फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फिफा विश्व कप फुटबल ब्राजिल 2014का आयोजना स्थलहरु-1

(GMT+08:00) 2014-11-05 14:16:13

         हाल फिफा विश्व कप फुटबल ब्राजिल 2014 ब्राजिलका बाह्र वटा शहरमा आयोजना हुँदैआएको छ। अब मैले तपाईंलाई बाह्र वटा शहरमध्येका तीन वटा शहरबारे छोटकरी जानकारी दिनेछु।

         पोर्तो अलेग्रेको मौसम सम-शीतोष्ण कटिबन्ध अवस्था छ। मौसम र साँस्कृतिक रितिरिवाजआदि क्षेत्रहरुमा पोर्तो अलेग्रे ब्राजिलका अरु राज्यहरुसित फरक छ। अठारौं शताव्दीको मध्य कालमा एक हजार जोडी पोर्चुगलका श्रीमान-श्रीमती यहाँ आए। हालसम्म पोर्तो अलेग्रेले हजारौं विदेशी आप्रवासीहरु भित्र्याएको छ। ती विदेशी आप्रवासीहरु पोर्चुगल, इटाली, जर्मनी, स्पेन, पोल्याण्डआदि यूरोपेली मुलुकहरुबाट आएका हुन्।

         पोर्तो अलेग्रेको क्षेत्रफल 497 वर्ग किलोमिटर छ। त्यहाँ हरियो जमीन ढाकिने दर 24.1प्रतिशत पुगेको छ। दश लाख वटाभन्दा बढी रुख समस्त शहरमा फैलिएको छ। शहरीय हरियाली ब्राजिलको अग्रस्थान रहेको छ। लगभग चालीस लाख जना त्यहाँ बस्छन्। तीमध्ये चौध लाख जना शहरभित्र बस्छन्।

         पोर्तो अलेग्रेको एस्टादिया बेइरारियो खेल मैदान ब्राजिलको दक्षिणी भागको सबैभन्दा ठूलो खेल मैदान हो। यस खेल मैदानको निर्माण सन् 1969 पूरा भयो। विश्व कप फुटबलको मागसित सुहाउनका लागि यस खेल मैदान जीर्णोद्धार गरिएको छ। सुध्रेपछि यस खेल मैदानमा 50287 जना दर्शक फुटबल प्रतियोगिताको अवलोकन गर्नसकिन्छ।

         ब्रासिलिया ब्राजिलको राजधानी हो र ब्राजिलको मध्य भागमा पर्दछ। ब्रासिलिया सन् 1956 स्थापित भयो र एक आधुनिक नवोदित शहर हो। सन् 1960 अप्रिल दुई तारिखका दिन ब्रासिलियाको निर्माण औपचारिक रुपमा पूरा भयो। त्यस अवधिदेखि रिओ द जेनेरियोको स‍ट्टामा ब्रासिलिया ब्राजिलको नयाँ राजनैतिक केन्द्र बनेको छ। ब्रासिलिया संयुक्त राष्ट्र संघीय शिक्षा, विज्ञान र सँस्कृति संगठनद्वारा विश्व सम्पदा सूचिमा राखिएको छ।

         एस्टादियो नेसियोनल खेल मैदान ब्राजिलको सबैभन्दा आधुनिक भवनहरु रहेको ब्रासिलियामा पर्छ। यस खेल मैदान विश्व कप फुटबल 2014को दोस्रो ठूलो खेल मैदान हो। लगभग सत्तरी हजार जना दर्शक यहाँ बस्नसकिन्छ।

         विश्व कप बेलामा एस्टादिया नेसियोनल खेल मैदान कुल सात वटा प्रतियोगिताको आयोजना गरिरहने छ। विश्व कप सम्पन्न भएपछि त्यहाँ साँस्कृतिक कार्यक्रमको आयोजना ठाउँको रुपमा प्रयोस गरिने छ।

         बेलो होरिजोन्टे ब्राजिलको चौथो ठूलो शहर हो। त्यहाँका एकाईस लाख जनसंख्या छ। त्यहाँ राजधानी ब्रासिलियादेखि 716 किलोमिटर टाढा छ। बेलो होरिजोन्टे रिओ द जेनेरियो र ब्रासिलियापछि ब्राजिलको तेस्रो महत्वपूर्ण क्षेत्र हो।

         एष्टादियो भिनेराओ खेल मैदान बेलोको सबैभन्दा ठूलो खेल मैदान हो। विश्व कप फुटबल प्रतियोगिताको खेल मैदानको रुपमा प्रयोस गरिएबाहेक यस खेल मैदान पनि ग्रष्मकालीन ओलम्पिक खेलकुद 2016को प्रतियोगिता खेल मैदान हो।

जानकारी तथा लेखहरु