फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

च्यु चाइ कौ तिब्बती जातीय आदिवासीको घरको अवलोकन-1

(GMT+08:00) 2014-12-28 14:07:53

        च्यु चाइ कौ दृश्यावलोकन क्षेत्र स छ्वान प्रान्तको आबा तिब्बती तथा छ्याङ जातीय स्वायत्त प्रिफेक्चरमा पर्छ। निकै सुन्दर भएकोले त्यो ठाउँलाई स्वर्गभूमि भनिन्छ। त्यहाँ एक हजारभन्दा बढी तिब्बती जातीय बासिन्दाहरु बसोबास हुन्छन्। उनीहरुले अझै पनि तिब्बती जातिको परम्परा कायम राखिरहेका छन्। सन् 1984 मा च्यु चाइ कौ प्राकृतिक दृश्यावलोकन स्थल ‌औपचारिक रुपमा खुलेदेखि स्थानीय तिब्बतीहरुले पर्यटन व्यापारमा सहभागी भएर पर्यटन उद्योगबाट भएको सुविधा र सम्पत्तिको उपभोग गर्न थालेका थिए। आजको कार्यक्रममा हामी स्थानीय तिब्बती आदिवासीको जीवनको अवलोकन गर्न जाऔँ।

       शुचङ देहातमा चार सयभन्दा बढी बसोबास गर्छन्। 58 वर्ष पुग्नुभएकी तिब्बती महिला ककचो स्थानीय बासिन्दा हुनुहुन्छ। च्यु चाइ कौको पर्यटन उद्योगको विकास हुँदा ककचोले दुई तले घर निर्माण गर्नुभयो। हामी ककचोको घर पुग्दा उहाँ आफ्नो पसलमा व्यस्त हुनुहुन्थ्यो। उहाँका अनुसार, पसलमा तिब्बती हस्तकला वस्तु नै पर्यटकलाई सबभन्दा मन पर्ने कुरा हुन्। दृश्यावलोकन क्षेत्र खुलेको केही वर्षमा गेस्टहाउसको व्यापार राम्रो थियो तर त्यसपछि च्यु चाइ कौको मूल पर्यावरणीय वातावरणको संरक्षण गर्न गेष्टहाउसको व्यापार बन्द भएको थियो। हरेक वर्ष सरकारले दृश्यावलोकन क्षेत्रको टिकटबाट केही रकम लिएर जीवन भत्ताको रुपमा स्थानीय बासिन्दालाई अनुदान दिन्छ। गत वर्ष च्यु चाइ कौको पर्यटकको संख्या तीस लाखभन्दा बढी पुगेको थियो। यसरी नै हरेक आदिवासीले बीस हजार युआनभन्दा बढी भत्ता पाएको थिए। हाल ककचो परिवारका सबै सदस्य आनन्दसँग सँगसँगै बस्छन् र पर्यटन स्मृति चिन्ह पसल चलाउँछन्, जीवन पनि राम्रो र समृद्ध भएको छ। उहाँ भन्नुहुन्छ

        अहिले हामीले पर्यटन उद्योगको जागिर खान्छौँ। सुरुमा गेष्टहाउस चलायौँ रातमा पाहुना भयो भने व्यापार हुन्थ्यो। त्यसपछि पर्यावरणको संरक्षण गर्नका लागि सबै गेष्टहाउस बन्द गरियो। तर निर्माण भएको काठे भवन राखियो। त्यो काठे भवन भाडामा लिएर हस्तकलाका सामानले सजावट गरेर व्यवसाय सुरु गर्‍यौँ।

       च्यु चाइ कौ दृश्यावलोकन क्षेत्र व्यवस्थापन ब्यूरोका उप-प्रमुख वाङ छ्याङले जानकारी दिएअनुसार, हाल च्यु चाइ कौका तिब्बती बासिन्दाको उत्पादन शैलीमा ठूलो परिवर्तन भएको छ र उनीहरुको आम्दानी बढ्दै आएको छ। सन् 1984 देखि पर्यावरणको संरक्षण गर्नका लागि च्यु चाइ कौका सबै खेती गरिएको भूमिमा वृक्षारोपण गरेर वनमा परिणत गरिएको छ। सन् 2002 मा लगभग दुई हजार पशुलाई पनि च्यु चाइ कौ बाहिर सारियो। साथै स्थानीय आदिवासीको फाइदाको संरक्षण गर्न तथा उनीहरुको आम्दानी बढाउनका लागि स्थानीय सरकारले तालिम, रोजगार सुविधा, जीवन भत्ता आदि धेरै कदम चालेको छ। दृश्यावलोकन क्षेत्रका रेस्टुराङ, स्मृति चिन्ह पसल, जातीय पोशाक भाडा आदि कार्यक्रमबाट आदिवासीले व्यापार गर्न सक्छन्।

       च्यु चाइ कौबाहिर नव निर्माण भएका तिब्बती देहातको तुलनामा च्यु चाइ कौभित्रको तिब्बती देहात एकदम मूल तथा सरल देखिन्छ। वाङ छ्याङका अनुसार, सन् 1992 मा च्यु चाइ कौलाई विश्व प्राकृतिक सम्पदा सूचिमा राखिएको थियो। उक्त परम्परागत तिब्बती देहातको मूल रुप र पूर्णताको संरक्षण गर्नका लागि दृश्यावलोकन क्षेत्रले नयाँ निर्माण वस्तुको संख्याको कडा नियन्त्रण गर्ने गर्छ। वाङ छ्याङ भन्नुहुन्छ

       संरक्षणलाई प्रथम स्थानमा राख्नु नै च्यु चाइ कौले गरेको सबभन्दा असल कुरा हो। संरक्षण गरी पर्यटन उद्योगलाई प्रबर्द्धन गरिन्छ। हामीले मूल जीवन शैली कायम राख्न उनीहरुलाई उत्साह गर्छौँ। पर्यटन उद्योग विकास भएपछि आदिवासीले बाहिरसँग धेरै सम्पर्क गरेको छ साथै उनीहरुको जीवन पनि परिवर्तन भएको छ। पर्यटन विकासबाहेक हामीले सँस्कृतिको उत्तराधिकारमाथि पनि धेरै ध्यान र समर्थन दिएका छौँ।

जानकारी तथा लेखहरु