फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहाडी भागबाट निस्केका शेर्पा-1

(GMT+08:00) 2014-08-20 14:24:33

         सुन्दर दृश्यावली भएको हिमालयको दक्षिणी भागमा अरु मानिसका लागि जानकारी नभएको मानिसको एक हूल बसोबास गर्दछन। जसको बारेमा जोमालोंगमा चुचुरो पुगेका पर्वतारोहीहरुले मात्र जानकारी लिएका छन होला। किनभने उनीहरु पुस्तौ पुस्तादेखि पर्वतारोहीहरुको पथप्रदर्शक र ढाक्रेको काममा संलग्न हुँदै आएका छन। अहिले उनीहरुको जीनवमा आफूल हेरफेर आइसकेका छन र उनीहरुले विस्तार विस्तार दुर्गम पहाडबाट बाहिर निस्केर तत्तत्स्थानका चीनको तिब्बती जाति र हान जातिका बासिन्दाहरु र नेपालीहरुसित मैत्रीपूर्ण व्यवहार गर्न थालेका छन। उत्साहपूर्ण, मिजासिलो र उदार बानी भएको उनीहरुबाट मानिसमा गहिरो छाप परेको छ। उनीहरु नै हुन शेर्पाहरु। 

         यो चाहिं चीन र नेपालको सीमामा पर्ने एक गाउँ हो। यस गाउँमा दुइ सय साठीभन्दा बढी घर परिवारका पाँच सयभन्दा बढी बासिन्दाहरुले बसोबास गरिरहेका छन। गत शताव्दीको साठी दशकतिर लगभग सत्तरीजना शेर्पाहरुले यस गाउँको स्थापना गरेका थिए। जसको नाउँ पाँग छुन हो। तिनताक उनीहरु दुर्गम पहाडी भेगमा बस्दथे।

        तिब्बती भाषामा शेर्पाको अर्थ "पूर्वबाट आएको मानिस" हो। चीनभित्रका शेर्पाहरुको संख्या तीन हजार पनि पुगेको छैन। तिनीहरु मुख्यतः तिब्बत स्वायत्त प्रदेशको निलामु जिल्लाको खासा बस्ती र तिंग चे जिल्लाको छंग थाँग बस्तीमा छरिएर बस्दथे।

        तिब्बतको शान्तिपूर्ण मुक्तिअघि शेर्पाहरु प्रायजसो हिमालय पर्वतको खोंचमा बसेर मालसामान बोक्ने काममा भर परेर हात मुख जोड्नुपरेका थिए। त्यसैले उनीहरुलाई "हिमालय पर्वतको ढाक्रे" भन्ने नाउ दिइएको छ। पाँग छुन गाउँका बासिन्दाहरुले पनि यस्तो जीवन बिताउनुपरेका थिए। पाँग छुन गाउँका उपप्रमुख छिरिंगले भन्नुभयो- मुक्ति पछि शेर्पाहरुले दुर्गम पहाडबाट निस्केका छन र उनीहरुको जीवन पद्धति पनि विविधतापूर्ण बनेको छ। यसको फलस्वरुप त्यस गाउँका बासिन्दाहरुले धनी बन्ने बाटोलाई भेट्टाएका छन।

       "अघि अघि गाउँलेहरुले मुख्यतः खेतीपातीमा भर परेर दिन काट्नुपरेका थिए। थोरै सख्याका मानिसले शिकार पनि खेलेका थिए। साथै केही मानिसले रुख फोडेर सजिलो फर्निचर बनाएर बाहिर बेच्न लगेका थिए। केही महिनाअघि हामीकहाँ विदा रमाउने गाउँ बनाइएको छ र हामीकहाँ घुम्न आएका पर्यटकहरुलाई घुमाउने कार्य शुरु भयो। यस विदा रमाउने गाउँले राम्रो नाफा कमाएको छ"।

         गाउँभित्र पस्ना साथ कंक्रीट सिमेन्टीको एउटा तीन तले सुन्दर घर हाम्रो अगाडि उभिएको छ। यो नै हो यस विदा रमाउने गाउँको मुख्य भवन हो। यसको वरिपरि एउटा स्टेन्डर्ड स्वीमींग पुल र मनोरञ्जनका प्रबन्धहरु सजाइएका छन। शेर्पाहरुको जीवन स्तरलाई माथि उकास्नका लागि स्थानीय सरकारले दश लाख चिनियाँ युआन छुट्याउनुका साथै स्थानीय बासिन्दालाई बैंकबाट कम व्याजमा बीस लाख चिनियाँ युआन ऋण लिन अनुमति दिएको छ। गाउंले बासिन्दाहरुले पनि एक लाख साठी हजार चिनियाँ युआन रकम जुटाएर यस विदा रमाउने गाउँको निर्माण गरेका थिए। यस विदा रमाउने गाउँबाट नाफा कमाइएको देखेर गाउँलेहरुले भावी विकासमा दृढ विश्वास लिएका छन।

जानकारी तथा लेखहरु