फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहाडी भागबाट निस्केका शेर्पा-2

(GMT+08:00) 2014-09-07 09:44:30

       सुन्दर दृश्यावली भएको हिमालयको दक्षिणी भागमा अरु मानिसका लागि जानकारी नभएको मानिसको एक हूल बसोबास गर्दछन। जसको बारेमा जोमालोंगमा चुचुरो पुगेका पर्वतारोहीहरुले मात्र जानकारी लिएका छन होला। किनभने उनीहरु पुस्तौ पुस्तादेखि पर्वतारोहीहरुको पथप्रदर्शक र ढाक्रेको काममा संलग्न हुँदै आएका छन। अहिले उनीहरुको जीनवमा आफूल हेरफेर आइसकेका छन र उनीहरुले विस्तार विस्तार दुर्गम पहाडबाट बाहिर निस्केर तत्तत्स्थानका चीनको तिब्बती जाति र हान जातिका बासिन्दाहरु र नेपालीहरुसित मैत्रीपूर्ण व्यवहार गर्न थालेका छन। उत्साहपूर्ण, मिजासिलो र उदार बानी भएको उनीहरुबाट मानिसमा गहिरो छाप परेको छ। उनीहरु नै हुन शेर्पाहरु। 

       विदा रमाउने गाउँको सफलताले शेर्पाहरुलाई दुर्गम पहाडी भेगबाट निस्केर बाह्य जगतसित आदान प्रदान गरेर धनी बन्ने बाटो देखाएको छ। युवा शेर्पाहरुले त बाह्य जगतप्रति झन उत्कट चासो राख्दै विश्वमा पनि आफ्नो पदचिन्ह छोड्ने संकल्प लिएका छन।

       चौबीस वर्षीय छिरींग फिंगछोको जन्म पाँग छुन गाउँको एक पशुपालक घरमा भएको थियो। चार वर्ष अघि उनी हू पै प्रान्तको ऊ हान चोंग नान जातीय विश्वविद्यालयमा भर्ना भए। स्नातक भएपछि उनले ल्हासा फर्केर आफूलाई मन पर्ने जागीर पाए। उनले भने- गाउँमा आफू जस्तो विश्वको छानोबाट उत्रेर चीनका उच्च विद्यालयबाट स्नातक भएका अरु पनि बीसजनाभन्दा बढी शेर्पाहरु छन। यता हालैका वर्षभित्र गाउँलेहरुको जीवनमा त ठूलो परिवर्तन आएको छ तर सबैभन्दा ठूलो परिवर्तन चाहिं मानिसको विचारधारामा भएको भन्नुपर्छ। गाउँका झन झन बढी युवा शेर्पाहरुले आफ्ना बुबा पुस्ताले झैं परम्परागत खेतीपाती गर्न र पशुपालन व्यवसायमा लाग्न चाहँदैनन। उनीहरुलाई दुर्गम पहाडबाट निस्केर विश्वतिर जान झन मन लाग्छ।  

      "मेरो परिवारका छजना सदस्य छन। मेरो दाजु तिब्बतको लिन ची जिल्लामा जागीर खानुहुन्छ। मेरी बहिनी खासा जिल्लाको एउटा किंगडर गार्डनमा पढाउने काममा लागेकी छिन र मेरो भाई चाहिं तिब्बती पर्वतारोही दलको भान्छे हो"।

        यसका साथै तत्तत्स्थानका तिब्बती जाति र हान जातिले पनि दुर्गम पहाडी क्षेत्रमा बसेका ती शेर्पाहरुको बारेमा झन झन जानकारी लिइसकेका छन। उनीहरुबीच एक अर्कासित झन गुलमिल भएको छ। श्री फुबु चाहिं खासा जिल्लाका शहरको अनुशासन मामिलाको जिम्मा लिने व्यक्ति हुनुहुन्छ। उहाँले आफ्नो मातहतमा रहेका चारवटा गाउँका शेर्पाहरुसित घनिष्ठ सम्बन्ध गाँसिदिनुभयो। उहाँले भन्नुभयो-

        "शेर्पाहरुको स्वभाव एकदमै उदार छ। जस्तो कि तिब्बतीहरुलाई नौनी चिया खान मन पर्छ। शेर्पाहरुले उनीहरुलाई स्वागत गर्न जहिले पनि नौनी चिया खुवाउने गर्छन। तिब्बती पाहुनाहरु आफ्नो घरमा पुगेपछि शेर्पाहरुले विशेष गरी नौनी चिया वा गुलियो चिया तताएर पाहुनालाई खुवाउँछन"।

          प्राचीन कालदेखि शेर्पाहरुले मिजासिलो र उदार चरित्र देखाएर नाउँ कमाएका छन। हिमालय पर्वतमा ढाक्रेको काम गर्दा उनीहरुले सधै नै स्वतःस्फुर्त भएर पर्वतारोहीलाई निःशुल्क रुपमा आफ्नो बास र ततातो गुलियो चिया उपलव्ध गराउँछन। अहिले झन झन बढी शेर्पाहरु दुर्गम पहाडी भेगबाट निस्केका छन। उनीहरुले आफ्नो उत्तम चरित्रमा डटिरहेर झन खुला रुप देखाउँदै व्यापक तिब्बती र हान जातीय देशबन्धुहरुसित सम्पर्क र आदान प्रदान गरिरहेका छन।

जानकारी तथा लेखहरु