फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अ मै शान पहाड र ल शान ठूला बुद्धको परिचय-1

(GMT+08:00) 2014-10-19 08:48:51

       अ मै शान पहाडलाई "ता क्वांग मिंग पहाड" पनि भनिन्छ। यो पहाड पश्चिमी चीनको स छ्वान प्रान्तको दक्षिणी भागमा पर्दछ। स छ्वान उपत्यका र छिंग हाई-तिब्बत पठार-भूमि जोडिने ठाउँमा अग्ला-अग्ला पहाडहरु छन्। ती पहाडहरुमध्येको सर्वोच्च चुचुरोको उचाइ समुद्र सतहदेखि 3099 मिटर छ। अ मै शान पहाडका रमणीय प्राकृतिक दृश्य र वौद्ध धर्मको पवित्र स्थल भएका कारण सो पहाड विश्वमा प्रख्यात छ। रमणीय प्राकृतिक दृश्य र लामो इतिहास तथा साँस्कृतिक तत्वको राम्रो सम्मिश्रण भएकाले त्यहाँ "विश्वभरिमा अ मै ज्यादै सुन्दर" भन्ने उखान चलेको छ।

       अ मै शान पहाडमा धेरै किसिमका प्राकृतिक वस्तुहरु छन्। त्यहाँ नाना प्रकारका जीव-जन्तुहरु छन्। विशेष गरी, बिरलै देखिने वनस्पतिका धेरै किसिम त्यहाँ हुर्किरहेका छन। त्यहाँको सम्पूर्ण भू-भागको 87 प्रतिशत भाग जंगलले ढाकेको छ। त्यहाँ 3200 भन्दा बढी किसिमका उच्चस्तरीय वनस्पति पाइन्छन्। यस संख्याले चीनको वनस्पतिको कूल संख्याका दश खण्डको एक खण्ड स्थान ओगटेको छ। यी वनस्पतिमध्ये अ मै शान पहाडमा मात्र पाइने वा त्यहीं मात्र पत्तो लगाएका वनस्पतिको किसिम एक सयभन्दा बढी छ। यस बाहेक, यो पहाड धेरै किसिमका दुर्लभ वन्य-जन्तुहरुको बसोबास रहेको क्षेत्र पनि हो। यी जनावरहरुको किसिम 2300 भन्दा बढी छ। त्यो विश्वका जीवित वस्तु सम्बन्धी अनुसन्धानको महत्वपूर्ण ठाउँ पनि हो।

       अ मै शान पहाड चीनको वौद्ध धर्मका चारवटा प्रसिद्ध पहाड मध्येको एक हो। वौद्ध धर्मको प्रसार-प्रचार, गुम्बाको स्थापना र विकासका कारण अ मै शान पहाड झनै रमणीय बन्दैगएको छ र विश्वमा त्यसको महत्व झन-झन बढ्दैगएको छ। धार्मिक सँस्कृति, विशेष गरी वौद्ध धर्मलाई अ मै शान पहाडको ऐतिहासिक सँस्कृतिको मुख्य विषय मानिएको छ। पहाडमा रहेका सबै वास्तुहरु, मूर्ति, संगीत र चित्र आदि वस्तुहरुबाट धार्मिक सँस्कृतिको गहन विषयलाई स्पष्ट पारिएको छ। अ मै शान पहाडमा गुम्बाहरु धेरै छन्। तीमध्ये "पाऊ को" गुम्बा र "वान न्येन" गुम्बा लगायतका आठवटा ठूला गुम्बाहरु सबैभन्दा प्रसिद्ध छन।

       "ल शान ठूला बुद्ध" को मूर्ति अ मै शान पहाडको पूर्वी फेदीको "छि ल्वान"चुचुरोमा पर्दछ। प्राचीन कालमा त्यसलाई "मैत्रेय बुद्ध" वा "च्या तिंग बुद्ध" भनिन्थ्यो। यो मूर्तिको स्थापना कार्य थांग वंश कालको पहिलो वर्षदेखि शुरु भएको थियो र त्यसको नब्बे वर्षपछि मात्र सम्पूर्ण कार्य पूरा भएको थियो। सो मूर्तिको अगाडि ठूलो नदी छ भने पछाडिपट्टि अग्लो पहाड छ। त्यो मूर्ति हाल विश्वमा संरक्षित पहाडमा रहेको सबैभन्दा ठूलो ढुङ्गाको मूर्ति हो। त्यस ठाउँलाई "पहाड पनि, मूर्ति पनि" भन्ने उखानै छ। त्यो मूर्ति निकै शानदार र गम्भीर देखिन्छ। त्यसको उचाई 71 मिटर छ। सो मूर्तिमा टाउको र जीउको अनुपात ज्यादै मिलेको देखिन्छ। त्यसबाट थांग वंशको समृद्धि, सँस्कृतिको विशेषता प्रतिबिम्बित भएको छ। मूर्ति छेउका दुइपट्टिका भित्तामा नब्बेवटाभन्दा बढी साना-साना ढुङ्गे मूर्तिहरु कुँदिएका थिए।

जानकारी तथा लेखहरु