फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शांगहाई भोल्क्स वेगन मोटर गाडी कम्पनी, पैचिंग मोटर गाडी कम्पनी लिमिटेड र चीनको नयाँ ऊर्जा श्रोत मोटर गाडीको विकास

(GMT+08:00) 2014-09-01 14:49:15

        शांगहाई भोल्क्स वेगन मोटर गाडी कम्पनी चीन र जर्मनीको पूंजीबाट संचालित एक उद्योग-व्यवसाय हो। शांगहाई भोल्क्स वेगन चीनको सबैभन्दा ठूलो परिमाण कारको उत्पादन आधार क्षेत्रहरुमध्येको एक हो। हाल शांगहाई भोल्क्स वेगनले शांगहाईको मुख्यालयसहित शांगहाईको आन थिङ्ग, च्याङ सुको नान चिंग, च्याङ सुको यि चङ, सिन्च्याङको ऊरुमुछि, च च्याङको निङ पोमा गरी पाँच क्षेत्रमा उत्पादन आधार क्षेत्रको स्थापना गरेको छ।

        शांगहाई भोल्क्स वेगन सन् 1985 को मार्च महिनामा स्थापित भएको हो र चीन सुधार तथा खुलापन नीति लागू भएपछिको सबैभन्दा पहिला स्थापित संयुक्त पूंजीबाट संचालित मोटर गाडी उद्योग-व्यवसाय पनि। विगत तीस वर्षयता शांगहाई भोल्क्स वेगनले क्रमशःविकास गरी चीनको कार उद्योगको नयाँ रुप खडा गर्‍यो। लगानी लगाइएको पूंजी सन् 1985को सोह्र करोड चिनियाँ युआनबाट बढेर हालको दश अर्ब साठी करोड चिनियाँ युआन पुग्यो। सन् 2007को सेप्टेम्बरसम्म शांगहाई भोल्क्स वेगनको उत्पादन र बिक्री मात्रा अठासी लाख वटा पुग्यो।

        शांगहाई भोल्क्स वेगनले चीनको कार उद्योगको विकासलाई अगाडि बढाएको छ। आफ्नो उत्पादन परिमाणलाई विस्तार गर्नुका साथै शांगहाई भोल्क्स वेगनले चीनको कारको कल-पुर्जा उद्योगको स्वाधीन विकासलाई पनि घच्घच्याएको छ। हाल शांगहाई भोल्क्स वेगनलाई कल-पुर्जा उपलब्ध गराउने चार सय उद्योग-व्यवसायले अरु मोटर गाडी उद्योग-व्यवसायलाई कल-पुर्जा बिक्री गरेका छन्।

        सन् 1957 सेप्टेम्बरमा पैचिंग मोटर गाडीको कल-पुर्जा कारखाना र नयाँ स्थापित पैचिंग मोटर गाडीको सहायक कारखाना गाभिएर पैचिंग प्रथम मोटर गाडी उत्पादन कारखानाको नाममा परिणत भयो। यस नयाँ कारखानाले कार र ट्रयाक्टरको उत्पादन गरेको छ। सन् 1958 फेब्रुअरीमा सो कारखानाले कारको परिक्षात्मक उत्पादन गर्‍यो। सन् 1958 जुन तीस तारिखका दिन एक "चिङ्ग काङ्ग शान"को नाम दिइएको कार उत्पादन गरिएको थियो। सोही दिन कारखानाको नाम पैचिंग मोटर गाडी उत्पादक कारखानाको नाममा परिणत हुने घोषणा गरिएको थियो।

        पैचिंग मोटर गाडीको उत्पादन कारखाना छाङ्ग छुन पहिलो मोटर गाडीको उत्पादन कारखानापछि चीनले स्थापना गरेको दोस्रो मोटर गाडीको उत्पादन उद्योग-व्यवसाय थियो। सन् 2001 मा आधुनिक उद्योग-व्यवसाय व्यवस्थाबमोजिम पैचिंग मोटर गाडीको उत्पादन कम्पनी लिमिटेड स्थापना भयो। यस कम्पनीको वार्षिक उत्पादन मात्रा एक लाख पुगेको छ। पैचिंग मोटर गाडीको उत्पादन कारखानाले जर्मनी, अमेरिका, दक्षिण कोरियाआदि मुलुकहरुका उद्योग-व्यवसायहरुसँग सहयोग गरी मध्य तथा उच्च स्तरीय घरेलु कार, वाणिज्यिक कारको उत्पादन गरेको छ।

        चीनको नयाँ ऊर्जा श्रोत मोटर गाडी व्यवसायको आरम्भ एकाईसौं शताव्दीको शुरुमा भएको थियो। सन् 2001 मा नयाँ ऊर्जा श्रोत मोटर गाडीको अनुसन्धान योजना राष्ट्रिय महत्वपूर्ण अनुसन्धान परियोजनाहरुमा राखिएको थियो। चीन सरकारले नयाँ ऊर्जा श्रोत मोटर गाडीको अनुसन्धान तथा विकास र व्यवसायिकरणमा महत्व दिएको छ।

        सन् 2013सम्म चीनको पैचिंग, शांगहाई, शन चनआदि पच्चीस वटा परीक्षात्मक शहरले सत्ताईस हजार चार सय वटा नयाँ ऊर्जा श्रोत मोटर गाडी प्रस्तुत गरेका छन्। तीमध्ये तेईस वटा मोटर गाडी सार्वजनिक सेवा क्षेत्रमा प्रयोग गरिएको र चार हजार चार सय वटा निजी क्षेत्रमा प्रयोग गरिएको छ।

        चीनको मोटर गाडी व्यवसायमा चार पाँच पुस्ताका मानिसहरुको मेहनत गाभिएको छ। चीनको मोटर गाडीको उत्पादन उद्योग-व्यवसायले मोटर गाडीको उत्पादन र बिक्री आधारमा प्रविधिको अनुसन्धान तथा विकास क्षमतालाई बढाउने, विश्वको अत्याधुनिक स्तरका उद्योग-व्यवसायहरुसँग चौतर्फी रुपमा सहयोग गरी चीनको मोटर गाडीको गुणस्तर र क्षमतालाई माथि उकास्ने र अन्तर्राष्ट्रिय मोटर गाडीको उत्पादन क्षेत्रको प्रतिस्पर्धा शक्तिलाई बढाउने छ।

जानकारी तथा लेखहरु