फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अ मै शान पहाड र ल शान ठूला बुद्धको परिचय-2

(GMT+08:00) 2014-10-26 14:24:02

       "ल शान ठूला बुद्ध" को मूर्ति अ मै शान पहाडको पूर्वी फेदीको "छि ल्वान"चुचुरोमा पर्दछ। प्राचीन कालमा त्यसलाई "मैत्रेय बुद्ध" वा "च्या तिंग बुद्ध" भनिन्थ्यो। यो मूर्तिको स्थापना कार्य थांग वंश कालको पहिलो वर्षदेखि शुरु भएको थियो र त्यसको नब्बे वर्षपछि मात्र सम्पूर्ण कार्य पूरा भएको थियो। सो मूर्तिको अगाडि ठूलो नदी छ भने पछाडिपट्टि अग्लो पहाड छ। त्यो मूर्ति हाल विश्वमा संरक्षित पहाडमा रहेको सबैभन्दा ठूलो ढुङ्गाको मूर्ति हो। त्यस ठाउँलाई "पहाड पनि, मूर्ति पनि" भन्ने उखानै छ।

         त्यो मूर्ति निकै शानदार र गम्भीर देखिन्छ। त्यसको उचाई 71 मिटर छ। सो मूर्तिमा टाउको र जीउको अनुपात ज्यादै मिलेको देखिन्छ। त्यसबाट थांग वंशको समृद्धि, सँस्कृतिको विशेषता प्रतिबिम्बित भएको छ। मूर्ति छेउका दुइपट्टिका भित्तामा नब्बेवटाभन्दा बढी साना-साना ढुङ्गे मूर्तिहरु कुँदिएका थिए।

       अ मै शान पहाडको भौगोलिक स्थिति विशेष खालको छ, अनौठो र रमणीय प्राकृतिक दृश्य छ र राम्रोसँग संरक्षित पर्यावरणीय वातावरण छ। त्यस क्षेत्रमा प्रशस्त जनावर र वनस्पतिहरु पाइन्छन्। यसैले त्यसको आफ्नो विशिष्ट भौगोलिक विशेषता छ। त्यहाँ बिरलै देखिने वस्तुहरुको संख्या पनि अधिक छ।

        त्यहाँ दुइ हजार वर्षभन्दा बढी अवधिको, बुद्ध मुख्य विशेषता रहेको, ठूलो परिमाणको साँस्कृतिक सम्पत्ति छोडिएको छ। इतिहास, चित्रकला, वैज्ञानिक अनुसन्धान अथवा पर्यटन आदिका दृष्टिकोणबाट हेर्दा अ मै शानका प्राकृतिक दृश्य र साँस्कृतिक सम्पत्तिको निकै उच्च मूल्य छ जुन समस्त मानव जातिको साझा सम्पति नै हो।

       सन् 1996 मा साँस्कृतिक सम्पत्ति र प्राकृतिक सम्पत्तिका सम्बन्धित मापदण्ड अनुसार अ मै शान पहाड र ल शान ठूलो बुद्धलाई "विश्व सम्पदा सूची"मा समावेश गरिएको छ। विश्व सम्पदा परिषद्ले गरेको मूल्यांकन अनुसार: पहिलो शताव्दीमा चीनको स छ्वान प्रान्तको अ मै शान पहाडको अग्लो चुचुरोमा चीनको बुद्ध धर्मको पहिलो गुम्बा बनाइएको थियो। सो गुम्बा वरिपरि अन्य गुम्बाहरु निर्माण गरिने क्रममा यो ठाउँ बुद्ध धर्मको मुख्य पवित्र स्थलहरुमध्येको एक बनिसकेको थियो।

        त्यहाँ धेरै शताव्दीदेखि यता निकै धेरै साँस्कृतिक धन-सम्पत्ति छोडिराखिएको थियो। यो धन-सम्पत्तिमध्ये ल शान ठूलो बुद्ध सबैभन्दा प्रसिद्ध छ। आठौं शताव्दीमा मानिसहरुले एउटा पहाडमा सो मूर्ति फेला पारेको थिए। यस मूर्तिको उचाई 71 मिटर छ र यो विश्वमा सबैभन्दा अग्लो ढुङ्गे मूर्ति पनि हो। अ मै शान पहाडमा जैविक वस्तुहरु प्रशस्त छन्। विभिन्न कटिबन्धमा पाइने वनस्पति त्यहाँ देख्न पाइन्छ। त्यहाँका केही रुखको उमेर त एक हजार वर्षभन्दा पनि बढी पुगिसकेको छ।

 

जानकारी तथा लेखहरु