फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्राजिलको विभिन्न क्षेत्रमा विश्व कप फूटबलको स्वागत

(GMT+08:00) 2014-09-18 14:24:27

        ब्राजिलले फिफा विश्वकप फुटबल 2014को तयारी गर्दाको क्षण अप्ठ्यारो खालको देखिए तापनि ब्राजिलका विभिन्न क्षेत्रका उत्साहित वासिन्दाहरुले विश्वकपको सक्रियताका साथ स्वागत गरेका छन्। हाल फिफा विश्वकप फुटबल 2014 ब्राजिलमा आयोजना भइरहेको छ।

       "म अहिले माराकाना Maracana फुटबल मैदान ढोकाअगाडि छु। यहाँ मैले धेरै विदेशी पर्यटकहरु देखें। मैले यहाँ "विश्वकप"सम्बन्धी कारोबार गर्ने धेरै वासिन्दाहरु देखें। मेरो छेउमा एकजना ब्राजिलियन छन्। तिनी यहाँ के काम गर्छन्?"

       "मसँग "विश्वकप उपाधि" छ। यो कप विश्वकपको च्याम्पियनशीपको पुरस्कार कपअनुसार बनाइएको हो। हामीले रियो द जेनेरियोको विभिन्न क्षेत्रमा पर्यटकहरुलाई यो कप उपलब्ध गराउने छौं। पर्यटकहरुले यस कप उठाएर फोटो खिचेपछि हामीलाई केही शूल्क दिनसक्ने छन्। सबैलाई खुशी लाग्ने छ।"

         इभान नेटो Ivan Neto माराकाना फुटबल मैदानका सुरक्षा गार्ड हुन्। उनी रातमा काम गर्छन्। दिनमा मैदान नजिकै स्थानीय परम्परागत चिनोहरु बेचबिखन गर्छन्। उनी भन्छन्

        "म सिठ्ठी बिक्री गर्छु। यो रियोको विशेषतायुक्त सामग्री हो।"

         माराकाना फुटबल मैदानबाहेक, रियो द जेनेरियोको सडकमा पनि विश्व कपसम्बन्धी सामग्री सजावट गरिएको छ। केही वासिन्दाहरुले झ्यालमा ब्राजिलको राष्ट्रिय झण्डा झुण्ड्याएका छन्। हाल सारा ब्राजिल विश्व कपको रमाइलो वातावरणमा रहेको छ।

         विश्व कप शुरु हुनुअघिको जुन पाँच तारिख विश्व कपको उद्घाटन समारोहको आयोजना क्षेत्र साओ पाउलोमा भूमिगत रेलका मजदूरहरुले हड्ताल गरेका थिए। ती मजदूरहरुले 12.2 प्रतिशतसम्म तलव बढाउनुपर्ने माग गरेका छन्। तर भूमिगत रेल कम्पनीले मजदूरहरुको तलवलाई 8.7 प्रतिशत मात्र बढाउन स्वीकार गर्‍यो। स्थानीय समय जुन आठ तारिख साओ पाउलोको श्रम अदालतले फैसला गरी भूमिगत रेल कम्पनीको श्रम संघलाई हड्तालका लागि 45 हजार अमेरिकी डलरको जरिवाना रकम तिर्न फैसला गरेपछि नौ तारिख साओ पाउलोका केही भूमिगत रेल स्टेशनहरु पुनःसंचालनमा आएका थिए। तर त्यहाँ यातायातको चाप त्यत्ति शिथिल भएको छैन। नौ तारिखको मध्यान्ह बाह्र बजेसम्म साओ पाउलोको एक 101 किलोमिटरको सडक जाम भएको थियो। साओ पाउलोको यातायात अवस्थाबाट फुटबलप्रति ब्राजिलका जनताको मायामा कुनै प्रभाव परेको छैन।

         विश्व कपको उद्घाटन समारोहको आयोजना क्षेत्र साओ पाउलो ब्राजिलको वाणिज्य तथा बैकिङ केन्द्र हो। साओ पाउलो पनि ब्राजिलको सबैभन्दा ठूलो शहर हो, त्यहाँ जनसंख्या विश्वको अग्रस्थानमा रहेको छ। 1532 वर्ग किलोमिटर क्षेत्रफलको साओ पाउलोको जनसंख्या 1 करोड 10 लाख छ।

जानकारी तथा लेखहरु