फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती जातिको उद्गमस्थल—शान नान क्षेत्र-1

(GMT+08:00) 2014-11-24 14:08:58

         नेनछिङ थाङकुला पर्वत तथा काङ तिस पर्वतबाट दक्षिणतिर, यालुचाङपु नदि बगेर जाने क्षेत्रको मध्य तथा तल्लो क्षेत्रमा पर्ने शान नान क्षेत्र तिब्बतको सबैभन्दा सम्पन्न तथा सबैभन्दा बढी ऐतिहासिक सँस्कृति भएको क्षेत्र हो। आजको कार्यक्रममा हामी तिब्बती जातिको सँस्कृतिको उद्गमस्थल शान नानको यात्रा जाऔँ।

         तिब्बतमा एउटा किम्बदन्ती प्रचलित छ। त्यो भनेको, तिब्बती जातिको पुर्खाका रुपमा एउटा देउता बाँदर थियो रे। यो देउता बाँदर तिब्बतको शान नान क्षेत्रमा बसोबास गरेको थियो रे। शान नान क्षेत्रको सदरमुकाम च ताङको अर्थ तिब्बती भाषामा बाँदर खेल्ने ठाउँ भन्ने हो।

         शान नान क्षेत्रको प्राचीन इतिहास छ। त्यसले तिब्बतको इतिहास तथा सँस्कृतिको विकासमा विशेष स्थान ओगटेको छ। या लुङ नदि बगेर जाने क्षेत्रमा परेका कारण इतिहासमा शान नानलाई या लुङ भनिएको थियो। प्राप्त कागज-पत्रअनुसार, लाखौँ वर्षअघि तिब्बती जातिका पुर्खा या लुङ नदि बगेर जाने क्षेत्रमा बसोबास गर्न सुरु गरेका थिए।

          शान नान क्षेत्रमा सबैभन्दा प्रसिद्ध ऐतिहासिक एवम साँस्कृतिक सम्पदा युम्बु लाखाङ दरबार लगायत गुम्बाहरु हुन्। युम्बु लाखाङ दरबार तिब्बतको इतिहासमा भएको पहिलो दरबार थियो। प्रथम तिब्बती राजा नेचिजाङबुका लागि त्यसको निर्माण इशापूर्व दोस्रो शताब्दीमा सुरु भएको थियो। तिब्बतको इतिहासमा प्रसिद्ध तिब्बती राजा सोङजानगाम्बो तथा उहाँकी श्रीमती राजकुमारी वन छङ यहाँ बस्नुभएको थियो। ल्हासाको पोताला दरबारको निर्माण भएपछि यसलाई गुम्बाको रुपमा परिणत गरिएको थियो। शान नान क्षेत्रको पर्यटन विभागका प्रमुख छ्यु लिन भन्नुहुन्छ:

           तिब्बती भाषामा युम्बु लाखाङको अर्थ मृगिणीको पछाडी खुट्टाको दरबार हो। पहाडको आकार बमोजिम उताको अग्लो पहाडबाट हेर्दा युम्बु लाखाङ हिंडिरहेको मृगिणी जस्तै देखिन्छ। युम्बु लाखाङ मृगिणीको पछाडि खुट्टामा परेको कारण त्यसको आकारबमोजिम यो नाम दिइएको छ।

          युम्बु लाखाङ दरबारमा धेरै सुन्दर भित्ती चित्र छन्। जसलेर् तिब्बतका प्रथम राजा नेचिजाङबुको जीवन तथा तिब्बतको पहिलो भवन, पहिलो खेती लगायत ऐतिहासिक कथाबारे बयान गर्छ। अहिले युम्बु लाखाङ दरबार कतिपय तिब्बतीहरुको मनमा पवित्र स्थान बनेको छ। उनीहरु शान नान गएपछि अवश्य नै युम्बु लाखाङ दरबारको पूजा-आजा गर्छन्। तिब्बती युवक छिरिङ निमा भन्छन्:

           युम्बु लाखाङ दरबार तिब्बती जातिको पहिलो दरबार थियो। पहिलो दरबार भएपछि पहिलो खेती भएको थियो। र त्यसपछि पहिलो गाउँ, पहिलो मन्त्रका किताब थिए। त्यसपछि पहिलो तिब्बती राजा थिए। तिब्बत मात्र नभई छिङहाई प्रान्त, युन नान प्रान्त, कान सु प्रान्त तथा स छ्वान प्रान्तमा धार्मिक विश्वास भएका व्यक्तिहरु शान नान आएपछि युम्बु लाखाङ दरबारको अवश्य नै पूजा-आजा गर्छन्। यहाँ बुद्धको मूर्ति तथा धेरै ऐतिहासिक पुरातात्विक बस्तु रहेका कारण शान नान पुगेपछि युम्बु लाखाङ दरबार आउनुपर्ने भनाइ छ।

जानकारी तथा लेखहरु