फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती जातिको उद्गमस्थल—शान नान क्षेत्र-2

(GMT+08:00) 2014-12-01 14:25:45

        युम्बु लाखाङ दरबारमा धेरै सुन्दर भित्ती चित्र छन्। जसलेर् तिब्बतका प्रथम राजा नेचिजाङबुको जीवन तथा तिब्बतको पहिलो भवन, पहिलो खेती लगायत ऐतिहासिक कथाबारे बयान गर्छ। अहिले युम्बु लाखाङ दरबार कतिपय तिब्बतीहरुको मनमा पवित्र स्थान बनेको छ। उनीहरु शान नान गएपछि अवश्य नै युम्बु लाखाङ दरबारको पूजा-आजा गर्छन्। तिब्बती युवक छिरिङ निमा भन्छन्:

        युम्बु लाखाङ दरबार तिब्बती जातिको पहिलो दरबार थियो। पहिलो दरबार भएपछि पहिलो खेती भएको थियो। र त्यसपछि पहिलो गाउँ, पहिलो मन्त्रका किताब थिए। त्यसपछि पहिलो तिब्बती राजा थिए। तिब्बत मात्र नभई छिङहाई प्रान्त, युन नान प्रान्त, कान सु प्रान्त तथा स छ्वान प्रान्तमा धार्मिक विश्वास भएका व्यक्तिहरु शान नान आएपछि युम्बु लाखाङ दरबारको अवश्य नै पूजा-आजा गर्छन्। यहाँ बुद्धको मूर्ति तथा धेरै ऐतिहासिक पुरातात्विक बस्तु रहेका कारण शान नान पुगेपछि युम्बु लाखाङ दरबार आउनुपर्ने भनाइ छ।

        प्राचीन किम्बदन्तीबाहेक, युम्बु लाखाङ दरबारको शैली पनि विशेष छ। चीनको भित्री प्रदेशको तुलनामा फरक कुरा भनेको यहाँको निर्माण नकुँदिएका ढुङ्गाबाट गठित हो। त्यो भनेको भवनको निर्माण ढुङ्गाको प्राकृतिक आकारको प्रयोग गरिएको हो। यस ढुङ्गा तथा काठबाट निर्माण गरिएको दरबार बितेका दुई हजार वर्षदेखि राम्रोसँग रहिआएको छ। यस्तो निर्माणको शैलीले तिब्बतका अरु भवनको निर्माणमा महत्वपूर्ण प्रभाव पारेको छ। शान नान क्षेत्रको पर्यटन विभागका प्रमुख छ्यु लिन भन्नुहुन्छ:

         युम्बु लाखाङ दरबारको विशेष स्थान तथा आकार भएको कारण त्यसले तिब्बतको इतिहासमा निकै ठूलो प्रभाव पारेको छ। त्यसको शैलीबाट हेर्दा त्यो तिब्बतको पहिलो दरबार हो। त्यो तिब्बत पशुपालन उद्योग समाजबाट कृषि समाजतिर परिणत गर्ने द्योतक हो। त्यसका अतिरिक्त, युम्बु लाखाङ दरबारको विशेष शैली पनि छ। यसको बनौट निकै बलियो थियो। जसले पोताला दरबारलगायत तिब्बतका अरु भवनहरुको निर्माणमा प्रभाव पारेको छ।

         युम्बु लाखाङ दरबारबाहेक, शान नान क्षेत्रको चानाङ जिल्लामा पर्ने मिनड्रोलिङ गुम्बा पनि तिब्बतका कतिपय गुम्बाहरुमध्येको एउटा विशेष गुम्बा हो। त्यो तिब्बती बुद्ध धर्मको निङ मा शाखाको मुख्य गुम्बा हो। त्यसको निर्माण सत्रौँ शताब्दीको मध्यकालमा सुरु भएको थियो। मिनड्रोलिङ गुम्बाका भिक्षुहरुले पात्रो, हिसाब तथा चिकित्साको अनुसन्धान गर्न ध्यान दिन्छन्। पहिलेको नियमअनुसार, मिनड्रोलिङ गुम्बाले वरिष्ठ भिक्षुलाई छानेर पोताला दरबारका शिक्षक बनाएका छन्। बाँकी भिक्षुहरुले हिसाब तथा तिब्बती पात्रो बनाउँछन्। तिब्बती बुद्ध धर्मका अरु शाखाको तुलनामा एउटा फरक कुरा भनेको मिनड्रोलिङ गुम्बाका भिक्षुहरु विवाह गर्न पाउँछन्।

         मिनड्रोलिङ गुम्बाको चारैतिर पहाड छ। त्यहाँको वातावरण निकै सुन्दर छ। त्यसको क्षेत्रफल एक लाख वर्ग मिटरभन्दा बढी छ। मिनड्रोलिङ गुम्बाका मुख्य लामा जामपेलका अनुसार, तिब्बती पात्रोअनुसार हरेक वर्षको चाडमा तिब्बतीहरु विभिन्न ठाउँबाट पुजा-आजा गर्न यहाँ आउँछन्। विभिन्न स्थलका पर्यटकहरु यहाँको अवलोकन गरी तिब्बती बुद्ध धर्मबारे जानकारी लिन उहाँ स्वागत गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ:

          मिनड्रोलिङ गुम्बा हाम्रो तिब्बती बुद्ध धर्मको निङ मा शाखाको मुख्य गुम्बा हो। स्वदेश र विदेशका पर्यटकहरु यहाँको भ्रमण गर्न तथा पूजा-आजा गर्नका लागि हामीले स्वागत गरेका छौँ।

         आजकाल शान नान क्षेत्रले विश्वका विभिन्न स्थलका पर्यटकहरुलाई आकर्षित गरेको छ। यसका साथै चीनका छिङहाइ, कान सु, युन नान तथा स छ्वान प्रान्तका तिब्बतीहरुले पनि यहाँ आएर तिब्बती बुद्ध धर्मको उद्गमस्थलको पूजा-आजा गरेका छन्। तिब्बती युवक छिरिङ निमा भन्छन्:

        शान नानको युम्बु लाखाङ दरबार पुगेपछि हामीले तिब्बतको या लुङ सँस्कृतिको मुहानबारे जानकारी लिएका छौँ। तिब्बती जातिका एक सन्तानको हैसियतले या लुङ सँस्कृतिबारे जानकारी लिन पाउँदा मलाई धेरै गौरव लागेको छ।

जानकारी तथा लेखहरु