्ष प्रस्तुत गर्दैआएको छ।

          ल्लो शान सीको फिंग याऊ प्राचीन शहरको स्थापना इशा पूर्व नवौं शताव्दीमा भएको थियो। सो शहरको क्षेत्रफल 2.25 वर्गकिलोमिटर मात्र छ। अहिले हामीले देख्नपाउने त्यस शहरका मुख्य भवनहरु करिब छ सय वर्षअघि बनाइएका भवन हुन। सो शहरमा पर्खाल, सडक, शहरका बासिन्दाहरुका भवन, साना पसल र मन्दिरहरु राम्रोसँग संरक्षित गरिएका छन। सो शहरमा हजारौं वर्षदेखि यता चीनको हान जातिको परम्परागत सँस्कृति र विचार प्रतिबिम्बित भएको छ। यस शहर चीनको मिंग र छिंग वंशमा वास्तु-शैलीको ऐतिहासिक संग्रहालय हो।

         वल्लो शान सीको फिंग याऊ प्राचीन शहर सबैभन्दा पहिले 2800 वर्षभन्दा अघि निर्माण गरिएको थियो। त्यस बेला सो शहरमा माटोको पर्खाल मात्र थियो। सन् 1370 मा त्यस माटोको पर्खाललाई भत्काई इँटा र ढुङ्गाद्बारा निर्माण गरिएको थियो। हालसम्म सो शहरले पहिलेको शैलीलाई कायम राख्दैआएको छ।

        फिंग याऊ प्राचीन शहरको पर्खालको कूल लम्बानइ 6000 मिटरभन्दा लामो र बाह्र मिटर अग्लो छ। पर्खालको आकार कछुवा जस्तै छ। शहरका छवटा मुख्य द्बार छन्। दक्षिणी द्बार कछुवाको टाउको र द्बार बाहिरको इनार कछुवाका दुइवटा आँखा जस्तै छन। उत्तरी द्बार कछुवाको पुच्छर हो, र त्यो समस्त शहरको सबैभन्दा होचो ठाउँ हो। शहरको सबै पानी त्यहींबाट निस्किन्छ। चीनको परम्परागत सँस्कृतिमा कछुवा लामो आयुको द्योतक हो। पर्खाल कछुवा जस्तै हुनुको अर्थ फिंग याऊ प्राचीन शहर सशक्त र अमर रहोस् भन्ने प्राचीन चीनका मानिसहरुहरुको शुभेच्छा हो।

  



        शहरभित्र दक्षिणदेखि उत्तरतिर जाने एउटा सोझो सडक छ। त्यसबाहेक त्यहाँ अरु धेरै साना-साना सडक र गल्लीहरु पनि छन।

        फिंग याऊ प्राचीन शहरका बासिन्दाहरुको आवास-भवन मोटामोटी रुपमा चार-कुने छन। ती भवनको दायाँ र बायाँको भाग बराबर छन। हरेक आँगन बाहिरको पर्खाल सात/आठ मिटर अग्लो छ। यी भवनहरुको झ्यालमा राम्रोसँग कुँदिएका चित्रहरु, इँटाबाट बनाइएका साना मूर्तिहरु र मानिसहरु आफैले बनाएका कर्तनहरुबाट गाउँ-बस्तीको गहिरो भावना स्पष्ट झल्किन्छ। हाल फिंग याऊमा संरक्षित चार हजारभन्दा बढी सामान्य भवनहरुमध्ये प्राय सबैजसो मिंग र छिंग वंशकालमा निर्माण गरिएका हुन। तीमध्ये चार सयभन्दा बढी भवनहरुलाई पूर्णरुपमा संरक्षित गरिएको छ। ती भवनहरु हालसम्म हान जातिको बसोबास क्षेत्रमा पूर्ण रुपमा संरक्षित गरिएका प्राचीन कालका निवास भवन हुन।

जानकारी तथा लेखहरु